अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ३
- आश्विन ६, २०८३
नेपालका अधिकांश जनता खेती किसानीमा निर्भर छन् । देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि कृषि उत्पादन वृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ । कृषिमा उत्पादन बढाउनको लागि मुख्यतः निम्न कुरामा ध्यान पु¥याउनु आवश्यक छ –
-गुणस्तरीय बीउबिजन
-पर्याप्त मात्रामा मलखाद्
-उपयुक्त सिंचाइको व्यवस्थापन
-आधुनिक कृषि सामग्री
– शीत भण्डारण र उपयुक्त बजारको व्यवस्थापन
माथि उल्लेखित कुराहरू व्यवस्थापन हुनसकेको खण्डमा निश्चितरूपमा नेपाल कृषिमा आत्मनिर्भर हुनुका साथै जनताको क्रय शक्ति (नियमित आम्दानीको स्रोत) बढ्न सक्छ । यो वर्ष समयमा पानी पर्दा रोपाइँका लागि सिँचाइको खासै समस्या देखिएन । तर, मलको अभाव भएपछि मलै नहाली किसानहरूले धान रोप्ने काम सिध्याए । धान रोपेको महिना दिन बितिसक्दा पनि किसानले सहजरूपमा मल नपाएपछि रोपिएको धानमा रोग लाग्नुका साथै सोचेअनुसारको धानको बोट वृद्धि नहुँदा किसानहरू चिन्तित छन् । गाउँघरमा कतिपयले ३६ प्रतिशत व्याजदरमा ऋण लिएर पनि खेती गरेका छन् । खेतीमा लगानीअनुसारको प्रतिफल नहोला भन्ने पीरले किसानको निद्रा हराएको छ ।
तराईका अधिकांश किसान रासायनिक मलखाद् प्रयोग गरेर खेती गर्छन् । गत वर्षको तुलनामा यस वर्ष उनीहरूले उब्जनी कम हुने अनुमान गरेका छन् । किसानले समयमा आवश्यकतानुसार मलखाद र विषादी खेतमा हाल्न सकिरहेका छैनन् । कोरोना भाइरस सङ्क्रमण र लकडाउनले पिल्सिएका जनता अहिले खाद्यान्नदेखि दैनिक उपभोग्य सामानमा भएको कृत्रिम मूल्यवृद्धिले गर्दा मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । मल नराखी उब्जनी बढ्ने कल्पना गर्न सकिन्न । किसानले आफ्नो क्षमताले भ्याएसम्म खेतमा धान रोपेर फाँटका फाँट हरियाली बनाएका छन् । तर, सरकारको बेवास्ताले गर्दा सर्वसाधारण किसानहरूले कहिले पनि समयमा गुणस्तरीय बीउबिजन, मलखाद्, कीटनाशक औषधिलगायत अन्य सामग्रीहरू पाएनन् । नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लि. ले सिफारिस गरेको मल नेपाली किसानसम्म पुगेको छैन ।
कृषि सामग्री कम्पनी लि. को मलखाद् बजारमा सहजरूपले पाइँदैन । यदि कहीँकतै पाइयो भने निर्धारित मूल्त्न्दा दुई गुनाभन्दा बढी मोल तिर्न बाध्य छन् किसान ।
तराईका किसानहरू नेपालमा मलखाद्, बीउबिजन, कीटनाशक विषादीहरू सहजरूपमा नपाएपछि भारतको बजारबाट किनेर ल्याउने गर्दथे । तर, यस वर्ष कोभिड – १९ को महामारीले गर्दा सिमानामा आवतजावत गर्न बन्देज लगाइएकोले भारतको बजारमा ५ सय नेपाली रुपैयाँमा पाइने युरिया मलको प्रतिबोरा नेपाली बजारमा रु. १ हजार ७ सयसम्ममा मल किन्न बाध्य छन् किसानहरू ।
नेपालमा मलखाद्को समस्या यो वर्षमात्र देखिएको होइन । विगतका वर्षहरूमा पनि यस्तै थियो । फरक यतिमात्र थियो कि तराईका किसान भारतीय बजारमा आफैँ गएर किन्ने गर्दथे । त्यसकारण, मलको अभाव देखिँदैनथ्यो । सरकार मलखाद्को कमिसनमा हाइसञ्चो मानेर बस्थ्यो । विगतका सरकारहरूले नेपालमा मलखाद् कारखानालगायत अन्य आवश्यक सामग्रीका उद्योग स्थापना गर्ने सोच बनाएनन् । दुईतिहात्न्दा बढी मतबाट बनेको ‘कम्युनिस्ट’ सरकारको पनि ध्यान किन नगएको होला ? स्पष्ट छ, ओली सरकार कम्युनिस्ट सरकार नभई कमिसनखोर, भ्रष्ट र प्रतिक्रियावादीहरूको घेरामा छ । विकास निर्माण र देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याउने कृषि क्षेत्रमा ध्यान नपु¥याउनु भनेको सरकारको अदूरदर्शी एवम् प्रतिक्रियावादी सोच रहेको प्रमाणित हुन्छ ।
Leave a Reply