संरा अमेरिका विश्व असुरक्षाको प्रमुख कारण
- आश्विन ६, २०८३
जेनेभा, १३ अगस्ट । स्वीट्जरल्यान्डका एक जना अर्थशास्त्रीले कोभिड–१९ महामारीपछि विश्वव्यापी आर्थिक पुनः स्थापनाको निम्ति चीनको भूमिका ‘अपरिहार्य’ हुने अपेक्षा गरेका छन् ।
“आकार र लगातारको विस्तारको कारण चिनियाँ बजार आर्थिक विकासको महत्वपूर्ण चालक बनेको छ”, स्वीस राष्ट्रिय व्यापार महासङ्घका प्रमुख अर्थशास्त्री रुडोल्फ मिन्स्चले हालै एक अन्तर्वार्तामा भनेका छन् । त्यसमाथि ‘चीनले विश्वव्यापीकरणलाई उल्ट्याउने कुनै पनि मनसायको विरोध गरिरहेको’ भन्दै उनले चीन बजारमुखी, कानुनी र अन्तर्राष्ट्रिय व्यापार वातावरणको लागि निरन्तरता दिइरहेको बताए ।
“मेरो विचारमा आजको चिनियाँ आर्थिक नीतिको मुख्य पक्ष भनेको कोरोना सङ्कटले निम्त्याएको जटिलताबीच संसारलाई आफ्नो ढोका अझ फराकिलो गर्ने प्रतिबद्धता हो”, उनले भने ।
“खुला बजार चीनको दीर्घकालीन विकासको मुख्य आधार हो र बाँकी संसारको निम्ति पनि यो महत्वपूर्ण छ”, उनले थपे ।
यो वर्ष चीन र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष हो । सन् २०१० यता चीन स्वीट्जरल्याडको एसियाकै सबभन्दा ठुलो व्यापार साझेदार हो । साथै चीन युरोपेली सङ्घ र संरा अमेरिकापछि उसको सबभन्दा ठुलो व्यापार साझेदार हो । सन् २०१३ मा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौता भएको थियो । सन् २०१४ जुलाई १ बाट सो सम्झौता कार्यान्वयनमा छ ।
“चीनमा यति धेरै स्वीस कम्पनीहरू छन् । उनीहरूले चिनियाँ उपभोक्ताहरूसँग आपूर्तिकर्ता वा अध्येता तथा विकास साझेदारको रूपमा सहकार्य गरिरहेका छन्”, मिन्स्चले भने ।
स्वीस कम्पनीहरूले चिनियाँ बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । साथै उनीहरू नयाँ उत्पादन र सेवाको विकासमा चिनियाँ कम्पनीहरू हासिल गरेका प्रभावकारी तरिकाबाट फाइदा उठाइरहेका छन् ।
“कतिपय वस्तु र सेवा त दुई देशका परिपूरक छन् । चिनियाँ जनताको पैसा खर्च गर्ने क्षमता विकाससँगै स्वीस उत्पादन र सेवाको माग बढ्दै जानेछ”, उनले भने ।
Leave a Reply