अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ३
- आश्विन ६, २०८३
यतिबेला संसारले कोभिड–१९ को महामारी सामना गरिरहेको छ । योे समय संसारमा धेरै समयसम्म स्मरणमा रहनेछ । इतिहासका ठेलीहरू पल्टाउँदा संसारले यस्ता अनेकन विपद्को सामना गरेको भेटिन्छ । कोभिड–१९ को विपद् सुरु भएयता मानिसले सामना गरेका त्यस्ता महामारीको व्यापक खोजीनीति र चर्चा भएका छन् । हामै्र देशको इतिहासमा पनि हाम्रो पुर्खाले त्यस्ता महामारीको सामना गरेका अनेकन घटना छन् । आजभन्दा १३५ वर्षअघि नेपाली जनताले त्यस्तै एउटा विपत्तिको सामना गरेका थिए–हैजाको महामारी । त्यत्तिबेला देशमा राणा प्रधानमन्त्री रणोद्धीप सिंहको शासन थियो । हैजाको महामारी फैलिएको त्यो बखत काठमाडौँस्थित बेलायती रेसिडेन्सीमा चिकित्सक कोटामा कार्यरत थिए–लेफ्टिनेन्ट कर्णेल जी.एच.डी. गिमलेट । उनी सन् १८८३ को नोभेम्बर (विसं १९४० मंसिर) मा नेपाल (काठमाडौँ) आएका थिए र सन् १८८७ जून (विसं १९४४ जेठ) सम्म बसेका थिए । झन्डै पाँच वर्षको नेपाल बसाइको क्रममा गिमलेटले देखे, भोगे र सुनेका कुरामा आधारित रहेर एउटा पुस्तक लेखेका थिए– ‘नेपाल एन्ड द नेप्लिज’ । पुस्तकमा उनले नेपालको सामाजिक, आर्थिक, प्रशासनिक, राजनीतिक र ऐतिहासिक परिचयसँगै नेपाल बसाइको क्रममा आफूले गरेका अनुभव पनि लेखेका छन् ।

क्लारेन्स कोन टेलरले सन् १८६८ मा खिचेको काठमाडौँ वासीको तस्वीर
महामारी फैलिएसँगै रजिडेन्सीले दरबारलाई केही अस्थायी अस्पताल बनाउन चाहेको भनी खबर गरेको थियो । तर, दरबारले कुनै चासो देखाएन । जोडबलले अन्ततः सहर (काठमाडौँ) मा एउटा सानो घरको भुर्इँ तल्लालाई स्वास्थ्य चौकी र औषधि वितरण केन्द्र (डिस्पेन्सरी) खोल्ने अनुमति दिइयो । त्यहाँ माग्न आउने जतिलाई औषधि दिने व्यवस्था मिलाइयो । तर, बिरामीलाई भर्ना गरेर उपचार गर्ने कुनै ठाउँ मैले पाउन सकिनँ । केही बिरामीलाई म घरमै पुगेर जाँचे ।
काठमाडौँ उपत्यका र वरपरका सबै ठूला सहरमा महामारीले प्रभाव देखाएको थियो । असार महिनाको सुरुतिर पाटनमा महामारीले भयानक प्रभाव देखाइसकेको थियो । छोटो समयमा नै पाटनले काठमाडौँलाई उछिनिसकेको थियो । त्यसको एक दुई सातापछि भादगाउँमा पनि रोग फैलियो । त्यहाँ पनि मर्नेको सङ्ख्या केही समय त सबभन्दा माथिल्लो क्रममा नै थियो ।
जेठ–असारतिर बिदा लिएर घर–घर गएका सिपाहीहरूले चारै दिशाका गाउँ–गाउँसम्म हैजा पु¥यायो । कतिलाई बाटोमा जाँदा जाँदै हैजाले अत्यायो । बीचमै मरेकाको पोशाक, अन्य बन्दोबस्तका सामग्री र उनीहरूले बोकेका राज्यका अन्य सम्पत्ति सबै राजधानी फर्काइयो । मानिस यसरी चारैतिर छरिएपछि जताततै हैजाको प्रकोप देखियो । दरबारले दिएको जानकारीअनुसार काठमाडौँ उपत्यकामा मात्र मर्नेको सङ्ख्या दस हजार पुगेको थियो । कुनै मनसायले जानाजान दरबारले मर्नेको सङ्ख्या बढाएर सार्वजनिक गरेको हुनसक्छ । तथापि मर्नेको सङ्ख्या भने अचाक्ली नै थियो ।
महामारी फैलिएसँगै रजिडेन्सीले दरबारलाई केही अस्थायी अस्पताल बनाउन चाहेको भनी खबर गरेको थियो । तर, दरबारले कुनै चासो देखाएन । जोडबलले अन्ततः सहर (काठमाडौँ) मा एउटा सानो घरको भुर्इँ तल्लालाई स्वास्थ्य चौकी र औषधि वितरण केन्द्र (डिस्पेन्सरी) खोल्ने अनुमति दिइयो । त्यहाँ माग्न आउने जतिलाई औषधि दिने व्यवस्था मिलाइयो । तर, बिरामीलाई भर्ना गरेर उपचार गर्ने कुनै ठाउँ मैले पाउन सकिनँ । केही बिरामीलाई म घरमै पुगेर जाँचे । असार ९ गतेदेखि भदौ १२ गतेसम्म बाग्मतीको किनारमा गएर त्यहाँ राखिएका बिरामीको उपचार गरे । धन्न दरबारले त्यत्ति भने गर्न दियो । दर्ता खातामा गन्ती गर्दा जम्माजम्मी नौ सय नौ जना बिरामीको जाँच गरेको देखिएको छ । नदी किनारामा राखिएका बिरामीलाई औषधि स्वास्थ्य चौकीबाट दिने बन्दोबस्त गरिएको थियो । तर, अन्धविश्वास, अज्ञानता र चासोको कमीले बिरामीलाई भयावह अवस्थामा पु¥याउँथ्यो ।
रेसिडेन्सीभित्र हैजाको प्रकोप भने देखिएन । त्यहाँको सरसफाइले त्यसमा पक्कै भूमिका खेलेको थियो । नजिककैका बस्तीहरूमा हैजाले भसक्कै बनाएको थियो । रेसिडेन्सी नजिकको नालीमा हैजाले मरेका मानिसको लास त्यतिकै फालिएको हुन्थ्यो । रेजिडेन्सीमा सुरक्षाको लागि तैनाथ सिपाही र अन्य सहयोगीहरूलाई सहर पस्न निषेध गरिएको थियो । त्यसबाहेक रेसिडेन्सीमा आइसोलेसनको अरू कुनै उपाय भने अपनाइएको थिएन ।
Leave a Reply