भर्खरै :

तराईका जिल्लामा कोभिड–१९ महामारी

नेपाल र भारतबीच खुला सिमाना भएकोले दुवै देशका जनता बेला–मौकामा असुरक्षित महसुस गर्ने गर्छन् । कोभिड–१९ बाट विश्व आक्रान्त बनेको छ । हरेक देशले न्यूनतम सुरक्षा अपनाएका छन् । नेपालले पनि कोरोना भाइरसबाट बच्न गत चैत ११ देखि करिब चार महिना देशव्यापीरूपमा लकडाउन घोषणा ग¥यो । नेपाली जनताले इमानदारीका साथ लकडाउनका नियम पालना गरेका थिए । सरकारले लकडाउन खुकुलो गरेको केही समयपछि पुनः देशव्यापीरूपमा सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै छ ।
कामको सिलसिलामा भारतको विभिन्न सहरमा गएका नेपालीहरू लकडाउन खुकुलो भएसँगै आ–आफ्नो गाउँ–ठाउँ फर्केका छन् । खुला सिमाना भएकोले मुख्य बाटोभन्दा पनि सहायक र खोलाको बाटो प्रयोग गरेर नेपाल पस्ने गरेका छन् । सुरू–सुरूमा भारत र नेपालको कुनै सहरबाट घर फर्केकाहरूलाई कम्तीमा दुई हप्ता क्वारेन्टिनमा बस्न लगाउँथ्यो र आवश्यक चेक–जाँच गरी घर पठाउने गर्दथ्यो । तर, पछिल्लो क्रममा भारतबाट नेपाल फर्केकाहरूलाई स्थानीय तहले क्वारेन्टिनको व्यवस्थापन नगर्दा फर्कनेहरू घर नजिक रहेका विद्यालयमा केही समय बस्ने र तिनीहरूको घरबाटै खानेकुराको कव्यवस्थापन हुन्थ्यो । स्थानीय तह समयमा सचेत नहुँदा आज रौतहटलगायत प्रदेश नं. २ का जिल्ला बढी जोखिम र भयावह अवस्थामा पुगेका छन् ।
स्थानीय तहका निर्वाचितहरूको गैरजिम्मेवारीका कारण दिन–प्रतिदिन सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै छ । निर्वाचितहरू यसप्रति जिम्मेवार र गम्भीर भएर नगरभित्रका नागरिकहरूलाई सचेत पार्नु आवश्यक छ । गाउँ घरमा लाग्ने हात बजारमा केही सावधानी अपनाएको देखिँदैन । सामान्य दिनजस्तै मान्छेहरूबीच भेटघाट र भीडभाड हुने गरेको देखिन्छ । कोभिड–१९ को विषयमा स्थानीय राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिहरू सक्रिय भएर कोरोना भाइरसबाट कसरी बच्ने भन्ने विषयमा जनचेतना फैलाउनु आवश्यक छ । यस विषयमा समयमा सबै सचेत भएनन् भने अमेरिका, भारत, स्पेन र इटालीको जस्तो अवस्था नेपालमा नआउन सक्छ भन्न सकिँदैन ।
सीमाको अवस्था
नेपाल र भारतबीच खुला सिमाना भएकोले नेपाल र भारतबीच आवत–जावत गर्न दुवै प्रकारको समस्या देखिँदैन । शङ्कास्पद व्यक्तिको मात्र सिमानामा चेकजाँच हुने गर्छ । नेपालको तराईमा बस्ने नेपाली र भारतमा बस्ने भारतीयहरूको रङ, अनुहार उस्ता–उस्तै हुने भएकोले को नेपाली, को भारतीय भनी छुट्याउन गा¥हो छ । यतिमात्र होइन भाषा पनि उस्ताउस्तै हुन्छ । खुला सिमाना भएकोले तस्कर र अपराधीहरूको लागि लुक्ने ठाउँको रूपमा उपयोग भइरहेको छ ।
कोभिड–१९ को कारण सामान्य जनतालाई एक–अर्को देशमा ओहोरदोहोर गर्न बन्देज गरिएको छ । तर, तस्कर र अपराधीहरूलाई सीमाना बन्दले खासै प्रभाव परेको देखिँदैन । उनीहरू रातारात भारतीय सामानहरू नेपालको बस्तीमा पु¥याउने गर्दछन् । नेपाली व्यापारीहरू पनि विभिन्न बाटो प्रयोग गरेर भारतीय सामानहरू नेपाली बजारमा पठाउने गर्दछन् । परिणामतः सीमाना जोडिएका जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । भारतीय व्यापारीहरू सिमानापारि खेत रहेको बहानामा विभिन्न उपभोग्य सामानहरू नेपालका विभिन्न पसलहरूमा पु¥याउने गर्दछन् । दैनिक सयौँको सङ्ख्यामा मोटरसाइकल र साइकलमा सामानहरू नेपाली हाटबजारमा पु¥याउने गरिन्छ । कहिलेकाहीँ नेपाली सुरक्षाकर्मीले समातेको खण्डमा तस्करहरू झुन्डका झुन्ड आएर सामानहरू छोडाउन खोज्छन् । सुरक्षाकर्मी नमानेको स्थितिमा दोहोरो झडप र गोली हानाहानसमेत भएका घटनाहरू सञ्चारमाध्यममा सार्वजनिक भएको सबैलाई विदित्तै छ ।
खुला सिमानाको फाइदा उठाउँदै हजारौँ भारतीयहरू मालबाहक ट्रकबाट काठमाडौँलगायत नेपालको विभिन्न सहरमा पुगेका छन् । यसले गर्दा काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा कोरोनाको सङ्क्रमित बढिरहेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोले सामान्य बिरामी भएका मान्छेहरूले पनि उपचार पाइरहेका छैनन् । वीरगञ्जलगायत तराईका विभिन्न सहरमा सञ्चालित अस्पतालहरूले बिरामीको उपचार गर्न नमानेपछि कतिको अकालमा मृत्यु भएका समाचारहरू प्रकाशित छन् । चार महिनासम्म सरकारले लकडाउन जारी राख्दा नेपालमा कोरोना सङ्क्रमितको अवस्था नियन्त्रणभन्दा बाहिर थिएन । लकाउनको विकल्प नै नखोजी सरकारले लकडाउन खुकुलो बनाएपछि नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या बढेको देखिन्छ । यस्तो परिस्थिति आउनुमा सरकार नै जिम्मेवार छ । नेपाल र भारतबीचको सीमा नियमन गर्नुपर्ने कुरा सधैँ उठे पनि सरकार जिम्मेवार भएको देखिएन । आज नेपाली जनताले अनावश्यक दुःख भोग्नुका साथै अनाहकमा ज्यान गुमाइरहेका छन् । ठक्कर नखाइकन बुद्धि आउँदैन भनेजस्तै सरकार अहिले गम्भीर हुने बेला आएको छ । सरकारले बुद्धि पु¥याउने बेला आएको छ । यस समयमा सीमा नियमनका कुरा अगाडि बढाइएन भने यो सरकार नेपाल र नेपाली जनताको भन्दा पनि भारतीय विस्तारवादको दलाली गर्ने सरकार सावित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *