तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३२ साउन । बाल विकास सकेण्डरी स्कूल भक्तपुरमा २०४५ सालमा पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (भदौ ९ को कालो दिन) को स्मरणमा एक प्रवचन कार्यक्रम भयो ।

उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नेमकिपाले कहिल्यै पनि हत्याहिंसाको राजनीतिमा विश्वास नगरेको प्रस्ट पार्दै निरङ्कुश पञ्चायती राज्य व्यवस्थाले नेमकिपाले गरेको जनपक्षीय कामबाट अत्तालिएर भक्तपुर काण्ड घटाएर नेमकिपालाई निमिट्यान्न पार्न खोजेको बताउनुभयो ।
उहाँले पद र पैसामा किन्न नसक्ने पार्टी भएकोले लामो समयदेखि नेमकिपालाई सिध्याउने षड्यन्त्र रचिरहेको र २०४५ साल भदौ ५ को भूकम्पलाई अवसरको रूपमा उपयोग गर्न खोजेको बताउनुभयो । उहाँले नयाँ पुस्ताले भोलि समयले सुम्पने हरेक जिम्मेवारी वहन गर्नसक्ने गरी आफूलाई तयार बनाउनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले देश र जनताको पक्षमा निःस्वार्थरूपमा सेवा गर्नु र पञ्चायतका कर्तुतलाई जनतासमक्ष ल्याउने काम गर्नु नै पञ्चायतको नजरमा नेमकिपाले गरेको अपराध भएकोले पञ्चायतले २०४५ सालमा भक्तपुर काण्ड रचेको बताउनुभयो ।

उहाँले इतिहासका यस्ता घटना भोलिका दिनमा पनि दोहोरिन सक्ने भएकोले नयाँ पुस्तालाई ती चुनौतीको सामना गर्नसक्ने बनाउन यस्ता घटनाको स्मरण गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका अगुवा कार्यकर्ता एवम् शिक्षासेवी वरिष्ठ शिक्षक उद्धव सुजखूले नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गर्ने काम गरेको र त्यस्तो कामले गर्दा नेमकिपा पञ्चायतको नजरमा आँखाको कसिङ्गर बनेको बताउनुभयो ।
उहाँले भक्तपुर काण्डपछि राज्यले भक्तपुरका जनतालाई राणा शासनमा भन्दा पनि बढी दमन गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा शिक्षक शङ्कर आचार्यले पनि भक्तपुर काण्डको बारेमा बोल्नुभएको थियो ।
Leave a Reply