भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
भक्तपुुर, १ भदौ । भक्तपुुरको चाँगुनारायण नपा वडा नं ८ सुडालको मूलसाँगु खोलामा आइतबार बिहान १०ः३५ बजे एक युवती मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ । प्रहरी अनुसन्धानले मृतक भक्तपुर नपा वडा नं ६ याछेँ सुकुलढोका घर भई हाल चाँगुनारायण नपा वडा नं. ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बसी ज्याला मजदुरी गर्ने दशराम सिजख्वकी श्रीमती वर्ष ३२ की काली भन्ने यशोदा सिजख्व रहेको खुलेको छ ।
मृतक यशोदा सिजख्व आइतबार बिहान अन्दाजी ९ः०० बजे तरकारी लिन भनी डेरा कोठाबाट निस्किएकोमा उक्त मूलसाँगु खोलाको किनारामा भएका बाँसको झ्याङबाट बाँसको तामा भाँचेर बोरामा राखी खोला तर्ने क्रममा खोला तर्नका लागि बनाइएको स्ल्याबमा चिप्लिएर स्ल्याबबाट पानी झर्दा बनेको अन्दाजी ५ फिट गहिरो पानीको तहमा डुब्न गई मृत्यु भएको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ । लास पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट पठाइएको बताइएको छ ।
Leave a Reply