नेपालको खनिज, जल, जङ्गल साम्राज्यवादीहरूलाई किन दिने ?
- श्रावण २८, २०८३
ढिलै भए पनि पहिलो चरणको स्थानीय तहको निर्वाचन भयो। निर्वाचनमा भाग लिन पाएर जनतामा खुसी छायो। गाउँपालिका र नगरपालिकाका उम्मेदवारहरू निर्वाचित हुँदैछन्। जनप्रतिनिधिहरू निर्वाचित हुनुमात्रै सबथोक होइन। निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचनको बेला प्रतिबद्धता गरेअनुसार काम गर्नुपर्छ। काम गर्न हौसिनुपर्छ। जनप्रतिनिधिहरू जनता र समाजप्रति समर्पित हुनुपर्छ। आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ। देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्छ। पदको दुरुपयोग गर्नुहुँदैन। पदको दुरुपयोग गरेर सम्पति कुम्ल्याउनेतर्फ ध्यान दिनुहुँदैन।
जनप्रतिनिधिहरू इमानदार हुनुपर्छ। जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले अघि बढ्नुपर्छ। जनप्रतिनिधिहरू लोभलोलचमा फस्नु हुँदैन। कसैको दबाबमा गलत कार्यमा लाग्नुहुँदैन। काममा लाग्दा आइपर्ने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्छ। सामाजिक सेवामा जुट्नुपर्छ। समाजमा देखिएका कुरीति र सुसंस्कृतिलाई हतोत्साही गर्नेतर्फ अघि सर्नुपर्छ। नागरिक भावना जगाउनुपर्छ।
जनप्रतिनिधि भइसकेपछि जनताको काममा जुटिरहनुपर्छ। जनताको सेवामा लागेन, ध्यान दिइएन भने जनताको विरोध बढ्नेछ। जनताको सेवा गर्ने भावना नभएका कति जनप्रतिनिधिहरू विकास ल्याउँछन् तर त्यही विकासलाई पैसा कमाउने साधन बनाउँछन्। तिनीहरू राजनीति जनताको सेवा गर्न होइन कमाउने बाटो ठान्छन्। व्यक्तिगत स्वार्थ या अकुत सम्पत्ति कमाउनेतर्फ लाग्ने जनप्रतिनिधिहरू जनताका सच्चा प्रतिनिधि हुनेछैनन्। यसकारण निर्वाचित जनप्रतिनिधिहरूलाई दलले सचेत पार्ने काम गरिरहनुपर्छ।
जनप्रतिनिधिहरू इमानदार हुनुपर्छ। जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले अघि बढ्नुपर्छ। जनप्रतिनिधिहरू लोभलोलचमा फस्नु हुँदैन। कसैको दबाबमा गलत कार्यमा लाग्नुहुँदैन। काममा लाग्दा आइपर्ने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्छ। सामाजिक सेवामा जुट्नुपर्छ। समाजमा देखिएका कुरीति र सुसंस्कृतिलाई हतोत्साही गर्नेतर्फ अघि सर्नुपर्छ। नागरिक भावना जगाउनुपर्छ। सांस्कृतिक स्तर उठाउन लाग्नुपर्छ। नपाको नियमबारे जनतामा जानकारी दिइनुपर्छ र नपाको नियममा रहेर काम गराउनेतर्फ हौसला दिनुपर्छ। जनप्रतिनिधि नभएको बेला धेरै अनियमितताहरू भएको देखिन्छ। भुइँचालोको पीडाले पनि त्यस्तो समस्या देखिएको हो। नगरवासीले पनि अरुले अनियमित गरे पनि हुने मैले किन गर्न नपाउने? भनी अनियमिततामाथि अनियमितता गर्ने होइन। अनियमित कार्यलाई हतोत्साही गरिनुपर्छ।
अनियमितताले विवाद निम्त्याउँछ। आफ्नै इज्जतमा धक्का पर्छ। नराम्रो कामको अनुकरण गरेर नगरवासीलाई फाइदा हुँदैन। आफै गलत काम गर्ने, अनियमित गर्ने अनि नपा र नपाका जनप्रतिनिधिलाई सराप्ने काम ठीक होइन। नगरवासीहरू नपाको नियममा रहनुपर्छ, नियममा रहेर निर्माण कार्य गर्नुपर्छ। अनि नगरमा विकास गर्न सहयोग पुग्छ।
Leave a Reply