भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
हवाना, १९ अगस्ट (टेलिसुर) । सार्स–कोभ–२ अर्थात् नयाँ कोरोना भाइरस निर्मूल गर्ने खोप तयार गर्नमा समाजवादी देश क्युवाले पनि सफलता हासिल गरेको छ । क्युवामा कोरोना भाइरसविरूद्ध चारवटा उम्मेदवार खोप तयार भएका छन् र क्युवा सरकारले तीमध्ये एउटा खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।
क्युवाको फिनले भ्याक्सिन इन्स्टिच्युटले तयार गरी अगस्ट १३ का दिन दर्ता गरेको भ्याक्सिनलाई क्लिनिकल परीक्षणका लागि बुधबार अनुमति प्रदान गरिएको हो । उक्त खोपलाई फिनले–एफआर– १ नामकरण गरिएको छ भने सोबेराना ०१ नामको अर्को खोप पनि क्लिनिकल परीक्षणमा ल्याउने तयारी छ । आगामी जनवरी महिनाभित्रमा उक्त खोप परीक्षण सम्पन्न हुने र अपेक्षित नतिजा दिएमा फेब्रुअरी २०२१ सम्ममा बजारमा आउन सक्ने बताइएको छ ।
पहिलो र दोस्रो चरणको परीक्षणमा फिनले–एफआर– १ खोप अत्यन्त सुरक्षित र भाइरसविरूद्ध प्रतिरोधात्मक शक्ति विकासमा प्रभावकारिता ५० प्रतिशतभन्दा माथि देखिएको थियो । त्यसले कोरोना पीडित अत्यन्त गम्भीर चरणमा पुगेका बिरामीहरूलाई पनि निको पारेको देखिएको थियो ।
फिनले–एफआर– १ खोपको क्लिनिकल परीक्षण १९–५९ वर्ष समूहका र ६०–८० वर्ष उमेरका तथा गर्भवती महिलाका लागि छुट्टाछुट्टै डोजमा परीक्षण गरिएको थियो । क्युवाले एचआईभी÷एड्स तथा अन्य विषाणुजन्य रोगको उपचारका लागि उत्पादन गर्दै आएका अल्फा– २ बीलगायत एन्टीभाइरल औषधिहरू अहिले कोभिड–१९ को उपचारमा पनि व्यापक प्रयोग भइरहेको छ ।
Leave a Reply