नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
दोस्रो विश्व युद्धपछाडि प्रविधिको विकासमा अमेरिकाको दबदबा थियो । दोस्रो विश्वयुद्धमा हिरोशिमामा पहिलो परमाणु बम पड्काएर संसारलाई तर्साउन सकेकोढङ्गढङ्गी अमेरिकासँग बाँकी नै थियो । सन् १९५८ मा अमेरिकाको अन्तरिक्षमा भू–उपग्रह छोड्ने योजना थियो । प्रविधिमा विश्वको बादशाह नै ठानिरहेको थियो । तर,अचानक तत्कालीन सोभियत सङ्घ, रुसले सन् १९५७ मा स्पुटनिक नामको पहिलो कृत्रिम उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण ग¥यो । रुसको यो सफलताबाटअमेरिका यति हतप्रभ भयो, ‘सौताले छोरा पाए’ जस्तै ¤ अमेरिकी राष्ट्रपतिदेखि सर्वसाधारण नागरिकसम्म निराशा देखिन्थ्यो । यही निराशालाई सान्त्वना दिन तत्कालीन अमेरिकी राष्ट्रपति आइसेनहोभरले अर्को वर्ष संयुक्त राज्य अमेरिकाले रुसको भन्दा उत्कृष्ट काम गर्ने बताउँदै निराश अमेरिकी जनतालाई शान्त पार्न खोजे । जे भए पनि आत्मसन्तुष्टिको निम्ति आइसनहोभरले तुच्छ भाषामा “रुसीहरूले केवल एउटा सानो बल हावामा फालेका हुन्” भने ।
विश्वको पहिलो रुसी कृत्रिम उपग्रहसँगै ‘अन्तरिक्ष युग’ को प्रारम्भ भयो । स्पुटनिकको रूसी अर्थ ‘उपग्रह’ हो । स्पुटनिकले २९,००० किलोमिटर प्रतिघण्टा यात्रा ग¥यो । पृथ्वीको एक कक्ष पूरा गर्न स्पुटनिकलाई ९६ दशमलव २ मिनेट लाग्यो । स्पुटनिकको व्यास २२ इन्च छ र १८४ पाउन्ड तौलको थियो । सूर्योदय हुनुअघि वा सूयार्स्तपछि दुरबिनको साथ यस उपग्रहको दृश्य देख्न सकिन्थ्यो । यसको ब्याट्रीको आयु सकिनुअघि तीन हप्तासम्म पृथ्वीको परिक्रमा ग¥यो ।
रुसले स्पुटनिक–२ बाट पृथ्वीको कक्षमा जनावरसमेत पठाउन थाल्यो । स्पुटनिकको एक महिनापछि नै रुसले लाइका नामको कुकुरलाई अन्तरिक्ष वरिपरि घुमायो । तीन वर्षपछि दुई कुकुर, मुसा र बीउहरूको भर्चुअल चिडियाखाना परिभ्रमण गरायो र जीवितै फक्र्यो । सन् १९६१ मा युरी गागरिन पृथ्वीको परिक्रमा गर्ने पहिलो व्यक्ति हुँदा भने अमेरिकामाथि बज्रपात नै भएको अमेरिकीहरूले ठाने । सन् १९६२ सम्ममा रुसले अन्तरिक्षमा हथौडा र हँसिया अङ्कित झन्डा उडाइसक्दा अमेरिकी शासकहरूको होस ह्वास हराइसकेको थियो । सोभियत अन्तरिक्ष कार्यक्रमले अन्य अन्तरिक्षको श्रृङ्खला हासिल गर्यो । पाँचौँ दशकको अन्ततिर र छैठौँ दशकको सुरुमा अन्तरिक्षमा पहिलो मानिस, पहिलो महिला, पहिलो तीन पुरुष, पहिलो अन्तरिक्षयात्रा, पहिलो चन्द्रमा परिक्रमा गर्नेजस्ता विभिन्न सफलता प्राप्त गर्दै गयो । सन् १९६६ मा रुसले मानवरहित लुनालाई चन्द्रमाको वरिपरि उडायो र पृथ्वीबाट नदेखिने चन्द्रमाको लुकेका भागको पहिलो फोटो लियो ।
रुसको अन्तरिक्षमा एकपछि अर्को सफलताले आत्तिएर मे २५, १९६१ मा जोनएफ केनेडीले काङ्ग्रेससामु घोषणा गरे “दशकको अन्त्य हुनुभन्दा अघि चन्द्रमामा मानिस पु¥याएर सकुशल सुरक्षितरूपमा फिर्ता ल्याउने राष्ट्रिय लक्ष्य हुनेछ ।” केही अमेरिकीहरू यसलाई केनेडीको जुवा खेलाई पनि भन्थे । किनभने त्यसभन्दा अघिसम्म अमेरिकी सर्वश्रेष्ठ वैज्ञानिकहरूले मानिससहित स्पेस उडान मानिसको सबैभन्दा महँगो अन्त्येष्टि हुनेछ भनेर भन्ने गर्थे । जे होस् स्पुटनिकको पृथ्वीको कक्षको परिक्रमाले गर्दा राष्ट्रपति केनेडीको प्रतिज्ञा आयो जसको कारण अमेरिकीहरूलाई अनुसन्धान गर्न बाध्य बनायोे । फलतः दुई अमेरिकी अन्तरिक्ष यात्रीलाई सन् १९६९ मा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गराउन सफल भयो ।
स्याटलाइटको अप्रत्याशित सफलताले शीत युद्धको एक भाग अन्तरिक्ष दौड हुन गयो । उक्त प्रक्षेपण राजनीतिक, सैन्य, प्राविधिक र वैज्ञानिक विकासको नयाँ युगको सुरुवात थियो । रुसलाई पछ्याउन अमेरिकाको प्रयासले ‘अन्तरिक्ष दौड’ को सुरुवात भयो ।
यसरी “इतिहासले आफ्नो बाटो आफैँ पछ्याउँछ” भन्ने कथनलाई पुटिनले पुनः पुष्टि गर्दै अगष्ट १२ मा स्पुटनिक–भी नामको कोरोना भ्याक्सिनको घोषणा गरे । यो घोषणाले सन् १९५७ को जस्तै विश्वलाई नै चकित बनाएको छ भने अमेरिकीहरूलाई थप इष्र्यालु बनाएको छ । स्पुटनिकको पर्यायवाची शब्द नै आश्चर्यमा पार्नुजस्तैहुन गएको छ । रसियन भाषामा स्पुटनिकको वास्तविक अर्थ त भू–उपग्रह नै हो । स्पुटनिक नाम नै अमेरिकीहरूलाई सशङ्कित बनाउन पर्याप्त भएको छ । यसरी अमेरिकीहरूलाई इतिहास सम्झाउन भ्याक्सिनको नाम स्पुटनिक राखेको हुनुपर्छ ।
रुसले यति चाँडै कसरी कोरोनाको भ्याक्सिन विकास गर्न सके भन्नेबारेमा सबैको चासो हुनु स्वाभाविक हो । कोरोनाभन्दा पहिले सार्स र मर्स रोगहरूमा अनुसन्धान भइरहेको थियो । कोरोना र सार्स एकै परिवारका हुन् । अघिल्लो अनुसन्धान कोरोना खोप बनाउन सहयोगी साबित भएको छ । जनवरीमा नै चीनले कोरोनाको आनुवंशिक अनुक्रम साझा गरेको थियो । यसले गर्दा पनि रुसलाई कोरोना भ्याक्सिनमाथि अनुसन्धान गर्र्न सजिलो बनाइदियो ।
कोरोना भाइरसले संसारभरि लाखौँको मृत्यु भएको छ । सम्पूर्ण विश्व कमजोर छ । यस सङ्कटको बीचमा, रूसबाट आएको खबर कोभिड–१९ बाट आतङ्कित भएका सर्वसाधारण जनताको लागि राहत भएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार घोषणा गरे, “रूसले स्पुटनिक–भी कोरोना भाइरसको पहिलो खोप बनाएको छ ।” उनको दाबी छ कि यो विश्वको पहिलो सफल कोरोना खोप हो । रसियाको स्वास्थ्य मन्त्रालयले पनि यसलाई अनुमोदन गरिसकेको छ ।
अमेरिका, बेलायतलगायत धेरै देशहरूले अझै रूसको कोरोना खोपमा विश्वास गरेका छैनन् । उनीहरू भन्छन्, “रूसले हतारमा कोरोना खोप निकालेको छ ।” डब्ल्यूएचओका अनुसार पर्याप्त तथ्याङ्कबिना खोप आपूर्ति गर्नु सही होइन । पर्याप्त परीक्षणहरू नगरेकाले बेलायतले पनि रुसको भ्याक्सिनप्रति असन्तुष्टि जनाएको छ । जमर्नी, फ्रान्स, स्पेनलगायत धेरै देशहरूले रसियाको खोपमा शङ्काको दृष्टिले हेरिरहेका छन्् ।
रूसले यसको कोरोना खोपसम्बन्धी विश्वका शङ्कालाई निराधार भनेको छ । रसियनले खोपको सुरक्षाको बारेमा लगाइएको आरोपलाई आधारहीन ठहर गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले विश्वलाई जानकारी गराउँदै भनेको छ दुई महिनाभन्दा कम समयसम्म चलेको मानव परीक्षणको आधारमा रूसले यसको खोपलाई नियमित स्वीकृति दिएको हो । रसियाका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले एक समाचार एजेन्सीलाई भने, “रसियाको खोपमा उठाइरहेका प्रश्नहरू बजार प्रतिस्पर्धाबाट प्रेरित भएको देखिन्छ र मानिसहरूले आफ्नो विचार व्यक्त गर्न खोजिरहेका छन् जुन पूर्णरूपमा निराधार छन् ।” उनको भनाइअनुसार उक्त खोप छिट्टै जनतामाझ उपलब्ध हुनेछ ।
आइसनहोभरले स्पुटनिकलाई ‘सानो बल हावामा हानेको’ भनेजस्तै अहिले अमेरिकीहरू रुसको जस्तो भ्याक्सिन त हाम्रो देशमा बाँदरलाई दिइन्छ भन्दै आत्मसन्तुष्टि लिँदै छन् ।
सौताले छोरा पाएको ?? कम्युनिष्ट भएर यस्तो भाषा प्रयोग गर्नु भएन ।