राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
संसारका कुनै पनि स्वतन्त्र र सार्वभौम देशहरू ठूला देशका कठपुतली होइनन् । एउटा देशले अर्काे देशमाथि आक्रमण गर्नु, अतिक्रमण गर्नु, नाकाबन्दी गर्नु, अर्काे देशका शासकलाई उचालेर विपक्षी दलका नेताको हत्या गर्नु र आफ्नो उठबसमा राख्नु बाह्य हस्तक्षेप नै हो । त्यस्तो हस्तक्षेप कुनै पनि देशको लागि स्वीकार्य हुनेछैन । संयुक्त राज्य अमेरिका स–साना देशमाथि आक्रमण गर्ने, अन्य देशका सरकार प्रमुखलाई हत्या गर्ने, सत्ताबाट गलहत्याउने र नाकाबन्दी गर्ने आक्रामक देश हो । अमेरिकी प्रशासन विगतको यस्तै क्रियाकलाप र गतिविधिको आधारमा नेपाल मजदुर किसान पार्टीले संयुक्त राज्य अमेरिकालाई साम्राज्यवादी देश भनेको हो । संयुक्त राज्य अमेरिकाले जहिलेसम्म अरू देशमाथिको आक्रमण रोक्दैन, आर्थिक नाकाबन्दी छोड्दैन, अरू देशको विकासमा बाधा हाल्छ या आफ्नो उठबसमा राख्न खोज्छ तहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिलाई विश्वका न्यायप्रेमी जनताले मनपराउने छैनन् ।
अहिले अमेरिकामा राष्ट्रपतिको निर्वाचनको चर्चा भइरहेको छ या चुनावी राजनीतिको गतिविधि बढिरहेको छ । यसैबीच पूर्वराष्ट्रपति बाराक ओबाका पत्नी मिसेल ओबामाले वर्तमान अमेरिकी राष्ट्रपतिलाई ‘गलत राष्ट्रपति’ को संज्ञा दिएकी छिन् । उनले भनिन्, “ट्रम्प सही व्यक्ति होइनन्, उनी देशको लागि गलत राष्ट्रपति हुन् ।” वर्तमान राष्ट्रपतिले मात्र होइन अब निर्वाचित हुने राष्ट्रपतिले पनि विगतकै गल्ती दोहो¥याउनेमा शङ्का छैन । यो अमेरिकाको वर्ग चरित्र नै हो ।
यदि निर्वाचित हुने राष्ट्रपतिले पनि विगतकै गल्ती दोहो¥याउँछन् भने विश्वका शान्तिप्रेमी, न्यायप्रेमी देश र जनताको लागि कुनै फरक पर्दैन । अमेरिकी प्रशासनले आफ्नो घमण्ड नछोडेसम्म, अन्य देशलाई दबाब दिइरहेसम्म संसारका मुलुकलाई लडाएर आफ्नो हतियार बेच्ने व्यापार गरिरहेसम्म अमेरिका प्रजातन्त्रवादी देश हुनेछैन ।
कुनै राष्ट्रप्रमुखले आफ्नो देशको विकास गर्न खोज्नु स्वाभाविक हो, विकास गर्नुपर्छ । तर, आफू अरू देशको विकासमा बाधक बन्नुहुँदैन । अरू देशको विकासले आफ्नो देश पछि पर्छ भनेर अरू देशबीच जुधाउने षड्यन्त्र रच्नुहुँदैन । संसारका सबै देशलाई आफ्नो छहारीमा राख्ने, भनेझँै नगरे नाकाबन्दी गर्ने, त्यो देशसित आफूले मात्र होइन अरू देशबाट अलग गर्न खोज्ने काम न्यायोचित होइन । त्यही काम अमेरिकाले गरिरहेको छ । त्यसकारण, अमेरिकाले अरू देशमाथि गरिरहेको कुनै पनि दमन रोक्नुपर्छ ।
Leave a Reply