भर्खरै :

सङ्क्रमितको मनोबल बढाउन घरदैलो

बुटवल, ४ भदौ । कोरोना भाइरस सङ्क्रमितको मनोबल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनी गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरूपले बन्दाबन्दी (लकडाउन) जारी गरेको छ ।
कोरोना सङ्क्रमितहरू उपमहानगरले सञ्चालन गरेका आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका सङ्क्रमित र कन्ट्रयाक्ट टे«सिङमा परेकाहरूलाई समेत सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएको छ ।
होम आइसोलेसनमा राखिएका सङ्क्रमित र तिनका परिवारलाई भेट्न उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घर घरमा पुग्नुभएको छ । उहाँले सङ्क्रमितको मनोबल बढाउन स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र आयुर्वेद औषधि समेत लिएर सङ्क्रमितका घरमा भेटघाट थाल्नुभएको छ ।
विभिन्न परिस्थितिमा सङ्क्रमित हुन पुगेका र स्वास्थ्य सावधानी सहित होमआइसोलेशनमा बसेहरूलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको उहाँले बताउनुभयो । उहाँले भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाएको र अरूलाई पनि अपनाउन अपील गर्नुभएको छ ।
नगरप्रमुख सुवेदीले बुधबार नगर क्षेत्रका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका सङक्रमितलाई घरमै पुगेर भेटघाट गर्नुभएको उपमहानगरपालिकाले जनाएको छ । यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रबन्धसहित जानकारी गराउने गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।
होमआइसोलेसनमा घरमा सुरक्षितरूपमा बसिरहेका बेलामा गेटमा एक्कासी मेयरसहितको टोली ओखतीको पोको बोकेर आउँदा एकदमै खुसी लागेको बुटवल–११, का एक सङक्रमित पुरुषले जानकारी दिनुभयो । उहाँले यस्तो अभियानले हरेक सङक्रमितको मनोबल उँचो बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *