सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
व्युनर्स आयर्स, २२ अगस्ट । चीनले बनाइरहेको कोभिड–१९ को खोपको तेस्रो चरणको परीक्षण अर्जेन्टिनामा हुने भएको छ । खोप निर्माता कम्पनी चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) सम्बद्ध साइनोफार्मले सो कुरा शनिबार सार्वजनिक गरेको हो ।
अर्जेन्टिनाको इलिआ फिनिक्स प्रयोगशालासँग खोपको विकास र प्रबद्र्धनको सम्झौता भएको चिनियाँ कम्पनीले जनाएको छ ।
कोभिड–१९ भाइरसको विकासमा यसलाई चिनियाँ अन्तर्राष्ट्रिय सहकार्यको नयाँ महत्वपूर्ण कदम मानिएको छ । यसअघि सो चिनियाँ खोपको तेस्रो चरणको क्लिनिक परीक्षणको लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले जुलाई २३ मा स्वीकृति दिएको थियो भने अगस्ट २० मा पेरु र मोरोक्कोले पनि परीक्षण अनुमति दिएको थियो ।
सीएनबीजीले आफ्नो क्लिनिकल अनुसन्धान योजनाअनुसार नै अन्तर्राष्ट्रियरूपमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिरहेको हो । उसले थप अन्य देश र क्षेत्रमा पनि यस्तो परीक्षणलाई निरन्तरता दिने घोषणा गरेको छ ।
“हामी यो खोप चीन र अन्य देशहरूमा सुलभ र सस्तोरूपमा सकेसम्म चाँडो उपलब्ध गराउने वाचा गर्छौँ”, सीएनबीजीले आफ्नो वक्तव्यमा लेखेको छ ।
Leave a Reply