भर्खरै :

गाडीमा बाँधेर गाउँ घुमाउने भारतीय सिपाहीं पुरस्कृत

गएको महिना भारतको काश्मिरमा खिचिएको एउटा श्रव्यदृश्य इन्टरनेट संसारमा निकै लोकप्रिय(भाइरल) बन्यो । त्यो श्रव्यदृश्यमा एक जना सर्वसाधारणलाई भारतीय सेनाको एउटा गाडीको अगाडिको भागमा डोरीले बाँधेर गाउँ घुमाइएको थियो । ‘सिपाहींलाई ढुङ्गा हान्ने जो कोहीको यस्तै हालत हुनेछ’ भनेर माइकिङ्ग गर्दै सेनाका जवानहरुले युवकलाई यसरी घुमाएको घटनाको संसारभर आलोचना भएको थियो । तर भारत सरकारले भने हालै त्यसरी युवकलाई गाडीको अघिल्लो भागमा डोरीले बाँध्ने सिपाहींलाई पुरस्कृत गरेको छ । उनलाई दंगा विरोधी कार्यबाहीमा उत्कृष्ट प्रस्तुतिको लागि पदकद्वारा सम्मानित गरेको हो ।

‘सिपाहींलाई ढुङ्गा हान्ने जो कोहीको यस्तै हालत हुनेछ’ भनेर माइकिङ्ग गर्दै सेनाका जवानहरुले युवकलाई यसरी घुमाएको घटनाको संसारभर आलोचना भएको थियो ।’

मानवढाल बनाएको भन्दै संसारभर विरोध भएको सो घटनाका दोषी सिपाहींको भारत सरकारका वरिष्ठ अधिकारीहरुले प्रतिरक्षा गरेका छन् ।
त्यो दिन मतदानस्थल वरपर बसेर सिपाहींमाथि ढुंगामुढा भइरहेको समयमा आफ्ना सहकर्मीलाई जोगाउन मेजर गोगोईले गाडीको अघिल्लो भागमा एक जना सर्वसाधारण बाँधेर अरु प्रदर्शनकारीलाई सावधान गर्नु सही थियो’, भारत सरकारका महान्यायधिवक्ता मुकुल रोहाग्त्तीले भने ।
‘मतदान केन्द्र प्रजातन्त्रको प्रतीक हो । उनलाई त्यसो गरेवापत हामीले विरोध गर्नु गलत हुनेछ । बरु उनको त प्रशंसा हुनुपर्दछ । उनीहरुले हाम्रा उत्तर–पूर्वी सिमाना वीरतापूर्वक रक्षा गरिरहेका छन् ।’ महान्यायधिवक्ता मुकुल रोहाग्त्तीले भने ।
आफ्ना सैनिक अधिकारीको पक्षमा बोल्दै भारत सरकारका अधिकारीले ‘त्यो समय त्यस्तो बहादुरीको काम गरेर उनले बुद्धिमानी देखाएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *