सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, ७ भदौ । चीनका केही कम्पनीहरूले तयार गरेको कोभिड–१९ को अनुमोदन नभएको खोपलाई आपत्कालीन अवस्थामा मानिसमा प्रयोग गर्न अनुमति प्रदान गरेको एक जना चिनियाँ स्वास्थ्य अधिकारीले गत शनिबार सार्वजनिक गरेका छन् ।
“हामीले खोप प्रयोगको एउटा निश्चित योजना बनाएका छौँ । बिरामीसँग पहिले चिकित्सकीय उपचारको अनुमति लिने, अतिरिक्त असर (साइड इफेक्ट) को नियमित अनुगमन गर्ने, केही आपत्कालीन अवस्था आए त्यसबाट जोगाउने, क्षति भए क्षतिपूर्ति गर्ने योजना बनाएका छौँ । यसले खोपको आपत्कालीन प्रयोगको नियमन र अनुगमन निश्चित गर्ने हाम्रो विश्वास छ”, चीनमा कोरोना भाइरस विकासको लागि गठित सरकारी कार्यदलका प्रमुख चेङ चोङवेईले भने ।
चीनको खोप व्यवस्थापन कानुनअनुसार खोपको आपत्कालीन प्रयोगलाई अनुमति दिइएको हो । यो खोप सीमित समयभित्र भाइरसको सङ्क्रमण हुने उच्च जोखिममा रहेका मानिसलाई दिइन अनुमति दिइएको छ ।
सुरुमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी र सरकारी कर्मचारीहरूजस्ता विशेष समूहलाई यो खोप दिन सकिने बताइएको छ । यसले स्वास्थ्य सङ्कटको समयमा प्रभावित सहरलाई नियमित गतिमा चालू राख्न मद्दत गर्ने बताइएको छ ।
धेरै देशका कानुनमा यसरी विशेष अवस्थामा अनुमोदन नभएको खोप प्रयोग गर्न अनुमति दिने प्रावधान छन् । उदाहरणको लागि संरा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले पनि रोगको पहिचान, उपचार वा दीर्घरोगबाट जोगाउन आपत्कालीन अवस्थामा अनुमोदन नभइसकेका स्वास्थ्य उत्पादनको प्रयोग गर्न अनुमति दिने गरेको छ ।
चीन सरकारले कोरोना भाइरसको महामारी फैलिएको समयमा विभिन्न आपतकालीन स्वास्थ्य सामग्री प्रयोगको लागि यसरी नै अनुमति प्रदान गरेको थियो । रोग चाँडैभन्दा चाँडै पहिचान गर्न त्यस्ता उपकरणको प्रयोगमा अनुमति दिइएको हो । अरु बेला पार गर्नुपर्ने लामो प्रक्रिया यतिबेला पूरा गरिरहनुपर्ने बाध्यता रहँदैन ।
“आगामी ग्रीष्म र जाडो महिनामा अझै पनि नोबेल कोरोना भाइरसको नयाँ चरण आउनसक्ने सम्भावनालाई ध्यानमा राखी हामीले अहिले नै खोप दिनुपर्ने तयारी गरिरहेका छौँ”, चेङले भने ।
मानिसमा परीक्षणको लागि नयाँ खोप तयार
चीनको छेङ्दुको सिचुवान विश्वविद्यालयअन्तर्गत वेस्ट चाइना अस्पतालले कीराका कोषबाट बनेको नोबेल कोरोना भाइरसको खोप अब मानिसमा परीक्षणको लागि तयार भएको स्थानीय सरकारले बताएको छ ।
कोरोना भाइरस खोपको लागि आवश्यक प्रोटिन उत्पादन गर्न कीराको कोष प्रयोगले खोपको ठूलो परिमाणमा उत्पादन सम्भव भएको छेङ्दु सहरको सरकारले जनाएको छ ।
कोरोना भाइरस रोकथामको निम्ति पशुमा सो खोपको प्रयोग प्रभावकारी र सफल भएको र त्यसबाट कुनै साइड इफेक्ट नदेखिएको बताइएको छ ।
बीस हजार मानिसमा खोपको क्लिनिकल परीक्षण
चीनको राष्ट्रिय औषधि उत्पादन शाखाले चीनमा कम्तीमा आठ थरी कोरोना भाइरसका सम्भावित खोपको विभिन्न चरणमा क्लिनिक परीक्षण भइरहेको बताएको छ ।
चीनको सीसीटीभीमा अन्तर्वार्ता दिँदै चीनको खोप विकासका प्रमुख वैज्ञानिक र चाइना नेसनल बायोटेक गु्रप (सीएनबीजी) का प्रमुख कार्यकारी निर्देशक याङ स्याओमिङले सो कुरा सार्वजनिक गरेका हुन् । बितेका केही महिनामा ती खोपको परीक्षणको निम्ति विभिन्न देशसँग सहमति भइसकेको उनले बताए ।
“संसारभरका २० हजारभन्दा बढी मानिसलाई खोप दिइएको छ । खोपबाट कुनै खराब असर नगर्नेमा हामी ग्यारेन्टी बसेका छौँ”, उनले भने ।
खोपहरूको प्रभावकारिताको नजिकबाट अनुगमन भइरहेको छ ।
Leave a Reply