अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
काठमाडौँको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू आइसोलेसनमा बस्दै आएको काठमाडौँ बानेश्वरस्थित एउटा घरलाई स्थानीय जनताले घेरा हालेको समाचारले नेपाली समाजलाई तरङ्गित बनाएको छ । सो घरमा बसेका स्वास्थ्यकर्मीहरूमार्फत वरपर रोग सर्न सक्ने भन्दै उनीहरूलाई त्यहाँबाट धपाउन स्थानीयले घर घेरा हालेका थिए । देशको राजधानीको केन्द्र भाग बानेश्वरमा भएको यो घटनाले देशैभरिका स्वास्थ्यकर्मीहरूले निकै चित्त दुखाएको देखिन्छ । सामाजिक सञ्जालहरूमा केही स्वास्थ्यकर्मीहरूले राजधानीवासीको यस्तो दुव्र्यवहारप्रति आक्रोश पोखेका छन् ।
पहिलो कुरा त, आइसोलेसनमा बसेका स्वास्थ्यकर्मीहरू कोभिड–१९ भाइरसबाट सङ्क्रमित पुष्टि भइसकेका होइनन् । अस्पतालमा आफ्नो कर्तव्य पालनाको क्रममा कोभिड–१९ का बिरामीबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरू विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारकै नियमअनुसार आइसोलेसनमा बसेका हुन् । दोस्रो, कदाचित उनीहरू कोरोना भाइरस सङ्क्रमित नै भए पनि घरभित्र नियमपूर्वक आइसोलेसनमा बसेका कोही पनि व्यक्तिबाट रोग सर्ने गर्दैन । कोभिड–१९ को सङ्क्रमण सङ्क्रमितको नजिकको सम्पर्कबाट मात्र सर्ने रोग हो । नोबेल कोरोना भाइरस सङ्क्रमितबाट बढीमा दुई मिटरसम्म मात्र पर पुग्नसक्ने आजसम्मको अनुसन्धानले देखाएको छ । त्यसकारण घरभित्र बसेका व्यक्तिबाट वरपरका घरमा बस्ने मानिसमा यो रोग सर्ने सम्भावना हुँदैन ।
यो भाइरसविरूद्धको लडाइँ संसारकै ‘मै हुँ’ भनेका देशहरूको निम्ति हम्मेहम्मे भइरहेको छ । यद्यपि, नेपालका स्वास्थ्यकर्मीहरूले यो भाइरसबाट नेपाली जनतालाई सुरक्षित गर्न लडिरहेका छन् । यो समय उनीहरूप्रति सद्भाव, ऐक्यबद्धता र आत्मीयता पोख्ने समय हो । स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीका परिवारप्रति सद्भावका शब्द व्यक्त गर्ने समय हो । स्वास्थ्यकर्मीको अपमानले होइन, सम्मानले मात्र कोभिड–१९ विरूद्धको लडाइँ जित्न सक्नेछौँ ।
तेस्रो र सबभन्दा महत्वपूर्ण कुरा, यो भाइरसविरूद्धको लडाडँमा सबभन्दा जोखिम र अग्रमोर्चामा स्वास्थ्यकर्मीहरूले नै लडिरहेका छन् । कर्तव्यपालनाको क्रममा संसारभर सयाँै स्वास्थ्यकर्मीहरूले समेत ज्यान गुमाइसकेका छन् । आफ्नो ज्यान, परिवारलाई समेत जोखिममा राखेर यो रोगविरूद्ध आज स्वास्थ्यकर्मीहरू लडिरहेका छन् । विभिन्न अस्पतालमा कोभिड वार्डमा ड्युटी गरेका स्वास्थ्यकर्मीहरूको पीडा कम दुःखदायी छैन । यस्तो समयमा स्वास्थ्यकर्मीप्रति सिङ्गो समाज एक भएर कृतज्ञ हुनुपर्दछ । समाजको निम्ति स्वास्थ्यकर्मीले गरेको त्यागप्रति आभारी बन्नुपर्दछ । स्वास्थ्यकर्मीहरू सर्वसाधारणलाई भन्दै छन्, “तपाईंहरू घर बस्नुहोस्, हामी तपाईंहरूको लागि लड्नेछौँ ।” अथवा “तपाईंहरूको लागि हामी लड्नेछौँ, कृपया घर बसेर मद्दत गर्नुहोस् ।” स्वास्थ्यकर्मीहरूको यस्तो भावनालाई कदर गरी सर्वसाधारणले हौसला दिनुपर्ने हो । तर, उल्टो स्वास्थ्यकर्मीहरू नियमपूर्वक आइसोलेसनमा बसेको घरमा पुगेर अराजक गतिविधि गर्नु निन्दनीय काम हो । अझ देशकै सबभन्दा पढेलेखेका सचेत मानिसहरू बस्ने भनिएको राजधानीमा यस्तो घटना हुनु नेपाली समाजकै बेइज्जत हो ।
संसारभरको अनुभवले यो भाइरसविरूद्धको लडाइँ केही मानिसको भरमा मात्र लड्न सकिने लडाइँ होइन भन्ने कुरा प्रमाणित भएको छ । एउटा देशले मात्र जितेर यो भाइरस सधैँको लागि बिदा हुनेछैन । त्यसको निम्ति हरेक देश र मानिसले आपसमा सहकार्य गर्नुको विकल्प छैन । तर, त्यो सहकार्य आपसमा भौतिक दुरी राखेर गर्नुपर्नेछ । यो भाइरसविरूद्धको लडाइँ संसारकै ‘मै हुँ’ भनेका देशहरूको निम्ति हम्मेहम्मे भइरहेको छ । यद्यपि, नेपालका स्वास्थ्यकर्मीहरूले यो भाइरसबाट नेपाली जनतालाई सुरक्षित गर्न लडिरहेका छन् । यो समय उनीहरूप्रति सद्भाव, ऐक्यबद्धता र आत्मीयता पोख्ने समय हो । स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीका परिवारप्रति सद्भावका शब्द व्यक्त गर्ने समय हो । स्वास्थ्यकर्मीको अपमानले होइन, सम्मानले मात्र कोभिड–१९ विरूद्धको लडाइँ जित्न सक्नेछौँ ।
Leave a Reply