भर्खरै :

भक्तपुर काण्ड ः विहङ्गम दृष्टि

निरङ्कुश पञ्चायती राजतन्त्रले आफ्नो परमशत्रु प्रतिबन्धित नेपाल मजदुर किसान पार्टीलाई ठान्यो । पञ्चायती शासकवर्गले नेमकिपाको समूल नष्ट गर्न राज्यस्तरबाट अनेक षड्यन्त्र रच्यो । नेमकिपाले कामदार जनतालाई सचेत र शिक्षित गर्ने एवम् निर्वाचित जनप्रतिनिधिहरूले जनताको पक्षमा निःस्वार्थरूपले इमानदारीसाथ सेवा गरिरहेका थिए । मध्यपश्चिमको कर्णाली, भेरी, तराई र पहाडी जिल्ला एवम् काठमाडौँ उपत्यकामा नेमकिपाले जनतालाई राजनैतिक र वर्गीयरूपमा सचेत बनाइरहेको निरङ्कुश पञ्चायती व्यवस्थाले सहन सकिरहेको थिएन । लेनिनवादी सिद्धान्तअनुसार पञ्चायती निर्वाचनमा भाग लिएको झन् मन परेको थिएन । नेका, माले, मसाल पार्टीहरूले जस्तै चुनावमा भाग नलिए हुन्थ्यो भन्ने पञ्चहरूको सोच थियो । नगर, गाउँ, जिल्लास्तरीय पञ्चायती निर्वाचनमा भाग लिएर जितेर जनताको निःस्वार्थरूपमा इमानदारीपूर्वक कार्य गरिरहेकोले राजावादी भ्रष्ट पञ्चहरूलाई असह्य भइरहेको थियो । विसं २०३८ सालको संसदीय निर्वाचनमा भाग लिएर भक्तपुरबाट राजावादी पञ्चलाई हराएर नेमकिपाबाट जनताको उम्मेदवारको नाउँमा उठाइएका कर्ण ह्योजूलाई अत्यधिक मतले जिताए । भक्तपुरका पञ्चहरूलाई त्यो जीत सह्य भएन । साथै, भक्तपुर नगर एवम् अन्य गाउँको निर्वाचनमा जितेर जनताको पक्षमा निःस्वार्थ र इमानदारीपूर्वक सेवा गरिरहेको पनि सह्य भएन । निर्वाचितहरूलाई फसाउने, थुन्ने प्रयास सरकारले गरिरहेको थियो । यही सिलिसिलामा कर्ण ह्योजूलाई जनविरोधी पञ्च बनाउन उनीहरू सफल भए । ह्योजूले जनतालाई धोका दियो । त्यसैले २०४३ सालको संसदीय निर्वाचनमा नेमकिपाको तर्फबाट गोविन्द दुवाल निर्वाचित हुनुभयो । धोकेबाज ह्योजूको पक्षमा जनता लागेनन् ।

यसले नवपञ्च ह्योजू र पञ्चायती सरकारलाई ठूलो चोट पुगेको थियो । सरकारले का.रोहितलाई कुनै षड्यन्त्रमा फसाई जेल नहाली कोही पनि पञ्च जित्न नसक्ने देखेर कर्ण ह्योजूलाई बलिको बोको बनाई २०४५ साल भदौ ९ गते षड्यन्त्र गरी पञ्चायती सरकारले हत्या ग¥यो । त्यसको सारा दोष नेमकिपाका अध्यक्ष का. रोहितलगायत उहाँका कार्यकर्ताहरूमाथि थोप¥यो । त्यो वास्तविकता ह्योजूको शवयात्रामा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीसहितका मन्त्री, अरू पञ्चहरूको सहभागितामा ‘नारायणमान बिजुक्छेँलाई फाँसी’ को माग गरेबाट प्रस्ट हुन्छ । भदौ ९ गते राति नै निर्दोष व्यक्तित्वहरू नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य गोविन्द दुवाल, भक्तपुर नगरपञ्चायतका प्रधानपञ्च आशाकाजी बासुकला, पूर्वमेयर ज्ञानबहादुर न्याइच्याई, वडाध्यक्षहरू सुनिल प्रजापति, श्रीकृष्ण किसीलगायत चार दर्जन कार्यकर्ता, समर्थकहरूलाई पक्राउ गरियो । त्यसपछिका दिनमा पञ्चायत सरकारले भक्तपुरका हजारौँ युवाहरूलाई पक्राउ ग¥यो । क्रूर यातना दियो । भक्तपुरका जनतामाथि श्वेत आतङ्क मच्चायो । महिलाहरूमाथि अशिष्ट र अभद्र व्यवहार भयो । करिब बीस महिनासम्म भक्तपुरका जनताले युद्ध अपराधीको व्यवहार सहनुप¥यो । त्यसलाई विसं १८२६ मा पृथ्वीनारायण शाहले आक्रमण गरी भक्तपुरका जनतालाई दबाएझैँ दबाएको अनुभूति पीडित जनताले गरे । अभियुक्त बनाइएका ६७ जनालाई बाग्मती विशेष अदालतमा ज्यान मुद्दा चलाइयो ।
भक्तपुरका कामदार जनतामाथि भएको निर्मम दमनको विरोधमा पञ्चायतइतरका अधिकांश नेता, वकिल, पत्रकार, बुद्धिजीवीहरूले आवाज उठाए । घटना भएको अर्को दिन भदौ १० गते काठमाडाँै वीर अस्पतालबाट ह्योजूको शवयात्राको तमासा गर्दा राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले का. रोहितको नाम किटेरै भट्याउने र प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले ‘फाँसी दे’ भनी फर्काएको देखेर, सुनेर सम्पूर्ण सचेत व्यक्तित्वहरूले भक्तपुर काण्ड राज्यस्तरको षड्यन्त्र हो भनी प्रस्ट बुझे । एकजना मान्छे मारेर भक्तपुरका जनतालाई क्रूर दमन भएकोले भदौ ९ गतेको भक्तपुर काण्डलाई कालो दिनको रूपमा आज पनि विविध कार्यक्रम गरी भत्र्सना गर्ने गरिएको छ । ३२ वर्ष अगाडिको घटनाबारे कुरा गर्दा अहिले पनि पीडित जनताको आँखा रसाउँछ ¤ बोली बन्द हुन्छ । सुन्ने मान्छे भावुक हुन्छन् र आँखाबाट आँसु झार्छन् । कति निर्मम अत्याचार भयो भन्ने कुरा आज अनुमान गर्न पनि कठिन छ ।
नेमकिसङ्गठनलाई जरैदेखि उखेल्न पञ्चायती सामन्ती सरकारको तर्फबाट भक्तपुरका पीडित सचेत जनतामाझ दमन गराउन, फूट गराउन भक्तपुरका खाँटी पञ्च गणेशबहादुर खत्री, सुरेन्द्रप्रताप शाहहरू सक्रिय थिए । नेवारविरुद्ध नेवार नै प्रयोग गर्न पूर्वअञ्चलाधीश बासु पासा प्रयोग भए । उनीहरूको टोली लागेर मुद्दा परेका र नपरेका नेमकिपाका कार्यकर्ताहरूलाई फकाइ, तर्साइ केहीलाई पञ्चायतसामु आत्मसमर्पण गर्न लगाए । राजनैतिकरूपमा सचेत नभएका र अवसरवादी प्रवृत्तिका कार्यकर्ताहरू बिगार्ने काम गरे । गुप्तचरी गराउने कार्य गरे । भक्तपुर नगर पञ्चायत विघटन गर्न लगाई मण्डले प्रधानपञ्च, वडाध्यक्ष मनोनीत गरी, नगर पञ्चायत खडा गरी नेवारमाथि नेवारैले दमन गर्न दिने कार्य पञ्चायती शासकहरूले गरे । भक्तपुर नगर पञ्चायतका अधिकांश इमानदार कर्मचारीहरूको जागीर खोसियो । भ्रष्ट पञ्चहरूले आफ्ना कर्मचारीहरू भर्ना गरे । त्यसबेलाको नगर पञ्चायतले भएको सम्पत्ति अनियमित तरिकाले हिनामिना ग¥यो ।

वास्तवमा पञ्चायती निरङ्कुश राजतन्त्रको अन्त्य र बहुदलीय व्यवस्था पुनः स्थापना हुनुको प्रमुख कारक नै पञ्चायती राज्यसत्ताबाट रचिएको भक्तपुर काण्ड उदाङ्ग्गो हुनु थियो । जब का. रोहितलाई फाँसीको माग गरी कार्यपालिका प्रमुख नै सडकमा उत्रिई नेमकिपाको समूल नष्ट गर्ने प्रयास पञ्चायती व्यवस्थाले ग¥यो, तब अरू पञ्चायतइतरका दलहरू सबै सचेत भए । रोहितलाई खाने बाघले भोलि हामीलाई पनि खान सक्छ भनी बुझे । रोहित समूह वा नेमकिपा समाप्त गरेपछि पञ्चायती शासकवर्गले हामी र हाम्रो दल समाप्त गर्ने षड्यन्त्र गर्नेछ भनी सचेत भए ।

नगरपालिकामा भएका प्रिन्टर, टेलिभिजन सेटलगायतका सामग्री पचाए । भ्रष्ट पञ्चहरूले आफ्नो वास्तविकता उदाङ्ग पारे । सार्वजनिक जग्गा, मठ मन्दिरको जग्गा, पर्ती जग्गामा सिफारिस दिई निजी बनाउन लगाए । सार्वजनिक सम्पत्ति निजी प्रयोग गर्न हस्तान्तरण गरियो । सहिद स्मृति खेलमैदान एक निजी कलेजलाई हस्तान्तरण गरियो । महेश्वरी खेल मैदान भक्तपुर नगरको नियन्त्रणमा नरहने गरी राष्ट्रिय खेलकुद परिषद्को नाममा नामसारी गरियो । कतिपय सार्वजनिक पोखरीसमेत व्यक्तिको नाममा दर्ता गर्न लगाई निजी बनाइयो । सार्वजनिक सम्पत्ति बिगार्नु, स्वामित्व गुमाउनु, भ्रष्टाचार गर्नु, लुट्नुलाई आफ्नो बहादुरी ठानेर नगरको सम्पत्ति, सार्वजनिक सम्पत्ति सबै बिगार्ने कार्य नगर पञ्चायतको पालामा भयो । त्यसबेलाका ती जनविरोधी पञ्चहरू २०४६ सालपछि जो जो सत्तामा गए, ती पार्टीमा प्रवेश गरी जनतालाई अझै दुःख दिने कार्य गरिरहेका छन् । कहिले काङ्ग्रेस, कहिले एमाले, कहिले माओवादी, कहिले राप्रपामा पसेर जनविरोधी कार्य गरिरहेको हामी देख्दै छौँ ।
सामन्ती सरकारको षड्यन्त्रबाट नेमकिसंका नेता र कार्यकर्ताहरूलाई फसाइएको बुझेर वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, सिन्धुनाथ प्याकुरेल, लक्ष्मण अर्याल, बासुदेव ढुङ्गाना, दमननाथ ढुङ्गाना, सुवासचन्द्र नेम्वाङ, मुकुन्द रेग्मी, हृषिकेश शाह, कल्याणी शाह, गान्धी पण्डित, सुधीर श्रेष्ठ, बालकृष्ण न्यौपाने, कृष्णप्रसाद पन्त, नूतन थपलिया, मुक्ति प्रधानलगायतले बिनाशुल्क मुद्दामा बहस गरी सहयोग गर्नुभयो । उहाँहरूले भक्तपुर काण्डमा फसाइएकाहरूलाई सहयोग, सान्त्वना र भर दिनुभयो । राजनैतिक दलका नेताहरूले पनि त्यस षड्यन्त्रको विरुद्ध वक्तव्य, अन्तर्वार्ता, प्रेस विज्ञप्तिमार्फत विरोध जनाएका थिए । त्यसरी विरोध जनाउनेहरूमा वामपन्थी नेताहरू तुल्सीलाल अमात्य, विष्णुबहादुर मानन्धर, शम्भुराम श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, निर्मल लामा र पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यलगायत हुनुहुन्थ्यो । त्यस्तै मातृभूमि, समीक्षा एवम् अन्य पत्रपत्रिका तथा गोविन्द वियोगी र मदनमणि दीक्षितजस्ता वरिष्ठ पत्रकारहरूले खुलेरै सरकारको षड्यन्त्रलाई उदाङ्ग्याउनुभयो ।
का.रोहिलगायत नेमकिपाका नेता–कार्यकर्ताहरूलाई जाली मुद्दामा फसाई भक्तपुरमा बीस महिनासम्म पञ्चायती सामन्ती राज्यसत्ताले मच्चाएको श्वेत आतङ्कबाट खुसी हुने ‘भक्तपुरे’ पनि थिए । ओरालो लागेको मृगलाई बाछोले खेद्छ भनेझैँ सताउनेहरू पनि थिए । विशेषगरी नेपाली काङ्ग्रेसका नेता जगन्नाथ आचार्य, राधेश्याम जोन्छेहरू अति खुसी भए । भक्तपुरका किसानहरूलाई दिएको दुःख, कष्ट, यातनाको खबरबाट भक्तपुरका काङ्ग्रेस कार्यकर्ताहरू प्रफुल्लित थिए । शवयात्रामा ‘नारायणमानलाई फाँसी दे’ भनी नारा लगाउनेहरूमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि थिए । भक्तपुरका काङ्ग्रेससम्बद्ध पत्रकार र साहित्यकारहरूले पनि नेमकिपाले नै षड्यन्त्र गरी हत्या गरेको आरोप लगाई लेख लेखे, अन्तर्वार्ताहरू छापेका थिए । उनीहरूले वर्गीयरूपमा किसानहरूलाई उठाई उत्तेजित गर्ने, मध्यम वर्र्गको विरुद्धमा रोहितले गतिविधि गरेको आरोपसमेत लगाएका थिए । भक्तपुरे नेपाली काङ्ग्रेस र स्थानीय मालेका कार्यकर्ताहरू गैरकानुनी सरजमिनमा प्रहरीको सहयोगमा लागे । भक्तपुरका किसान, मजदुर, कामदारवर्ग राजनीतिकरूपले सचेत भई पञ्चायतको विरुद्धमा उठ्नुभन्दा पञ्चायती राजतन्त्र नै रहिरहनु ठीक भन्ने मान्यतामा रहेको प्रस्ट थियो । तर, नेपाली काङ्गे्रसका सर्वमान्य नेता गणेशमान सिंहले न्यायको पक्षमा बोल्नुभयो । उहाँले भक्तपुर काण्ड रोहितलाई फसाउन पञ्चायती सरकारले गरेको षड्यन्त्र भएको बताउनुभयो ।
वास्तवमा पञ्चायती निरङ्कुश राजतन्त्रको अन्त्य र बहुदलीय व्यवस्था पुनः स्थापना हुनुको प्रमुख कारक नै पञ्चायती राज्यसत्ताबाट रचिएको भक्तपुर काण्ड उदाङ्ग्गो हुनु थियो । जब का. रोहितलाई फाँसीको माग गरी कार्यपालिका प्रमुख नै सडकमा उत्रिई नेमकिपाको समूल नष्ट गर्ने प्रयास पञ्चायती व्यवस्थाले ग¥यो, तब अरू पञ्चायतइतरका दलहरू सबै सचेत भए । रोहितलाई खाने बाघले भोलि हामीलाई पनि खान सक्छ भनी बुझे । रोहित समूह वा नेमकिपा समाप्त गरेपछि पञ्चायती शासकवर्गले हामी र हाम्रो दल समाप्त गर्ने षड्यन्त्र गर्नेछ भनी सचेत भए । त्यसपछि नेमकिपासहित सात वाममोर्चा गठन भयो । नेपाली काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको आवश्यकता बोध गर्नुभयो र २०४६ साल फागुन ७ गतेदेखि पञ्चायती निरङ्कुशताविरुद्ध संयुक्त आन्दोलनको घोषणा भयो ।
संयुक्त जनआन्दोलनमा नेमकिपाले काठमाडाँै उपत्यका, तराई, पहाड र हिमाली क्षेत्रका विभिन्न जिल्लाहरूमा सक्रिय सहभागिता देखायो । आन्दोलनको सुरुको दिन अर्थात् २०४६ फागुन ७ गतेको दिन काठमाडौँमा भएको जुलुुस प्रदर्शनमा अग्रपङ्क्तिमा रहेर नेमकिपाले पञ्चायतविरुद्ध सङ्घर्ष ग¥यो । आन्दोलनको दोस्रो दिन (२०४६ फागुन ८) नेपाल बन्दको दिन बजार बन्द गराउन नेमकिपाको आयोजनामा भक्तपुरको सूर्यमढीबाट जुलस निकालिएको थियो । सो जुलुसमा भक्तपुरका पञ्चहरूको इसारामा पञ्चायती प्रहरीले दोस्रो विश्व युद्धमा प्रतिबन्धित डमडम गोली प्रहार ग¥यो । प्रहरीको गोलीबाट करिब चार दर्जन घाइते भए । गोली लागेकामध्ये कृष्णराम दुवाल, हरिकृष्ण भुजू, निर्मलकुमार शाक्य, राजकुमार सुवालले शहादत प्राप्त गरे । प्रहरी दमनविरुद्ध भक्तपुरका जनता झन् बलिदानी भावनाले उत्रिएपछि सरकार पछि हट्न बाध्य भयो । प्रहरीहरू प्रहरी कार्यालयमा सीमित भए । अर्काे अर्थमा भक्तपुर प्रहरीमुक्त सहर बन्यो । भक्तपुरमा साँझ सधैँ मसाल जुलुसले बजार परिक्रमा गथ्र्यो । भक्तपुर पूरा जनताको नियन्त्रणमा थियो । केही पत्रिकाले लेखे, “भक्तपुरले काठमाडाँै र ललितपुरलाई धागो र चुरा पठायो ।” त्यसपछि काठमाडाँै, कीर्तिपुर र ललितपुरका जनता पनि उठे । देशका हिमालदेखि तराईसम्मका जनता पञ्चायती सरकारविरुद्ध उठे । फलस्वरूप २०४६ चैत २६ को दिन बहुदलको पुनः स्थापना भयो । जो आगोसँग खेल्छ, आगोमै मर्छ–जो पानीसँग खेल्छ त्यो पानीमै मर्छ’ भनेझैँ षड्यन्त्र गरी सत्ता लम्ब्याउन खोजेको निरङ्कुश पञ्चायती व्यवस्था भक्तपुर काण्डकै कारण समाप्त भयो । यसरी भक्तपुर काण्ड पञ्चायती निरङ्कुश व्यवस्था अन्त्यको कारक प्रमाणित भयो । भक्तपुर काण्डका पीडित जनता देशको हिमाल, पहाड र तराईका आन्दोलनहरूमा सक्रिय भएर आफ्ना नेता तथा कार्यकर्ता जेलमुक्त गराउने र भूमिगत रहेका कार्यकर्ताको मुक्तिको लागि आन्दोलनमा सक्रियताका साथ लागेका थिए । दुःखको कुरो, बहुदलीय व्यवस्था पुनः स्थापनाको घोषणापछि नेमकिसंका नेता कार्यकर्तालगत्तै जेल मुक्त हुनुपर्नेमा भक्तपुरका केही काङ्ग्रेस र मालेका नेता कार्यकर्ता र अन्य प्रतिगामी सोच बोकेका नेता कार्यकर्ताहरूले फेरि पनि जेलमै राख्ने प्रयास जारी राखे ।

का.रोहिलगायत नेमकिपाका नेता–कार्यकर्ताहरूलाई जाली मुद्दामा फसाई भक्तपुरमा बीस महिनासम्म पञ्चायती सामन्ती राज्यसत्ताले मच्चाएको श्वेत आतङ्कबाट खुसी हुने ‘भक्तपुरे’ पनि थिए । ओरालो लागेको मृगलाई बाछोले खेद्छ भनेझैँ सताउनेहरू पनि थिए । विशेषगरी नेपाली काङ्ग्रेसका नेता जगन्नाथ आचार्य, राधेश्याम जोन्छेहरू अति खुसी भए । भक्तपुरका किसानहरूलाई दिएको दुःख, कष्ट, यातनाको खबरबाट भक्तपुरका काङ्ग्रेस कार्यकर्ताहरू प्रफुल्लित थिए । शवयात्रामा ‘नारायणमानलाई फाँसी दे’ भनी नारा लगाउनेहरूमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि थिए ।

पार्टीगतरूपमा का.रोहितलगायत सबै नेता, कार्यकर्ता रिहा भइसकेपछि माले र नेकालाई नोक्सान हुने उनीहरूले देखे । तथापि, नेपाली काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंहलगायतले मुद्दा खारेज गर्ने र का. रोहितलगायतलाई रिहा गर्नुपर्ने अडान राख्नुभएको थियो । २०४७ वैशाख ५ गते बेलुका सबै नेता कार्यकर्ता जेलमुक्त हुनुभयो । भूमिगत जीवन बिताएकाहरू खुला भए । अहिले पनि वास्तविक कामदार जनताको प्रजातन्त्र आइसकेको छैन । तसर्थ, पुँजीपतिवर्गको राज्यसत्ताविरुद्ध सङ्घर्षलाई निरन्तरता दिन नसके जनताले सुख पाउने अवस्था आउनेछैन । पुँजीवादी सरकारले अझै पनि कामदारवर्गको पक्षमा सङ्घर्षरत नेमकिपाविरुद्ध षड्यन्त्र गर्दैन भन्न सकिन्न । हामी सचेत भएर जनतालाई राजनैतिकरूपले सचेत गर्दै पुँजीवाद र समाजवादबीचको भिन्नताबारे शिक्षित गर्दै समाजवादी आन्दोलन प्रचार अभियानलाई अगाडि लैजानु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *