नेपाल र भारतको युवा आन्दोलन : दुई दृष्टिकोण
- श्रावण १२, २०८३
२०४५ भदौ ५ गते बिहान ५ः५५ बजे उदयपुर केन्द्रबिन्दु पारेर नेपालमा शक्तिशाली भूकम्प गयो । भूकम्पले पूर्वको धरान, कटहरी र सिन्धुलीपछि काठमाडौँ उपत्यकाको भक्तपुरमा ठूलो क्षति पु¥याएको थियो । भक्तपुरमा ठूलो धनजनको क्षति भयो । २१ जनाको ज्यान जानुको साथै हजारौँ घर ध्वस्त भए । तत्कालीन भक्तपुर नगर पञ्चायतका जनप्रतिनिधि, राजनैतिक कार्यकर्ता, समाजसेवी, विद्यार्थी, युवा, मजदुर–किसान र सर्वसाधारण जनता क्षतिग्रस्त घर, बाटो, पाटी–पौवाका भग्नावशेष व्यवस्थित गर्न र पुरिएका मानिस खोज्ने काममा साथीहरूसँगै व्यस्त थियौँ। भूकम्पले तत्कालीन वडा नं ८ का साथी रमेश मुलेपतिको पुरिएर मृत्यु भएको थियो । भदौ ६ गते मलगायत चोछेँका ४–५ जना साथीहरू मृतक रमेश मुलेपतिको सुकुलढोकास्थित भग्नावशेष घरमा सुत्न गएका थियौँ । भूकम्पको त्रास मनमा बाँकी नै थियो । स–साना पराकम्पन गइरहेको थियो । झन् अमेरिकाबाट त्यही रात अझै ठूलो भूकम्प जाँदै छ भन्ने गलत सूचना प्रवाह भइरहेकोले मानिसहरू निकै त्रसित थिए ।
त्यत्तिबेला म विद्यार्थी थिएँ । अस्कल कलेजमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत थिएँ । बोर्ड परीक्षा भदौ २३ बाट सञ्चालन हुँदै थियो । भदौ ९ गते कलेजमा गएर परीक्षा प्रवेश पत्र लिएर फर्किँदै थिएँ । म फर्केको गाडीमा एक जना वकिल साथी पनि सँगै थिए । दूधपाटीमा बसबाट ओर्लेर खौमा पुग्दा तत्कालीन भूपू रापस कर्णप्रसाद ह्योजूले भूकम्पपीडितलाई राहत वितरण गर्दा धाँधली गरेको भनी नगर परिक्रमा गरिएको खबर सुन्यौँ । तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट गर्न पहिलेदेखि षड्यन्त्रको तानाबाना पञ्चायती मण्डलेहरूले बुन्दै गरेको अवस्थामा कुनै पनि उद्दार समितिमा नभएको ह्योजूलाई पक्षपातपूर्ण तरिकाबाट राहत वितरणको जिम्मा दिइएको थियो । सँगैको वकिल साथीले तत्काल बाटोमै ‘यो राम्रो लक्षण होइन, ठूलो षड्यन्त्र भयो अब बच्ने उपाय सोच्नुपर्छ’ भने । उनी र म दरबार क्षेत्रबाट छुट्टियौँ। घर आएर खाजा खाई जुलुस हेर्न निस्केँ। प्रदर्शनकारीहरू संयमित थिए । भीडबाट हुने आक्रमण रोक्न अगुवाहरूले हरसम्भव प्रयास गरेको देखिन्थ्यो । ङातापोल्हँ र अन्य क्षेत्रमा क्षमापूजा भइरहेको थियो । जनताको भावनामा कुठाराघात गरेकोले भक्तपुरवासी ह्योजूसँग क्रोधित त थिए नै । तर, सचेत जनताले जोगाउन घण्टौँ प्रयास गरे पनि नजिकैको प्रहरी प्रशासन मूकदर्शक बनिरह्यो । घरभित्र सुरक्षित पु¥याइसकेको व्यक्तिलाई फेरि पञ्चहरूले बाहिर निकाले । उत्तेजित भीड नारा र जुलुससहित अघि बढ्यो, साकोठा पुगेपछि उत्तम श्रेष्ठ र ह्योजुलाई प्रहरीले नियन्त्रणमा लियो । जुलुसका सहभागी कसैलाई गिरफ्तार गरेन ।
सामान्य पिटाइ खाएका ह्योजू र श्रेष्ठलाई समयमै अस्पताल पु¥याई उपचार नगरी राज्यले नै हत्या गरेको भनाइ सर्वत्र व्याप्त भयो ।
बिहानसम्ममा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ, रापस गोविन्द दुवाल, भक्तपुर नगरका मेयर आशाकाजी बासुकला, भूपू मेयर ज्ञानबहादुर न्याइच्यार्ईलगायत थुप्रै नेता–कार्यकर्ता पक्राउ भइसकेका थिए । नगरभरि प्रहरी दमन र आतङ्क बढ्दै थियो ।
बाजेको निधन त्यही वर्ष भएकोले सापारुमा ताहामचा र घिन्ताघिसी लग्न घरमा जोरजुलुम हुँदै थियो । गाईजात्रा भदौ १२ गते थियो । बाहिरी वातावरण कालो बादलले मडारिरहेको जस्तो सन्त्रासपूर्ण थियो । त्यस्तो अवस्थामा हामी घरमा बस्नु भनेको प्रहरीको जालमा फस्नुहुन्थ्यो । बुबाआमाले पनि सुरक्षित ठाउँ खोजेर कतै लुक्न सुझाउनुभयो । टोल–टोलमा पञ्चका सुराकीहरूको चहलपहल निकै सल्बलाएका थिए । भदौ १० गते घरमा भएका सबै रातो किताब, डायरी, पत्रपत्रिका बोरामा कोचेर सुरक्षित स्थलमा पु¥यायौँ । बेलुकी अँध्यारोमा काका र म भक्तपुरको उत्तरी भेगको आफन्तको घरमा बस्न पुग्यौँ । परीक्षा नजिकिए पनि पढ्ने जाँगर चलेको थिएन । न त परीक्षा दिन सकिने मनस्थिति नै थियो । मन भत्ीत अवस्थामा थियो । केही महिनाअगाडि एकजना शिक्षकले तिमी बाहिर गएर पढ्न तयारी भएर बस्नु भन्नुभएको थियो । एसएलसीदेखि आइएस्सीसम्मका सम्पूर्ण आवश्यक कागजात फोटोकपी गरेर लानुभएको थियो । त्यसैले मैले इन्जिनियरिङ कोर्सहरूमा आफूलाई केन्द्रित गरिरहेको थिएँ। उहाँले दशैँअगाडि नै जानुपर्ने हुनसक्छ भन्नुभएको थियो । म दिनगिन्ती गरी त्यसको प्रतीक्षा गर्दै थिएँ। बिएस्सीको परीक्षालाई भन्दा पनि बाहिर अध्ययन गर्न जान्ने विषय मेरो प्राथमिकतामा परेको थियो । तर समयले क्रमशः कोल्टो फेर्दै थियो । सबै आशा–निराशातिर डो¥याउँदै थियो ।
यता भक्तपुरका जनता एवम् पार्टीका कार्यकर्ता राज्यको षड्यन्त्रमा फसाइँदै थिए । बिहान तरकारी बेच्न जाने किसान, काठमाडौँ पाटनमा ज्याला मजदुरी गर्ने कामदार, नेमकिपालाई मत दिने शुभेच्छुक कर्मचारी सबै पञ्चको आँखाका तारो बनेका थिए, कसैलाई बाँकी राखिएन ।
सङ्गठनले नगर पञ्चायतदेखि राष्ट्रिय पञ्चायतसम्म भाग लिएर लेनिनवादी नीति अनुसरण गरी प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर जनताको सेवा गर्दै थियो । भक्तपुर नगरमा बहुदलवादीहरूको बलियो प्रभाव थियो । जनमतसङ्ग्रहको परिणाम, २०३८ सालको रापस निर्वाचन, २०३९ सालको नगर पञ्चायत निर्वाचन, २०४३ को रापसमा नेमकिपाको जीतले अन्य प्रतिबन्धित पार्टीसमेतले जनपक्षीय उम्मेदवार खडा गरी बहुदलीय व्यवस्थाको माग गर्न सुरु गरिसकेका थिए ।
बिस्तारै कानुन व्यवसायी, मानवअधिकारवादीहरू नेमकिसंका नेता–कार्यकर्तामाथि पञ्चायतले दमन गरी झूटा मुद्दामा फसाएको पीडितहरूप्रति सबैको एउटै स्वर मुखरित हुनथाल्यो । विशेष अदालतमा अन्याय–अत्याचारविरुद्ध कृष्णप्रसाद भण्डारी, वासुदेव ढुङ्गाना, कुसुम श्रेष्ठ, सिन्धुनाथ प्याकुरेल र मानवअधिकारवादी हृषिकेश शाहजस्ता प्रतिष्ठित व्यक्तिहरूको बहसले मनमा ऊर्जा थप्थ्यो । २०४६ सालको जनआन्दोलन सफल बनाउन काङ्ग्रेस र कम्युनिस्टको एकता गराउने भक्तपुर काण्डले महत्वपूर्ण भूमिका खेल्यो ।
सरकारले कक्षा ५ सम्म निःशुल्क घोषणा गरेको बेला भक्तपुर नगर पञ्चायतले एक कदम अगाडि सारेर कक्षा ७ सम्म निःशुल्क गरेको थियो । जनपक्षीय काम गरेको देखेर नेमकिसंको नीतिदेखि पञ्चायत भयभित बनिरहेको थियो । यस्तो अवस्थामा राज्यका प्रधानमन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत सम्मिलित भएर फाँसी दे नारामा उत्रिए । पक्राउ परेकाहरूलाई बिनापुर्जी राजद्रोहको मुद्दा लगाई चरम अमानवीय यातना दिएको खबर आयो । नगर पञ्चायत भङ्ग गरी नगर पञ्चायत विकास समिति गठन गरियो । युवाहरूलाई पक्राउ गर्ने, कुटपिट गर्ने, जुनसुकै बेला घरमा छापा मार्ने, महिलाहरूलाई अभद्र व्यवहार गर्ने काम भयो ।
जहाँ दमन हुन्छ त्यहाँ विद्रोह हुन्छ भनेझैँ भक्तपुरका जागरुक महिलाहरू प्रहरीको सशक्त प्रतिकारमा उत्रे । असोज १ गते बिदाको दिन षड्यन्त्रपूर्वक भएको सरजमिनको डटेर सामना गरे । टोलटोलमा राति धुनी बाली प्रहरीसँग जाइलागेर पुरुषहरूको सुरक्षार्थ पहरेदारी गरे ।
परिस्थिति खुकुलो बन्दै गएपछि हामीलाई अध्ययन गर्ने समय भयो । दिउँसो साइकल चढेर काठमाडौँका विभिन्न सञ्चारगृहहरूमा ह्योजू काण्डको भण्डाफोर गरिएको लेख र समाचार सम्पादकसमक्ष पु¥याउने हाम्रो जिम्मेवारी थियो ।
बिस्तारै कानुन व्यवसायी, मानवअधिकारवादीहरू नेमकिसंका नेता–कार्यकर्तामाथि पञ्चायतले दमन गरी झूटा मुद्दामा फसाएको पीडितहरूप्रति सबैको एउटै स्वर मुखरित हुनथाल्यो । विशेष अदालतमा अन्याय–अत्याचारविरुद्ध कृष्णप्रसाद भण्डारी, वासुदेव ढुङ्गाना, कुसुम श्रेष्ठ, सिन्धुनाथ प्याकुरेल र मानवअधिकारवादी हृषिकेश शाहजस्ता प्रतिष्ठित व्यक्तिहरूको बहसले मनमा ऊर्जा थप्थ्यो । २०४६ सालको जनआन्दोलन सफल बनाउन काङ्ग्रेस र कम्युनिस्टको एकता गराउने भक्तपुर काण्डले महत्वपूर्ण भूमिका खेल्यो ।
Leave a Reply