संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
अचेल कति महिलाहरू साउन महिना लाग्नेबित्तिकै हरियो चुरापोते सम्झन्छन् । म भने हरेक वर्ष भदौ महिना नजिक आउन थालेपछि २०४५ सालको पञ्चायती दमन सम्झन्छु । मानसपटलमा बसेका कुरा कुनै सफ्टवेयर, भाइरस या प्रोग्रामले ‘डिलेट’ गर्न नसक्ने रहेछ ¤
म सानो छँदा दिउँसो विद्यालयमा जान्थेँ र राति दिदीहरूसँगै प्रौढ कक्षामा जान्थेँ । आपूmले जानेका कुरा दिदीहरूलाई पनि सिकाउँथेँ । कक्षामा टोलका दाइहरू विभिन्न राजनीतिक कुरा सरल भाषामा बताउनुहुन्थ्यो । किसानका दुःख र धनीहरूको शोषणको कुरा त्यहाँ सुन्ने अवसर मिल्थ्यो ।
बुबा बित्नुभएकोे वर्ष दिन नपुग्दै विसं २०४५ भदौ ५ गते ठूलो भूकम्प गयो । घर भत्कियो । शोकमा अर्को असह्य पीडा थपियो । आमाको रुवाइको दैनिकी अभैm रोकिएको थिएन । एकाएक भदौ ९ गते राति ३ बजे ढोका ढकढक गरी सुतिरहेकै ठाउँमा प्रहरीहरू आइपुगे । अघिल्लो दिन दिउँसोको घटनाबारे सोधपुछ गर्नुप¥यो भनी दाइ (सुनिल प्रजापति) लाई लिएर गए । दाइ त्यसताका वडाध्यक्ष हुनुहुन्थ्यो । “सोधपुछकै लागि भए पनि राती किन जानुप¥यो ?” भनी आमाले भन्नुहुँदा “केही जरुरी प¥योे होला, छिट्टै आइहाल्छु नि” भनी प्रहरीसँगै दाइ हिँड्नुभयो । त्यो छिट्टै आउँछु भन्नुभएको दिन आउन २० महिना लाग्यो ¤ त्यस दिनलाई सम्झँदा अहिले पनि जिउ सिरिङ हुन्छ ।
आज ३१–३२ वर्षपछि केही सम्झनाका कुराहरू लेख्ने प्रयास गर्दै छु । त्यस दिन राति ३ बजे दाइ प्रहरीसँगै जानुभयो । बिहान ६ बजेतिर हामीले बल्ल थाहा पायौँ–हाम्रा धेरै किसान कार्यकर्ता दाइहरू, अध्यक्ष नारायणमान बिजुक्छेँ, तत्कालीन रापस, प्रधानपञ्च, उपप्रधानपञ्चदेखि धेरै वडाध्यक्षहरू पक्राउ पर्नुभएको रहेछ । अलि बुझेका आफन्त दाइहरूसँग वास्तविकता बुभ्mन हिँड्यौँ ।
“धेरै जनालाई गिरप्mतार गरेको भएर छिट्टै पठाउँछ, पिर नगर” भनी दाइहरूले सम्झाउनु भयो । मन केही हलुका भयोे । भाउजूको काखमा ३ महिनाको काखे बालक थियो । हाम्रो दाइमात्र हो र, धेरै पर्नुभएको छ, किन पिर गर्ने भनी आपूmले आफैँलाई सान्त्वना दियौँ । तर, दिउँसो ठूलो ¥यालीसहितको शवयात्रामा ‘…हत्यारालाई फाँसी दे ¤’ भन्ने नारा सुन्दा बल्ल थाहा भयो, त्यो त षड्यन्त्र रहेछ, जालझेल रहेछ, सोचेजस्तो साधारण कुरा होइन रहेछ ¤ परिवारमा रुवावासी सुरु भयो । परिवारको एक्लो पुरुष सदस्य गिरप्mतारीमा पर्दा बच्चाबच्चीबाहेक हामी आमा, भाउजू, दिदी र म बाँकी थियौँ । अनि हामी परिवारका सदस्यहरूको दैनिकी परिवर्तन हुनथाल्यो । दैनिक बिहान बेलुका भक्तपुर दरबार क्षेत्रको खोरमा खाना पु¥याउन जाने, दिउँसो अलि शिक्षित जानेबुझेका आफन्तकहाँ त्यस घटनाबारे बुभ्mन जाने ।
ओरालो लागेको मृगलाई बाच्छोले खेद्छ भनेभैmँ आफन्तकहाँ जाँदा पनि “अब २० वर्ष आउँदैन, ज्यान मुद्दा परिसकेको छ” भन्थे । कोही नजिकका आफन्तले भने, “त्यति धेरै सम्पत्ति एक्लो छोराको, खान नपुगेर राजनीतिमा लागेको हो ? त्यो बुद्धिकुमारको पछि लागेर पनि सुख पाउँछ ? मैले त पहिले नै भनेको यस्तो हुन्छ भनेर, अब केही उपाय छैन । अब आइमाईले सम्हाल यो सम्पत्ति ।”
जाग्राम बसेर सामाजिक भावना बलियो हुँदै थियो । दैनिक जोसँग जे छ, पकाएर ल्याउने, जसले जति सक्छ पैसा राखेर चिया पकाउने, एउटा समूहले अर्को समूहलाई खुवाउन लाने, विभिन्न खेलहरू खेल्ने, हरेक दिन एउटा टोलको आयोजनामा बत्ती बाल्न जाने भन्दै महिलाहरूको ठूलो जमघटका कार्यक्रमहरू हुनथाले । त्यसमा धेरै कममात्र पुरुष दाइहरू, काकाहरू हुन्थे । यस आन्दोलनबाट राति पक्राउ गर्न आउने काम कम भयो भने महिलाहरूमा सजगता, सतर्कता र राजनैतिक चेतना विकास भयो ।
काठमाडौँ हनुमानढोकासम्म दैनिक खाना दिन जाँदा हामीतिर हेर्दै कसैले भनेको कानमा प¥यो – “ज्यानमाराकी बहिनी, ज्यान खाएर पुगेन, खाना त खुवाउनै प¥यो ¤” त्यतिमात्र कहाँ हो र ? काठमाडौँको रत्नपार्कमा गाडीबाट झरेदेखि र फर्केर गाडीमा बस्दासम्म पनि हरेक दिन पत्रपत्रिका बेच्नेहरू पत्रिकाको शीर्षक चिच्याइ चिच्याइ भन्थे– “भक्तपुर सुनसान, हत्यारा ६७ जना पक्राउ”, “हत्यारालाई फाँसीको माग” आदि । अति गा¥हो हुन्थ्यो सुन्न ¤ तैपनि नसुनेभैmँ हिँड्थ्यौँ ।
पीडित परिवारलाई ‘भूत’ बनेर समेत तर्साउन आउने गरेको घटना अहिले सम्झँदा अपत्यारिलो लाग्छ । घरसँगैको छिमेकी केटा मान्छे आवाज ननिकाली राती पढिराख्ने ठाउँसम्म हेर्न आउँथ्यो र भाग्थ्यो । कहिले कौसीबाट ढोका खोलेर सुतिराखेको ठाउँमा हेर्न आउँथ्यो र भाग्थ्यो । त्यो ‘छिमेकी भूत’ लाई भाउजूले धेरै पटक लखेट्नुभएको थियो । हामी आप्mनै घरमा समेत असुरक्षित महसुस गथ्र्यौँ ।
मण्डलेहरूले पक्राउका निम्ति दिएको नामको मान्छे र उनीहरूको घर प्रहरीले नचिन्ने भएकोले रातिराति पञ्चेहरूले प्रहरीसँगै आएर घर देखाइदिने र उनीहरूको विरोधमा सानोभन्दा सानो काम गर्नेलाई पनि पक्राउ गर्ने, पक्राउ गर्न आउँदा खोजेको व्यक्ति नभए महिलालाई भए पनि अभद्र व्यवहार गर्ने, भ्mयालढोका तोडफोड गर्ने, बिना पुर्जी खानतलासी गर्नेजस्ता अति दुःख दिने क्रियाकलाप हुनथालेपछि भक्तपुरका सबैजसो ठाउँमा टोलछिमेका सबै मानिस रातभर जाग्राम बस्ने कार्यक्रमहरू भए । त्यो एक प्रकारको प्रतिरोध सङ्घर्ष थियो ।
जाग्राम बसेर सामाजिक भावना बलियो हुँदै थियो । दैनिक जोसँग जे छ, पकाएर ल्याउने, जसले जति सक्छ पैसा राखेर चिया पकाउने, एउटा समूहले अर्को समूहलाई खुवाउन लाने, विभिन्न खेलहरू खेल्ने, हरेक दिन एउटा टोलको आयोजनामा बत्ती बाल्न जाने भन्दै महिलाहरूको ठूलो जमघटका कार्यक्रमहरू हुनथाले । त्यसमा धेरै कममात्र पुरुष दाइहरू, काकाहरू हुन्थे । यस आन्दोलनबाट राति पक्राउ गर्न आउने काम कम भयो भने महिलाहरूमा सजगता, सतर्कता र राजनैतिक चेतना विकास भयो । सरकारको क्रूरताबारे समाजले बुभ्mन थाल्यो ।
किसानहरू एकजुट हुन थाले, जेलमा मौसमअनुसारको तरकारी लगिदिएर सहयोग गर्न थाले । मेरै परिवारको कुरा गर्नुपर्दा, खेतीपातीमा धेरै समस्या परिरहेको समय हाम्रो वडाका दुई जना दाइहरू आएर “खेत देखाई मात्र देऊ, धानको व्यवस्थापन गर्न सहयोग गर्छौं’ भन्नुभयो । नभन्दै उहाँहरूले सजिलै सघाउनुभयो । २०४६ सालको असारमा पानी नपरेर धान रोप्न नसकेको अवस्थामा उहाँ दाइ–दिदीहरू सबैले खेतमा पानी नभए तापनि धान रोप्न सघाउनुभयो । उहाँहरू किसान कार्यकर्ता हुनुहुँदोरहेछ !
त्यत्तिबेला विद्यालयमा भएको एउटा घटना पनि सम्झन्छु । वागीश्वरी विद्यालयको अफिसबाट शिक्षक तथा कक्षा कोठाबाट विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर लान थाले । पछि विद्यालयका शिक्षकहरू अनुपस्थित हुनुभयो । हेडसरदेखि विषयगत शिक्षकहरू नयाँ आउन थाले । हामी विद्यार्थीहरूले पुरानै शिक्षकको मागसहित विद्यालयदेखि सूर्यमढी, दत्तात्रयसम्म जुलुस ग¥र्यौं । शिक्षक कक्षा कोठामा पस्नेबित्तिकै हामी “पुरानै शिक्षकलाई मात्र मान्छौँ तपाईँहरूसँग पढ्दैनौँ” भनेर सबै बाहिर आयौँ । शिक्षकहरू हामीलाई सम्झाउन नसकेर लाजले १–२ दिन आउँथे पछि अर्को शिक्षक आउँथे । कोही शिक्षक त हामीलाई सम्झाउन नसकेर रोएको पनि याद छ । कक्षा ९ मा लेखा पढाउने शिक्षक नै एक वर्षमा ७ जनासम्म फेरिएको याद छ ।
विसं २०४६ को जनआन्दोलनको सफलतापश्चात् नेमकिपाका नेता तथा कार्यकर्ताहरू रिहा हुनुभएको दिन जीवनको सुखद दिन बन्यो । आज पनि हिजोका षड्यन्त्रकारी, अत्याचारी तथा दुष्टहरू सम्झँदा र देख्दा घृणा जाग्छ । तिनका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्नुपर्ने अनुभव हुन्छ । हिजोको घटना र सङ्घर्ष सम्झँदा एक शिक्षिकाको नाताले थप जिम्मेवार भएर लाग्न मन बलियो बनाउने गरेको छु ।
पीडित परिवारलाई ‘भूत’ बनेर समेत तर्साउन आउने गरेको घटना अहिले सम्झँदा अपत्यारिलो लाग्छ । घरसँगैको छिमेकी केटा मान्छे आवाज ननिकाली राती पढिराख्ने ठाउँसम्म हेर्न आउँथ्यो र भाग्थ्यो । कहिले कौसीबाट ढोका खोलेर सुतिराखेको ठाउँमा हेर्न आउँथ्यो र भाग्थ्यो । त्यो ‘छिमेकी भूत’ लाई भाउजूले धेरै पटक लखेट्नुभएको थियो । हामी आप्mनै घरमा समेत असुरक्षित महसुस गथ्र्यौँ ।