राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
पञ्चायती व्यवस्थामा निरङ्कुश शासन थियो । जनताको बोल्ने मौलिक हक–अधिकारसमेत थिएन । पञ्चायती पृष्ठपोषकहरूले जे गरे पनि हुने र तिनीहरूको विरोध गरे कडा परिणाम भोग्नुपर्ने अवस्था थियो । तर, पनि भक्तपुरका प्रजातन्त्रप्रेमी, न्यायप्रेमी र समानताका लागि सङ्घर्षरत जनता समाजमा भएका शोषण ,अन्याय र अत्याचारविरुद्ध लड्न र भ्रष्टाचारीविरुद्ध कारबाही गर्न कहिल्यै पछाडि परेनन् । भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, किसानहरूको लागि नभई नहुने रासायनिक मलको अभाव पूरा गर्न भएका आन्दोलन र भ्रष्टाचारविरुद्धको आन्दोलनले देशका अन्य क्षेत्रका जनतालाई समेत प्रभाव पारेको थियो । भक्तपुरका किसानहरूका यस्ता आन्दोलन शोषक सामन्तहरूको लागि टाउको दुखाइ बनेको थियो भने सरकारको आँखाको धुलो समान थियो ।
न्याय र समानताका लागि लडिरहेका जनतालाई मृत्यु र यातना ठूलो कुरो नभएको मुिक्तका लागि सङ्घर्ष गरिरहेका मुलुकको इतिहासबाट थाहा हुन्छ । धाँधलीपूर्ण जनमतसङ्ग्रहमा जीतको अहम्ले सुधारिएको पञ्चायती व्यवस्था फेरि निर्दलीय तानाशाहीको रूपमा देखिन थाल्यो । जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ भनेझैँ पञ्चायती निरङ्कुशताको विरुद्ध जनताले जेलनेलको पर्वाह गरेनन् । प्रजातन्त्र पुनःस्थापनाको लागि हरेक सङ्घर्षलाई उपयोग गर्ने सिद्धान्तअनुसार नेमकिपाले संसदीय चुनावलाई पनि उपयोग ग¥योे ।
बोडे भक्तपुर नगरबाट नजिकको पुरानो सहर हो । बोडेका न्यायप्रेमी जनता पनि भक्तपुरका न्यायप्रेमी र समानताका लागि लडिरहेका जनताको न्यायपूर्ण सङ्घर्ष र क्रान्तिकारी भावनाबाट प्रभावित थिए । बोडेका जनता क्रान्तिकारी सिद्धान्त र विचारबाट टाढा रहन सकेनन् । उनीहरू पनि क्रान्तिकारी विचार र सिद्धान्त आत्मसात गर्न तयार भए । ती युवाहरू बोडेका जनताका आँखाका नानी भएर निस्के । बाटोघाटो बनाउनेदेखि शिक्षामा अग्रसर भएर विद्यालय र पुस्तकालयहरू खोल्ने काम भए । मानवीय जीवनमा खान लाउनु मात्र होइन, मनमा लागेको बोल्न पाउनु मानिसको अधिकारभित्र पर्दछ । यही विचार बोकेका युवाहरूको अगुवाइमा बोडेमा राजनैतिक र मौलिक हक अधिकारका लागि पञ्चायती निरङ्कुशताको विरोधमा पर्चा–पम्पलेट छर्ने काम हुन थाले । कुनै बेला नारायणमान बिजुक्छें भूमिगत बसेको कुरा अहिले पनि बोडेका जनता सम्झन्छन् । उहाँको मिलनसार व्यवहार र सिद्धान्तबाट प्रभावित भएर कतिपय वृद्धवृद्धाहरू अझ पनि नेमकिपाको सिद्धान्तमा अडिग छन् ।
न्याय र समानताका लागि लडिरहेका जनतालाई मृत्यु र यातना ठूलो कुरो नभएको मुिक्तका लागि सङ्घर्ष गरिरहेका मुलुकको इतिहासबाट थाहा हुन्छ । धाँधलीपूर्ण जनमतसङ्ग्रहमा जीतको अहम्ले सुधारिएको पञ्चायती व्यवस्था फेरि निर्दलीय तानाशाहीको रूपमा देखिन थाल्यो । जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ भनेझैँ पञ्चायती निरङ्कुशताको विरुद्ध जनताले जेलनेलको पर्वाह गरेनन् । प्रजातन्त्र पुनःस्थापनाको लागि हरेक सङ्घर्षलाई उपयोग गर्ने सिद्धान्तअनुसार नेमकिपाले संसदीय चुनावलाई पनि उपयोग ग¥योे ।
चाणक्य नीतिमा सामदाम र दण्डभेद नीतिबारे उल्लेख छ । त्यही नीतिअनुसार शासक वर्गले सङ्घर्षरत जनतालाई राजनीतिबाट विचलित पार्न सामदाम र दण्डभेद नीति अपनाउने गर्छ । कर्ण ह्योजु सांसद भएपछि विश्वासघातीको रूपमा देखिए । उनले भक्तपुरका जनतालाई मात्र सर्प भएर दस्न खोजेनन्, नेमकिपाको जहाँ–जहाँ सङ्गठन छ, त्यहाँ–त्यहाँ भत्काउन बिगार्न बाँकी राखेनन् । त्यसबाट बोडे पनि अछुतो रहेन । सांसद भएको केही वर्षमै ह्योजुले बोडेका साथीहरूलाई जग्गा किन्न, डेरी खोल्न र स्कूलमा लगानी गर्न उक्साएर पुराना कार्यकर्तालाई भ्रष्ट बनाइसकेका थिए । संसदीय चुनावमा समेत बोडेबाटै उम्मेदवार उठाउने काम उनले गरे ।
बोडेका युवाहरूको लागि उक्त संसदीय चुनाव एक चुनौती बन्यो । मानिसको कठिन अवस्थामा नै परीक्षा हुने गर्छ । क्रान्तिकारीहरू कुनै पनि कठिन अवस्थाबाट डराउदैनन् भनेर क्रान्तिबारे देश–विदेशको इतिहासबाट सिकेको पाठ सिद्धान्त र विचारलाई छोड्न नसकेका बोडेका युवाहरूले त्यतिबेला सम्झे ।
संसदीय चुनावमा बोडेबाट उठेका लोभी र अवसरवादी उम्मेदवार बोडेका एक शिक्षक थिए । स्थानीय उम्मेदवार भएको नाताले पनि स्थानीय मत केही बढी उसलाई जानसक्थ्यो । त्यो बोडेका युवाहरूको लागि चुनौतीपूर्ण थियो । तर, कोही डगमगाएनन् ।
व्यवहार, इमान, नैतिकता र विश्वास नै मानिसको परिचय हो । मानिस जतिसुकै विद्वान् र धनी भए पनि नैतिकताहीन, बेइमान र अवसरवादीहरूलाई समाजले विश्वासघातीहरूको रूपमा लिने गर्दछ । सिद्धान्तच्युत हुनेहरू अवसरवादी र विश्वासघातीको रूपमा चिनिएका हुन्छन् । त्यस उम्मेदवारलाई बोडेका सचेत जनताले अवसरवादीको रूपमा चिनिसकेका थिए यसको कारण उनले लज्जास्पद हार भोग्नुप¥यो ।
घाइते बाघ बढी आक्रामक हुन्छ भनेझैँ उनको पराजयको रिस भक्तपुर काण्डको बेलामा देखियो । बोडेका युवाहरूलाई जेलनेलको धम्की दिएर तर्साउनेमात्र गरिएन, भदौ १४ गते मध्यरातमा बोडेको नीलबाराही गणनाच चलिरहेको अवस्थामा भक्तपुरका डीएसपी अर्जुनजङ्ग शाहीको नेतृत्वमा तीस चालीस जनाको सशस्त्र दफाले घेरा हाले ती सशस्त्र फौज देखेर सयौँ दर्शकहरू भागेका थिए । प्रहरीको गिरफ्तारीबाट जोगिने क्रममा साथीहरू रातारात कोही जोरपाटी ,बौद्ध, चावहिल, कोही काठमाडौँ पुगेका थिए भने कोही मूलपानी पुगेका थिए । उम्मेदवारकै इसारामा भक्तपुरका नेताहरू लुक्न आएको हुनसक्ने निहुँ गरी स्थानीय युवाहरूलाई दबाउन र तर्साउन आएको हल्ला त्यतिबेला नै चलेको थियो । त्यो सशस्त्र दफाले बोडेका रामसुन्दर भन्ने साथीको घरलाई चारैतर्फ घेरा हाली घरमा खानतलासी गरेका थिए । त्यहाँ कसैलाई भेटाउन नसकेपछि साथीहरूको घरघरमा गई चेतावनी दिएका थिए र गिद्देदृष्टि लगाएर फर्केको प्रत्यक्षदर्शीहरूले पछि सुनाए ।
साथीहरू घरमा बस्न सक्ने अवस्था थिएन । भक्तपुरका सयौँ साथीहरू पक्राउ परेका थिए । घरघरमा खानतलासीको क्रम जारी थियो । युवाहरू देख्यो कि प्रहरीले बिनाकारण गिरफ्तार गर्थे । धेरै युवा प्रहरीको कोपभाजनबाट जोगिन भूमिगत भएको हुँदा सडकमा युवाहरु शून्यसरि भए । म पनि काठमाडौँका एक आफन्तको घरमा बसी अफिस गइरहेको थिएँ । त्यत्तिबेला म जागिरे थिएँ । मेरै शाखाका हाकिमले मेरो अवस्था थाहा पाइसकेका थिए । उनले मलाई सोधे, “निडरजी ¤ तपार्इँलाई यहाँ अप्ठेरो छ । यहाँ नबस्नुस् । कतै चिलिङ सेन्टरतिर जानु हुन्छ भने म भनिदिउँला ?” उहाँको सद्भाव देखेर मैले सोधेँ, “कहाँ जाऊँ त सर ?”
“लैनचौर आयोजनाअन्तर्गतको ढिकुरेमा चि.से. खोल्ने कार्यक्रम छ । त्यही जानुस् । म कुरा मिलाउँछु”,हाकिमले मलाई आश्वस्त पारे ।
“हुन्छ सर ” खुसी भएर भनेँ ।
ढिकुरे चि.से.मा बसेको डेढ महिनापछि आमा बिरामी भएको खबर सुनेर म घर फर्कें, जे पर्ला बेहोरुँला भन्ने आँट बोकेर । म अबेर राति घर पुगेँ । बोडे पुग्दा बेलुका नौ बजिसकेको थियो । मेरो गाडी पुलिसहरूको गाडी जस्तो लागेर टोलमा बाहिर बसिरहेका मानिसहरू पुलिस आयो भनेर सबै घरघर गए । पछि कता–कताबाट म आएको थाहा पाएपछि एकजना बुढीआमा सुटुक्क हामीकहाँआएर भन्नुभयो “तिमी यहाँ नबस । तिमी आएको थाहा पाइसके । मैले उनीहरू कुरा गरिरहेको सुनेँ ।” बुढीआमाको कुरा सुनेपछि मेरी आमा र जीवनसङ्गिनीले मलाई घरमा नबस्न सल्लाह दिए । म एक जना छिमेकीको घरमा पुगेँ । त्यहाँ म सुरक्षित त थिएँ तर रातभर सुत्न सकिनँ । कोही नभएको घरमा पुरानो सुकुल ओछयाएर सुतें । रातभर लामखुट्टे, उडुस र उपियाँले सुत्नै सकिनँ । बिहान सबेरै आमा आएर भन्नुभयो, “बाबु ¤ तिमी जाऊ यहाँ नबस । मलाई केही भएको छैन । तिमीहरूकै पीरले गलेको मात्र हुँ ।” आमाको सल्लाह मैले नकार्न सकिनँ । भारी मन लिएर म काठमाडाँै फर्कें ।
भक्तपुर काण्डमा धेरै साथीहरूले दुःख पाए । त्यतिबेलादेखि प्रत्येक वर्षको भदौ ९ मा दुःखका दिनहरू सिनेमाका दृश्यहरूजस्तै सम्झना हुन्छ । प्रजातन्त्रविरोधी र भ्रष्टाचारका ठेकेदारहरूको षड्यन्त्रका कारण निर्दोष जनताले धेरै दुःख पाए । भ्रष्ट र जनद्रोहीहरूले भए नभएको कुरा लगाई, सोझा र सीधा जनतालाई घरघरमा गई तर्साउँदै पैसा असुलेका थिए । त्यही पैसाले काठमाडौँमा पञ्चहरूले घर बनाएका थिए । जनताले आजसम्म त्यस षड्यन्त्र र अत्याचारलाई बिर्सेका छैनन् । ती प्रजातन्त्रविरोधीहरू आज शासक दलका सक्रिय कार्यकर्ता छन् । आज तिनीहरू ठेकेदार, गिटी–बालुवा र घर जग्गाका दलाल छन् । केही जनप्रतिनिधि भई टोपलेका छन् ।
Leave a Reply