भर्खरै :

देश र जनताको सेवा गर्ने पार्टीविरुद्ध षड्यन्त्र ः भक्तपुर काण्ड

पञ्चायती सरकारको राज्यस्तरको षड्यन्त्रद्वारा २०४५ साल भाद्र ९ गते नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताविरुद्ध झूटा ज्यान मुद्दा लगाइएको थियो । नेपाली कामदारवर्ग यस घटनालाई भक्तपुर काण्ड’ बाट चिन्छन् ।
पञ्चायती सरकारले कणर् ह्योजूलाई बलिको बोका बनाई पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत ६७ जना नेता र कार्यकर्ताहरूलाई ज्यान मुद्दा लगाएको थियो । देशभरिका पार्टी कार्यकर्ताहरूसँगै भक्तपुरका जनतामा राज्य आतङ्क मच्चाएको थियो । यसकारण, देशभरिका कामदारवर्ग २०४५ साल भाद्र ९ गतेको दिनलाई नेमकिपाविरुद्ध पञ्चायती राज्यस्तरको कालो दिन भनी विरोध एवम् भत्र्सना गर्छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेँको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरूले पञ्चायती निर्वाचनको क्रान्तिकारी उपयोग गर्दै आएका थिए । पञ्चायती निकायमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूको निर्वाचन र सेवा निर्दलीय पञ्चायती सरकारको निम्ति हाँक थियो ।
पार्टीले पञ्चायती पदाधिकारीहरूको भ्रष्टाचारको विरोधमा सङ्घर्ष पनि चलाएको थियो । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने पार्टीका कार्यकर्ताहरूको संस्कार भ्रष्ट पञ्चहरूको लागि अर्को हाँक भयो ।
भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध पार्टीको अर्को महत्वपूणर् कदम थियो । नेपालको भूमि सुस्तामाथि भारतीय हस्तक्षेपको विरोधमा पार्टीले २०२५ मंसिर २२ गते जुलुस गरेको थियो ।

ह्योजूले वास्तविक भूकम्प पीडितलाई कूपन वितरण गरेनन् । कूपन वितरणमा धाँधली गरेका ह्योजूलाई भूकम्प पीडितहरूले पक्षपात नगर्न आग्रह गरे । त्यही स्थितिमा पञ्चायती मण्डलेहरूले नै ह्योजूलाई जनताको भीडमा पुर्‍याए र कुटपिट गरे । संयोगले त्यो भीडमा पुगेका पार्टीका केही कार्यकर्ताहरूले ह्योजूलाई बचाउने प्रयास गरे तर मण्डलेहरूले छोडेनन् । पञ्चायती सरकारको पूर्वनियोजित योजनाअनुसार नै ह्योजूलाई ॅबलिको बोका’ बनाइयो । कूपन वितरण र भीडमा पञ्चायती मण्डलेहरूको घुसपैठबारे जानकारी नभएका पार्टीका नेता र कार्यकर्ताहरूलाई रातारात पक्राउ गरी झूटा ज्यान मुद्दा चलाइयो । जाली फटाहाहरूको पोलमा पञ्चायती प्रहरीले घर तोडफोड गरी भक्तपुरलाई युद्धभूमिजस्तो बनायो ।

सन् १९६२ मा अमेरिकी साम्राज्यवादको उक्साहटमा भारतको चीन युद्धलाई पार्टीले विरोध गर्‍यो भने भियतनाममाथि अमेरिकी आक्रमण र सिक्किममाथि भारतीय अतिक्रमणको पनि पार्टीले विरोध गर्‍यो ।
पार्टीले नेपाली जोताहा किसानहरूको पक्षमा मोहियानी हक र बाली काट्ने आन्दोलन पनि अगाडि बढाएको थियो ।
नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताहरूको इमानदारीपूर्वक देश र जनताको सेवा देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूको निम्ति हाँक थियो । २०४५ साल भदौ ५ गते गएको विनाशकारी भूकम्पलाई पञ्चायती सरकारले नेमकिपाविरुद्ध दमन गर्ने निहुँ बनायो । नेमकिपाको उम्मेदवार भई तत्कालीन भक्तपुर नगरपञ्चायत र राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूलाई सुइँको नै नदिई पञ्चायती सरकारले जनताबाट तिरष्कृत ह्योजूलाई भूकम्प पीडितलाई दिइने खाद्यान्नको कूपन वितरण गर्न पठायो ।
ह्योजूले वास्तविक भूकम्प पीडितलाई कूपन वितरण गरेनन् । कूपन वितरणमा धाँधली गरेका ह्योजूलाई भूकम्प पीडितहरूले पक्षपात नगर्न आग्रह गरे । त्यही स्थितिमा पञ्चायती मण्डलेहरूले नै ह्योजूलाई जनताको भीडमा पुर्‍याए र कुटपिट गरे । संयोगले त्यो भीडमा पुगेका पार्टीका केही कार्यकर्ताहरूले ह्योजूलाई बचाउने प्रयास गरे तर मण्डलेहरूले छोडेनन् । पञ्चायती सरकारको पूर्वनियोजित योजनाअनुसार नै ह्योजूलाई ॅबलिको बोका’ बनाइयो । कूपन वितरण र भीडमा पञ्चायती मण्डलेहरूको घुसपैठबारे जानकारी नभएका पार्टीका नेता र कार्यकर्ताहरूलाई रातारात पक्राउ गरी झूटा ज्यान मुद्दा चलाइयो । जाली फटाहाहरूको पोलमा पञ्चायती प्रहरीले घर तोडफोड गरी भक्तपुरलाई युद्धभूमिजस्तो बनायो ।
नेमकिपाको देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने राजनीतिविरोधी जाली फटाहाहरूले पञ्चायती सरकारलाई साथ दिए । पञ्चायती दमनलाई मलजल गर्न जाली फटाहाहरूले नेमकिपाका नेता कार्यकर्ताहरूको घर देखाई पक्राउ गराए र घर तोडफोड गर्न लगाए । त्यस्ता जाली फटाहाहरू अहिले पालैपालो सरकारमा गएका पार्टीमा घुसेका छन् । राजनीतिलाई ठगी खाने उपाय बनाएका ती जाली फटाहाहरू अहिले सरकारी पार्टीको तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहको चुनावमा उम्मेदवार हुने र कुम्ल्याउनेतर्फ लाग्दै छन् । ॅसंसारकै काग कालो’ भएजस्तै सरकारी पार्टीमा लागेका ती जाली फटाहाकै कारण अहिले सिंहदरबार, बालुवाटार, शितल निवास ठगहरूको घेरामा परेको व्यापक चर्चा छ ।
भक्तपुरका महिलाहरूले रातभरि जाग्राम बसेर पञ्चायती राज्यस्तरको दमनको प्रतिरोध गरे । नेपालका ख्यातिप्राप्त कानुनविद्हरू हृषिकेश शाह, वासुदेव ढुङ्गाना, कृष्णप्रसाद भण्डारी, सिन्धुनाथ प्याकुरेल, मुकुन्द रेग्मी, बालमुकुन्द श्रेष्ठलगायत दर्जनौँले पञ्चायती राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्डको विरोधमा अदालतमा बहस गर्नुभयो ।
विद्वान एवम् कानुनविद् हृषिकेश शाहले आफ्नो बहसमा “न्यायाधीशहरू सिंहासनको सिंह हुन नहुने बरु न्यायाधीशहरू राजा र जनताबीचको खेलमा निणर्ायक हुनुपर्ने” बताउनुभएको थियो । नेपाली उखान छ, ॅआफूलाई खाने बाघले अरूलाई पनि खानेछ’ । यो काण्डले पञ्चायतविरोधी पार्टीका नेताहरूलाई कार्यगत एकता गर्ने वातावरण तयार गर्‍यो । २०४६ साल फागुन ७ गतेबाट जनआन्दोलन सुरु भयो । पञ्चायती सरकारले फागुन ८ गते भक्तपुरको शान्तिपूणर् जुलुसमा दोस्रो विश्वयुद्धमा प्रतिबन्धित डमडम गोली प्रहार गर्‍यो र भक्तपुरका युवा-विद्यार्थी राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मलकुमार शाक्य र हरिकृष्ण भुजु शहादत हुनुभयो । तत्पश्चात् जनआन्दोलन देशभरि फैलियो । जनआन्दोलनले २०४६ चैत २६ गते पञ्चायती व्यवस्था विघटनमा पुर्‍यायो र बहुदलीय व्यवस्था पुनः स्थापना गरायो । २०४७ साल चैत ५ गते तत्कालीन सरकारबाट पञ्चायती राज्यस्तरको षड्यन्त्रद्वारा सिर्जित भक्तपुर काण्डको झूटा मुद्दा फिर्ता भयो । बीस महिनापछि पार्टीका नेता कार्यकर्ताहरू जेल र भूमिगत जीवनबाट मुक्त हुनुभयो । उहाँहरू देश र जनताको सेवामा पुनः लाग्नुभयो ।
भक्तपुर काण्ड रचेर निर्दोष नेता र कार्यकर्ताहरूलाई पक्राउ गराउने, मानसिक तनाव दिने, डर त्रास देखाउने जाली फटाहाहरूसँग पार्टीका कतिपय कार्यकर्ताहरू अहिले पनि आक्रोशित हुनुहुन्छ । निर्दोषहरूविरुद्ध झूटा ज्यान मुद्दा खडा गर्ने, प्रहरीद्वारा पक्राउ गराउने, प्रहरी घेरामा सर्जमिन गराउने, आरोपीलाई प्रहरी कार्यालयमा अमानवीय व्यवहार, देशभरिका पार्टी कार्यकर्ताहरूलाई त्रास देखाउने दृश्यहरू सम्झँदा जो कोहीको हृदयमा आगो बल्नु स्वाभाविक हो ।
पार्टीले ती जाली फटाहाहरूविरुद्ध प्रतिशोधको नीति लिएन । ॅजो पानीसँग खेल्छ पानीमै मर्छ, जो आगोसँग खेल्छ आगोमै मर्छ’ भनेजस्तै जाली फटाहाहरू सरकारी पार्टीको संरक्षणमा बसेपनि राम्रोसँग निदाउनसक्ने छैनन्, अपराधबोधले आरामसँग मर्न पनि सक्ने छैनन् ।
पञ्चायतविरुद्ध तीस वर्ष सङ्घर्ष गरेका पार्टीहरू अहिले पालैपालो सरकारमा छन् । तर, भ्रष्टाचार र कमिसन यथावत् छ । कर्पोरेट र कालोबजारीहरू सरकारी पार्टीका उम्मेदवार भए । कोभिड-१९ सङ्क्रमण रोकथामका लागि खरिद गरिएका औषधी र स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको समाचार व्याप्त छ । कुल बेरुजु ६ खर्ब ६४ अर्ब पुग्यो । वैदेशिक ऋण १३ खर्ब नाघ्यो । प्रत्येक नेपालीको टाउकोमा ४२ हजार ऋण पुग्यो ।
नेपाली काङ्ग्रेसको सरकारले गरेका गलत काम एमाले र माओवादी अर्थात् नेकपाको सरकारले दोहोर्‍याउँदै छ । कम्युनिस्ट दावी गरेको नेकपा अहिले हरियो घाँसभित्र लुकेको सर्प अर्थात् रातो झन्डा खसाल्न रातो झन्डा उठाएको पार्टी साबित भएको छ ।
भारतको खुला सीमा र वैदेशिक रोजगारी नै नेपालमा कोभिड-१९ सङ्क्रमणको कारण भएको छ । अमेरिका, ब्राजिल, भारतजस्ता पुँजीवादी देशमा कोभिड-१९ सङ्क्रमण बढ्दो छ । विश्वमा कोभिड-१९ सङ्क्रमणको कारण प्रत्येक १५ सेकेन्डमा एकजना मानिसको मृत्यु भइरहेको भयावह स्थिति छ । यो सङ्क्रमणबाट संसारमा गरिबहरू नै बढी मर्दै छन् ।
नेपाल मजदुर किसान पार्टीले कोभिड-१९ सङ्क्रमण रोकथाम गर्न चीन, प्रजग कोरिया र क्युवाबाट शिक्षा लिनुपर्नेबारे सरकारलाई सुझाव दिएको थियो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको प्रभावमा परेको नेकपाको सरकारलाई पनि नेमकिपाको सुझाव मान्य भएन । यसरी नेमकिपाविरुद्ध प्रतिक्रियावादीहरूको वक्रदृष्टि अहिले पनि छ । यसकारण, सम्पूणर् कामदारवर्ग अहिले पनि सचेत हुनु आवश्यक छ ।
२०७७ भदौ ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *