भर्खरै :

स्वास्थ्यकर्मीमाथिको अपमान

“अस्पतालमा बेड, भेन्टिलेटर पाइएन भने आ-आफ्नो नेता-सांसद-मन्त्री र मुख्यमन्त्रीको घरमा प्रदर्शन गर्न जानुहोला ! डाक्टर, नर्स र अस्पतालका कर्मचारीसँग झगडा नगर्नुहोला किनभने तपाईँले नेता रोज्नुभएको हो डाक्टर/नर्स होइन !”
यो भनाइ हिजोआज सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीले मात्र नभई सर्वसाधारणले पनि बढी सेयर गरेको पोस्ट हो । यो भनाइले जनता नेपालको राजनीति र राजनीतिक व्यक्तिहरूसँग निकै वितृषित भएको देखिन्छ । नहुनु पनि कसरी जुन सरकार आएपनि भ्रष्टाचार र अनियमितता यथावत् नै छ, अझ बढ्दो छ ।
कोभिड-१९ अहिले विश्वभरि महामारीको रूपमा फैलिएको यो अवस्थामा स्वास्थ्यकर्मी रसुरक्षाकर्मीले महत्वपूणर् भूमिका खेलेका छन् । अन्य मुलुकमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उँचो पार्न विभिन्न सम्मान तथा अन्य गतिविधि गरिरहेको यो अवस्थामा नेपाली समाजमा भने फरक गतिविधि भएको पाइन्छ । भर्खरै मात्र बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा सङ्क्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारीहरूको लागि व्यवस्था गरिएको कवारेन्टिन स्थल (होस्टेल) मा स्थानीयद्वारा गरिएको विरोध र घेराउलाई लिएर विभिन्न पक्षले विरोध जनाए । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अग्रमोर्चामा रहेर यो महामारीसँग लडिरहेको समयमा स्वास्थ्यकर्मीलाई घरका अरू सदस्यले हेला गर्ने, घरभेटीले घर निकाला गर्ने, परिवारबाटै अस्पतालको जागीर छोड भनेर मानसिक तनाव दिने, समाजबाट हेलाहोचो गर्ने गतिविधिहरू बन्द गरिनुपर्छ ।

“अस्पतालमा बेड, भेन्टिलेटर पाइएन भने आ-आफ्नो नेता-सांसद-मन्त्री र मुख्यमन्त्रीको घरमा प्रदर्शन गर्न जानुहोला ! डाक्टर, नर्स र अस्पतालका कर्मचारीसँग झगडा नगर्नुहोला किनभने तपाईँले नेता रोज्नुभएको हो डाक्टर/नर्स होइन !”

केही दिन अगाडिको एउटा घटना जोड्न चाहन्छु । हामीसँगै काम गर्ने एकजना साथीलाई कोभिड-१९ पोजिटिभ देखियो । तत्काल उनी आफै अस्पतालको आइसोलेसन वार्डमा भर्ना भए । उनी अस्पताल भर्ना भएको २ दिन पछाडि उनको घरमा केही सुरक्षाकर्मी र स्थानीय गएर कोरोना सङ्क्रमितको घर भनेर ब्यानर र पम्प्लेटहरू टाँसे । यो घटनाले अस्पतालमा भर्ना भएका बिरामीलाई रोगको भन्दा पनि सामाजिक बहिष्कारको चिन्ताले बढी कमजोर बनाइरहेको छ ।
स्वास्थ्यकर्मीद्वारा सङ्क्रमण हुन नदिन उच्च सतर्कता
अहिले हामी स्वास्थ्यकर्मीहरू अस्पतालबाट घर जाँदा आफू र आफ्नो परिवारमा सङ्क्रमण पुग्न नदिन उच्च सतर्कता अपनाइरहेका छौँ । समूह-समूह बनाएर पालो-पालो ड्यूटी गर्ने गरेका छौँ । जसले गर्दा कुनै सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी त्यही बिरामी र बिरामीको समूहसँग मात्र सम्पर्कमा रहने गर्छ । यसो गर्दा पहिलो कुरा त सबै स्वास्थ्यकर्मीहरू सङ्क्रमित बिरामीको प्रत्यक्ष सेवामा नखटिने भएपछि एकैचोटि धेरै स्वास्थ्यकर्मी सङ्क्रमित हुने सम्भावना कम हुने भयो । दोस्रो कुरा, अर्को असङ्क्रमित समूहको बिरामीको सेवामा नयाँ समूहका स्वास्थ्यकर्मीहरू खटिने गरिएको छ । यसले गर्दा असङ्क्रमित बिरामीमा स्वास्थ्यकर्मीबाट सङ्क्रमणको जोखिम हुँदैन ।

उपत्यकामा रहेको सरुवा रोग केन्द्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत वर्ष माघदेखि कोरोनाका बिरामीको उपचार सुरु भएको थियो । तर, हालसम्म त्यस अस्पतालमा उपचारमा खटिएका कुनै पनि स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छैन । उक्त केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्नो परिवारमा कोरोनाको सङ्क्रमण गराएका छैनन् । त्यसकारण, स्वास्थ्यकर्मीहरूले उच्च सतर्कता अपनाए परिवारमा अस्पतालबाट सङ्क्रमण पुग्दैन भन्ने कुरा प्रस्ट हुन्छ ।

त्यस्तै गरी हामी प्रत्येक दिन अस्पतालको सङ्क्रमणको जोखिम न्यून गर्न अस्पतालमा लगाएका सम्पूणर् लुगा फेरेर नुहाएरमात्र घर फर्कन्छौँ । आफूले अस्पतालमा प्रयोग गरेका साँचो, मोबाइलजस्ता सामानहरूलाई स्पिरिटले राम्ररी पुछेर मात्र घरमा लिएर जान्छौँ । यति गरेर पनि हामी घर पुगेपछि साबुनपानीले हातखुट्टा धोएरमात्र माथि जान्छौँ । यो स्वास्थ्यकर्मीले समुदाय र परिवारमा सङ्क्रमणको जोखिम कम गर्न गर्ने केही उपायहरू भए । यति गर्दागर्दै पनि कति समय हामी सङ्क्रमित बिरामी वा सङ्क्रमितको शङ्का लागेका बिरामीको सम्पर्कमा रहँदा परिवारमा अलग्ग बस्न नसकिने (छुट्टै कोठा, भान्छा र शौचालय) अवस्था हुँदा केही दिन (आफ्नो वा बिरामीको पीसीआर रिपोर्ट नआउन्जेल) अस्पतालको निर्धारित क्वारेन्टिनमा नै बस्छौँ । यी सबै स्वास्थ्यकर्मीले अहिले देश, समाज र परिवारको निम्ति गरेको ठूलो योगदान हो । यसलाई सम्बन्धित क्षेत्रले उच्च मूल्याङ्कन गर्नैपर्छ ।
उपत्यकामा रहेको सरुवा रोग केन्द्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत वर्ष माघदेखि कोरोनाका बिरामीको उपचार सुरु भएको थियो । तर, हालसम्म त्यस अस्पतालमा उपचारमा खटिएका कुनै पनि स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छैन । उक्त केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्नो परिवारमा कोरोनाको सङ्क्रमण गराएका छैनन् । त्यसकारण, स्वास्थ्यकर्मीहरूले उच्च सतर्कता अपनाए परिवारमा अस्पतालबाट सङ्क्रमण पुग्दैन भन्ने कुरा प्रस्ट हुन्छ ।
प्रत्येक अस्पतालमा कोरोनाको उपचार अदूरदर्शी निणर्य
अहिले कतिपय अन्य निजी तथा सरकारी अस्पतालमा कोरोनाको उपचार भइरहेको छ । सरकारले २० प्रतिशत अस्पतालको शैया कोरोना बिरामीको लागि छुट्टयाउनुपर्ने प्रावधान ल्याएको छ । विज्ञहरूसँग छलफल नै नगरी यस्तो नियम बनाएर सरकारले कोरोना बिरामीलाई प्राथमिकतामा राख्न खोजेको छ तर यसको कारण अन्य रोगबाट पीडित बिरामीले सेवाबाट वञ्चित हुनपरेको यथार्थ बुझ्न सकेन । दीर्घरोगीहरू जस्तै ः क्यान्सर, मिर्गौला, मुटु, मधुमेह, दम तथा अन्य समस्याबाट पीडित बिरामीहरू अहिले कोरोनाको डरले अस्पताल जान सकिरहेका छैनन् । आफ्नो नियमित खाने औषधीको अभावमा कतिले अकालमा ज्यान गुमाउन परेको छ । क्यान्सरका रोगीहरूले नियमित लगाउनुपर्ने केमोथेरापीका औषधीहरू नपाएर रोग बल्झेको गुनासो क्यान्सरविज्ञ चिकित्सकहरूको छ । मिर्गौला रोगीहरू पीसीआरको रिपोर्ट कुर्दाकुर्दा डायलाइसिस गर्न नपाएर मृत्युको मुखमा पुगेको समाचार हामीमाझ ताजा नै छ । त्यसैले अहिले अदूरदर्शी र बिनातयारी प्रत्येक अस्पतालमा कोरोनाको उपचारको लागि २० प्रतिशत शय्या छुट्टयाउनुपर्ने नियमलाई सरकारले तत्काल फिर्ता लिएर जिल्ला-जिल्लामा कोभिड डेडिकेटेड अस्पतालको व्यवस्था गर्नुपर्छ । यसले गर्दा कोरोनाको उपचार र आवश्यक सामग्रीहरू जस्तै ः भेन्टिलेटर, मोनिटरहरूको व्यवस्थापनमा सहज हुन्छ । अर्को, अन्य समस्याका रोगीहरूले अन्य अस्पतालबाट सजिलै स्वास्थ्य सुविधा उपभोग गर्न सक्छन् । वर्तमान सरकारले ल्याएको नीतिले अस्पताल नै बिरामीको निम्ति सङ्क्रमणको उच्च जोखिमको थलो बनेको छ ।
अन्तमा, कोरोना संसारमा अझ कति समय रहन्छ कसैले यकिनसाथ भन्न सकेको छैन । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यसैले सङ्क्रमित र सङ्क्रमितको सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल कमजोर बनाउने गतिविधि कोही कसैबाट हुन नदिऔँ ! सङ्क्रमितलाई रोगसँग भन्दा पनि सामाजिक बहिष्कार र असामाजिक गतिविधिले रोगी बनाउँछ । त्यसैले सङ्क्रमितको विषयमा भ्रामक समाचार सम्प्रेषण नगरौँ !
भौतिक दुरी कायम गरौँ !
मास्कको प्रयोग उचित तरिकाले गरौँ !
साबुन पानीले राम्ररी हात धोऔँ !
अनावश्यक काममा घरबाहिर ननिस्कौँ !
अहिलेको महामारीमा सबै मिलेर जुटौँ !

One response to “स्वास्थ्यकर्मीमाथिको अपमान”

  1. Ram Sundar Basi says:

    स्वास्थ्यकर्मी, हजाम र भान्सेलाई रिस नउठाउनु ठाउँ कुठाउमा ज्यान लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *