भर्खरै :

काला दिनहरू सम्झिँदा

विसं २०४५ साल भदौ ५ गते नेपालमा ठूलो भूकम्प गयो । भूकम्पले धेरै धनजनको क्षति भयो । यसको नराम्रो असर भक्तपुरमा पनि प¥यो । भूकम्प पीडितहरूलाई राहत वितरणको निम्ति सरकारले निश्चित निर्देशिका जारी गरेको थियो । कुनै उद्धार समितिमा नभएको कर्ण ह्योजूलाई भक्तपुरमा राहत वितरण गर्न पठाइयो । ह्योजू जनतालाई धोका दिने मान्छे थियो । ऊ जनताबाट अस्वीकृत मान्छे थियो । नेमकिपाको सदस्य भएर जनताको मत लिएर राष्ट्रिय पञ्चायतको सदस्य भएको ऊ पछि निरङ्कुश पञ्चायती व्यवस्थाको पछि लाग्यो ।
भूकम्प पीडितलाई राहत बाँड्न भनी आएको ह्योजूले नक्कली पीडितहरूलाई कुपन बाँड्यो । राहत वितरणमा धाँधली भएपछि स्थानीय जनताले उसलाई बजार घुमाए । भीडमा सरकारका भाडाका मानिसहरूले ह्योजूलाई कुटपिट गर्न थाले । ३–४ घण्टासम्म स्थानीय सुरक्षाकर्मी मूकदर्शक भएर बसे । अस्पतालमा पनि तत्काल उपचार गरिएन । ह्योजूको मृत्यु भयो ।
त्यही रात प्रहरीले नेमकिपाका धेरै नेता तथा कार्यकर्तालाई पक्राउ ग¥यो । मेरा बुबा बुद्धिकुमार गोसाईले राति १२ बजे नै शोभा भाउजूमार्फत नेमकिपाका अध्यक्ष रोहितलाई प्रहरीले घरबाटै पक्राउ गरेको जानकारी पाइसक्नुभएको थियो । भदौ १० गते उज्यालो नहुँदै बुबा घरबाट निस्किनुभयो । आमा दुई जिउकी हुनुहुन्थ्यो । बुबा आमालाई घर सम्हाल्नु है भनेर भूमिगत हुनुभयो । सुरुका दिनमा बुबा भक्तपुर जिल्लाभित्र नै भूमिगत बस्नुभएको थियो, पछि भारत प्रवासमा जानुभयो ।

स्कूलमा पञ्चायती व्यवस्था समर्थक नयाँ शिक्षकहरू पढाउन आए । स्कूलमा ती पञ्चे शिक्षकहरूको अनुहार देख्नासाथ हामीलाई रिस उठ्थ्यो । हामीले पहिलेकै शिक्षकहरूको कक्षाको माग गरी कक्षा बहिष्कार ग¥यौँ । कक्षाका सबै साथीहरू मिलेर हामीले दिनहुँ कक्षा बहिष्कार गरी कालोपाटीमा मागहरू लेख्न थाल्यौँ । हाम्रो पढाइ खलबलियो । राम्रो पठनपाठन हुनसकेन । भाइ सरोजले त त्यो वर्षको प्रवेशिका परीक्षा नै छोड्नुप¥यो । अरू भाइबहिनी सानै थिए । मेरो पनि पढाइ राम्रो हुनसकेन ।

बुबालाई खोज्ने निहुँमा प्रहरीले भक्तपुर तौलाछेँ टोलस्थित हाम्रो घरमा तीनपल्ट खानतलासी गरे । पहिलो दिन झ्याल–ढोका फोडेर प्रहरी घरभित्र छिरे । प्रहरीले घरका सामानहरू तोडफोड गरे । एक त भूकम्पबाट चर्किएको घर, त्यसमाथि प्रहरीको ज्यादती । घरमा केटाकेटी र महिलामात्र थिए । प्रहरी हामीलाई जथाभावी गालीगलौज गरेर फर्कन्थे ।
एक दिन म र भाइ सरोजमात्र घरमा थियौँ । दिउँसो करिब २ बजेतिर प्रहरीको टोली हाम्रो घरतिर आइरहेको जानकारी पाएँ । मैले हाम्रै घरमा खानतलासीको लागि आएको हुनुपर्छ भनी अनुमान लगाएँ । केटा मान्छेहरूलाई पनि समात्दै गरेको अवस्था थियो । त्यसैले १५ वर्षको भाइ सरोजलाई प्रहरीबाट जोगाउनु थियो । भाइ घरबाट निस्कियो, प्रहरीले भेट्टाउन सकेनन् ।
केही छिनमा नै प्रहरीले हाम्रो घर घेरा हाले । घरको पूरा खानतलासी लियो । घरमा रहेका किताबहरू बोरामा राख्न थाले । घरमा पार्टीका साहित्यलगायत प्रगतिशील पुस्तक थुप्रै थिए । काठमाडौँमा प्रगतिशील पुस्तक पसल थियो, पसलबाटै ल्याइएका पुस्तकसमेत प्रहरीले लिएर गए । प्रहरीले ५÷६ बोरा किताबहरू लगेका थिए । बुबाका केही महत्वपूर्ण किताब तथा कागजातहरू पहिल्यै लुकाइसकेका थियौँ । तर, संयोग हो वा के हो, हाम्रो टोलको समाज सुधार माविका प्रधानाध्यापक लक्ष्मीनारायण दुवाल हाम्रै घरमा छिर्नुभएको रहेछ, उहाँ प्रहरीको पक्राउमा पर्नुभयो ।
असोज १ गते बिहान । विद्यालय र टोलकी साथी सीतालक्ष्मी प्रजापतिले पक्राउ परेका दाइहरूलाई भक्तपुरमा ल्याउने कुरा जानकारी दिइन् । हामी दुवैजना दरबार क्षेत्रमा पुग्यौँ । त्यहाँ कोही थिएन । हामी फर्कियौँ । गोल्मढी इनाचोमा प्रहरी तैनाथ थिए । दाइहरूलाई सरजमिनको लागि हनुमानघाटस्थित सूर्योदय मा.वि.मा ल्याइएको रहेछ । हामी हनुमाघाट पुग्दा सरजमिनस्थल सूर्योदय मा.वि.मा लाठी बोकेका प्रहरीले १०० मिटर परबाट नै घेरा हालिसकेका थिए । अरू धेरै महिला दिदीबहिनीहरू थपिँदै थिए । वास्तविक घटना बुझ्नेहरूलाई सरजमिनमा बोल्न दिइएको थिएन । पञ्च तथा मण्डलेहरूलाई मात्र सरजमिन बक्नको लागि भित्र पस्न दिइएको थियो । म र साथी कृष्णेश्वरी मचामसी ‘तातो पानी बोकेर हाम्रो दाइ बिरामी हुनुभएको छ, तातो पानी दिन हामीलाई भित्र छिर्नदिनू’ भनी प्रहरीलाई अनुरोध गयौँ । हामीलाई सरजमिनस्थलमा जान दिइएन । सरजमिन एकतर्फी हुँदै थियो । महिला दिदीबहिनीहरूले यसको विरोधमा नारा लगाउन थाले । प्रत्यक्षदर्शीलाई सरजमिन बक्न दिनुपर्ने माग राख्दै विरोध हुनथाल्यो ।
‘सरजमिन’ सकाएर साँझ बन्दीहरू काठमाडौँतिर लगिए । हामी महिलाहरू पक्षपातको विरोधमा नारा लगाउँदै जुलुस गर्दै गोलमढीको रामझोपडीसम्म पुग्यौँ । त्यहीँ कोणसभा गरी प्रदर्शन समापन भयो ।
म त्यसबेला वागिश्वरी मा.वि.मा कक्षा ९ मा पढ्दै थिएँ । मेरो जेठो भाइ सरोज पनि वागीश्वरी स्कूलमै कक्षा १० मा पढ्दै थियो । मोहनप्रसाद प्रजापति, ज्ञानसागर प्रजापति, कृष्णप्रसाद धन्छालगायत हाम्रा प्यारा गुरुहरूमध्ये कतिपय प्रहरीको हिरासतमा पर्नुभयो, कतिपय भूमिगत हुनुभयो । स्कूलमा पञ्चायती व्यवस्था समर्थक नयाँ शिक्षकहरू पढाउन आए । स्कूलमा ती पञ्चे शिक्षकहरूको अनुहार देख्नासाथ हामीलाई रिस उठ्थ्यो । हामीले पहिलेकै शिक्षकहरूको कक्षाको माग गरी कक्षा बहिष्कार ग¥यौँ । कक्षाका सबै साथीहरू मिलेर हामीले दिनहुँ कक्षा बहिष्कार गरी कालोपाटीमा मागहरू लेख्न थाल्यौँ । हाम्रो पढाइ खलबलियो । राम्रो पठनपाठन हुनसकेन । भाइ सरोजले त त्यो वर्षको प्रवेशिका परीक्षा नै छोड्नुप¥यो । अरू भाइबहिनी सानै थिए । मेरो पनि पढाइ राम्रो हुनसकेन ।
सुरुका दिनमा प्रहरी प्रशासनले धेरैजसो दिउँसोमात्र घर–घरमा खानतलासी गथ्र्यो । पछि राति–राति भक्तपुर नगरको टोल–टोलमा प्रहरीले खानतलासी गर्नथाल्यो । भक्तपुरमा प्रहरी प्रशासन र मण्डलेहरूले एक किसिमको श्वेत आतङ्क थियो । हामी महिला र साना–साना केटाकेटीहरू सबै मिलेर आ–आक्षनो टोलमा राति टोलमा धुनी बालेर जाग्राम बस्नथाल्यौँ । प्रहरीले घर–घरमा पसेर दुःख नदेओस् भन्ने प्रयास थियो त्यो ।
दसैँको घटस्थापनाको दिनको घटना सम्झन्छु । बिहान सबेरै च्याम्हासिंहबाट महिलाहरूको ठूलो जुलुस भयो । जुलुस तेखापुखुमा समापन गरी फर्किँदा प्रहरीको हुल आयो । तर, हामी अलगअलग भई घर फर्कियौँ ।
जेलमा परेका हाम्रा अग्रजहरूलाई त अत्यन्त कठोर यातना दिइयो नै । नेमकिपाप्रति आस्था राख्ने हामी भक्तपुरवासी करिब दुई वर्षसम्म मानसिक पीडा भोग्न बाध्य भयौँ ।
एउटा व्यक्तिलाई बलिको बोकी बनाई नेमकिपालाई समाप्त पार्नको निम्ति रचिएको राज्यस्तरको षड्यन्त्र थियो भक्तपुर काण्ड । भदौ ९ लाई हामी कालो दिवसको रूपमा स्मरण गर्दै आएका छौँ । जनविरोधी तत्वहरूको भत्र्सना गर्न यो दिनको स्मरण गर्ने गर्छौैँ ।
जनआधारविहीन शासकले आक्षनो विपक्षलाई दबाउनको निम्ति भक्तपुर काण्डजस्ता अत्यन्त निकृष्ट षड्यन्त्र पनि रच्दोरहेछ । जनताको प्रतिनिधित्व गर्ने व्यक्ति वा पार्टीविरुद्ध रचिएको षड्यन्त्र नै पञ्चायती व्यवस्थाको काल बन्यो ।
अहिले पनि कम्युनिस्टको खोल ओढेका ठूला पार्टीहरू नेमकिपाविरुद्ध लागिरहेका छन् । यस अवस्थामा पनि भक्तपुर काण्डजस्ता घटना पुनः नदोहोरिएला भन्न सकिँदैन । यस कुरामा हामी चनाखो हुनैपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *