भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
बिहान सबेरै उठ्छु र सुतिरहेका आफ्ना लालाबाला छोराछोरीलाई हेर्छु । मेरो मनमा कुरा खेल्छ– कतै मेरो कारणले यी साना–साना बालबालिकालाई अहिले विश्वमा फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) ले सङ्क्रमण त हुने होइन ? त्यसपछि चिया खाँदै रेडियोबाट समाचार सुन्दै विभिन्न पत्रपत्रिका हेर्छु । समाचारमा कोभिड–१९ बाट सङ्क्रमित र मृत्युको सङ्ख्या बढिरहेको खबर पढ्छु । तीमध्ये स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका र कोही आइसीयूमा भर्ना भएको खबर पनि सुन्छु । अनि त्यही कुरा मेरो मनमा खेल थाल्छ, कतै मलाई कामको शिलशिलामा सङ्क्रमण भए मेरो परिवारका सदस्यहरू पनि सङ्क्रमित हुने त होइनन् ?
आफ्नो ज्यान जोखिममा राखेर रातदिन खटेका स्वास्थ्यकर्मीहरूलाई किन दुव्र्यवहार हुन्छ ? कोही सङ्क्रमित स्वास्थ्यकर्मी बसेको घरमा पुगेर ‘यो सङ्क्रमित घर’ भनी व्यानर टाँग्न जान्छन् त कहीँ स्वास्थ्यकर्मी बसेको बासस्थानमा उठिवास लगाउन जान्छन् । कहीँ घरबेटीले अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेको भनेर डेरा छोड्न उर्दी जारी गरिन्छ । कतै सङ्क्रमित बिरामी म¥यो भनेर अस्पताल तोडफोड तथा कतै स्वास्थ्यकर्मीमाथि कुटपिट हुन्छ । हिजोसम्म स्वास्थ्यकर्मीलाई आफ्नो रोग र शारीरिक समस्याबारे यसो भयो, उसो भयो के गर्ने ? भनी सोध्ने छरछिमेकी र साथीभाइ पनि आज टाढिंदैछन् । अनि मलाई लाग्छ, यो जागिर त ‘खाऊँ भने दिनभरिको शिकार, नखाऊँ भने …।’ यस्तै कुरा मनमा खेलाउँदा खेलाउँदै खाना खाई अफिस (अस्पताल) जाने समय हुन्छ । अनि आफ्नो मनलाई दह«ो पार्दै ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ’ भन्ने उखान मनमा राखेर आफ्नो ड्युटीमा खट्छु ।
सन् २०१९ डिसेम्बरमा चीनको उहानमा फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) अहिले विश्वभरि महामारीको रूपमा फैलिएको छ । नेपालमा पनि महामारीको रूपमा फैलिँदै छ । हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै छ भने मृत्युको सङ्ख्या पनि बढ्दै छ । यो रोग समुदायमा फैलिन नदिन सरकारले केही महिना लकडाउन ग¥यो । तर, यो रोग फैलिन सक्ने अवस्थालाई राम्ररी अध्ययन नै नगरी पूरै नियन्त्रण भएको जस्तो ठानी लकडाउन पूरै खुला ग¥यो । नेपाली जनताले पनि यो केही होइन भन्ने जस्तो गरे । यसले गर्दा जहाँतहीँ भीडभाड, सभा–सम्मेलन, जुलुस, गोष्ठी हुन थाल्यो । छिमेकी देश भारतसँगको नाका खुकुलो गरियो । अहिले फेरि स्थानीय सरकारले ठाउँ–ठाउँमा लकडाउन वा निषेधाज्ञा गर्दै छ ।
यो रोगको नियन्त्रण र रोकथाम गर्न अग्रपङ्क्तिमा स्वास्थ्यकर्मी र सुरक्षा निकाय लागि परेका छन् । कति स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित भए तापनि मनलाई दह«ो पारेर आफ्नो कर्तव्य पालन गर्दै छन् । कति निकायमा त व्यक्तिगत सुरक्षाका लागि चाहिने साधारण मास्क र पञ्जाबिना पनि काम गर्नुपरेको छ ।
आफ्नो काम र कर्तव्य पालनको शिलशिलामा बिनाखाना–पानी काम गर्नुपरेको छ । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी नै महामारीविरुद्धको युद्धमोर्चामा रहेर लडिरहेका छन् । स्वास्थ्यकर्मी सेतो लुगा लगाएर महामारी रोकथाम र नियन्त्रण गर्न लडिरहेका छन् । यसरी आफ्नो जीवनमरणको साथ युद्धमोर्चामा लडिरहेका सुरक्षाकर्मीले लकडाउनमा बाहिर हिँड्डुल नगर्न आग्रह गर्दा उल्टै गाली खानु परेको छ । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू पनि डर–धम्की सामना गरेर काम गर्नु परेको छ । के यो भाइरस कसैलाई लाग्ने, कसैलाई नलाग्ने हो र ? भोलि तिनीहरू सङ्क्रमित भएमा कहाँ जान्छन् ? अहिले हरेक अस्पतालका बेडहरू सङ्क्रमितले भरिसकेको छ । सरकारले नै सङ्क्रमित व्यक्तिलाई आफ्नै घरमा सुरक्षितरूपमा आइसोलेसनमा बस्न भनेको छ । यदि रोग नियन्त्रणभन्दा बाहिर गएमा हरेक टोल र घर आइसोलेसनमा परिणत हुनेछन् । कुनै पनि स्वास्थ्यकर्मी आफू जानीजानी सङ्क्रमित भएका होइनन्, आफ्नो काम–कर्तव्य पालनको शिलशिलामा सङ्क्रमित भएका हुन् । त्यसकारण स्वास्थ्यकर्मीलाई मानवीय व्यवहार गर्नुपर्दछ । यो महामारीलाई परास्त गर्न चीनको उहान सहरका जनताले जस्तै ‘एकता नै बल हो’ भन्ने मनमा लिएर सबै जनसमुदाय मिलेर युद्ध मोर्चामा लागेमा रोगको रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।
कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण गर्न सबै राजनीतिक पार्टीले पनि आ–आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन र मार्गदर्शन गरी परिचालन गर्नुपर्छ । महामारी नियन्त्रणको नाममा अबौँ भ्रष्टाचार गरेको समाचार बाहिर आए पनि विरोध नगरी साथ दिनेलाई धिक्कार छ । अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको बासस्थानलाई उठिबास गराउन खोज्ने र सङ्क्रमित बिरामी मृत्यु भयो भनी अस्पताल तोडफोड गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरूमाथि धिक्कार छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई भत्ता नदिई मन्त्रालयका आफ्ना कर्मचारीहरूलाई बाँड्ने, कोभिड–१९ को नाममा होटल–होटलमा गई बैठक बसेर बैठक भत्ता पचाउने र स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र कुटपिट गरे पनि टुलुटुलु हेरेर बस्नेहरूलाई धिक्कार छ ।
Nice writing. Thanks Dr. Suwal.
Dr. Regmi