भर्खरै :

‘भक्तपुर काण्ड’ सम्बन्धी पुस्तकहरूबारे

आजभन्दा ३२ वर्ष अगाडि निरङ्कुश पञ्चायती व्यवस्थाले नेमकिपाको तेजोबध गर्न रचेको राज्यस्तरको षड्यन्त्र थियो – भक्तपुर काण्ड । नेपालको राजनीतिक आन्दोलनमा कालो दिनको रूपमा भाद्र ९ को स्मरण गरिन्छ । त्यो इतिहास फरक ढङ्गले दोहरिन सक्ने सम्भावना औँल्याई बितेका ३ दशकमा थुप्रै पुस्तकहरू प्रकाशित भए । भक्तपुर काण्डको सत्य–तथ्य उजिल्याउने ती पुस्तकहरूले राजनीतिक महत्व बोकेको प्रस्ट छ । नयाँ पुस्ताले ती बहुमूल्य पुस्तक र प्रकाशनहरूमार्फत नेमकिपाको सङ्घर्षशील इतिहास बुझ्ने अवसर पाउँछन् । विचार, सिद्धान्त र इमानमा कहिल्यै नझुकेको नेमकिपाको गर्विलो इतिहास २०४५ भाद्र ९ देखि बहुदल पुनः स्थापनासम्मको अवधिले पनि उजागर गर्छ ।
नेमकिपाले सदैव देशको स्वतन्त्रता र सार्वभौमिकताको पक्ष लियो । बहुमत जनताको प्रजातन्त्रको पक्ष लियो । जनमतसङ्ग्रहमा बहुदलको पक्षमा वकालत ग¥यो । नेमकिपाले सदा देश र जनताको सेवालाई राजनीति बतायो । प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर देश र जनताको सेवा गर्ने लेनिनवादी नीति, क्रान्तिकारी संसद्वादको नीतिमार्पmत नेमकिपा सक्रिय बनेको पञ्चायती शासन व्यवस्थालाई पटक्कै मन परेको थिएन । त्यसकारण, नेमकिपाविरुद्ध षड्यन्त्रको पासो थाप्यो ।
भाद्र ९ को घटनाबारे गहिरो अध्ययनपश्चात् वरिष्ठ अधिवक्ता, पत्रकार, मानवअधिकारवादी नेता र बुद्धिजीवीहरूले राज्यस्तरको सुनियोजित षड्यन्त्र भएको ठह¥याए । सङ्कीर्ण र असहिष्णु, वैचारिक तथा जातीय दमनको शैलीमा पञ्चायती व्यवस्था नेमकिपालाई समुल नष्ट गर्न लागिपरेको थियो । भक्तपुर काण्डको घटनाक्रम, षड्यन्त्रको प्रकृति, पञ्चायती व्यवस्थाविरुद्ध कानुनी र राजनीतिक सङ्घर्ष, महिला सङ्घर्षसँगै झूटा मुद्दामा फसाइएका भुक्तभोगी, भूमिगत र प्रवास जीवन भोगेकाहरूको अनुभव पुस्तकहरूले समेट्छ ।
‘आवाज’ (भक्तपुर काण्ड विशेष) ले भक्तपुर काण्डको नालीबेली खोतलखातल गरी यथार्थ विश्लेषण प्रस्तुत ग¥यो । भक्तपुर काण्ड एउटा राजनैतिक सङ्घर्षको नाम हो । पञ्चायती व्यवस्था र जनताको प्रजातन्त्रका हिमायती एवम् कम्युनिस्ट विचारबीचको लडाइँ थियो । एउटा वर्गसङ्घर्षको सिलसिलाको रूपमा ‘आवाज’ ले घटनाको गुह्य व्याख्या गर्छ ।
पञ्चायती शासकहरू भिन्न मत पटक्कै नसहने प्रवृत्तिका थिए । जनमत सङ्ग्रहपछि भक्तपुरबाट दुवै पटक रापस निर्वाचनमा पञ्चायत पक्षधर पराजित भए । भक्तपुर नगर पञ्चायतमा नेमकिपाका उम्मेदवारहरू निर्वाचित भए । बहुदलवादीहरूले भक्तपुरमा गरेको विकास गतिविधिले समाजका शासक, जालीफटाहा भ्रष्ट र कालाबजारिया पाखा लागे । यही कारण पञ्चहरूबाट भक्तपुर काण्ड घटाइएको हो ।
भूकम्प पीडितलाई राहत वितरण गैर सरकारी संस्थाबाट गर्न नहुने सूचना जारी हुँदाहुँदै पनि ह्योजुमार्फत ‘खाद्य किराना समिति’ बाट राहत वितरण गर्न लगाइनु घटनाको प्रारम्भ बन्यो । राहत वितरणमा ठूलो धाँधली र लापरबाही हुनु, तत्काल ठीकठीक जानकारी जिम्मेवार मानिसलाई नहुनु, दत्तात्रयको प्रहरी चौकी र गोल्मढीमा रहेका प्रहरी दलले सुरक्षा प्रदान नगरी ह्योजुलाई उत्तेजीत भीडमा छोड्नु, भीड अनियन्त्रित हुनु, ३–४ घण्टासम्म ह्योजुलाई कुटपिट हुँदा प्रहरी फोर्स पुग्दैन भनी मुकदर्शक बन्नु, राजधानीबाट १३ किमी टाढाको भक्तपुर प्रशासन निस्क्रिय हुनु, ह्योजुुलाई वीर अस्पतालमा तुरुन्त उपचारको बन्दोवस्त नहुनु ह्योजुको मृत्युको कारण बन्यो ।
दिउँसो फोर्स पुगेन भन्ने प्रहरी प्रशासन भाद्र ९ कै राती ११–१२ बजेतिर हत्यारा खोज्नुको सट्टा का. रोहितलगायत थुप्रै राजनीतिक कार्यकर्ता, समर्थक जनप्रतिनिधिहरूको घर – घरमा एउटै समयमा छापामार शैलीमा ओछ्यानबाट पक्राउ गर्न सुरु गर्नु षड्यन्त्रको एउटा प्रमाण हो ।
संसारको कुनैपनि कुनामा नभएजस्तो ह्योजुको हत्यापश्चात् ‘रोहितलाई फाँसी दे’ ‘बहुदलवादी मुर्दावाद’ भन्दै राज्यको प्रधानमन्त्री जस्तो सत्ताको कार्यपालिका प्रमुखसमेत सडकमा उत्रनु अर्को प्रमाण हो ।

भक्तपुर काण्ड विषयमा अनभिज्ञ र भ्रम पालेर बसेका बुद्धिजीवी, राजनीतिज्ञ, पत्रकार, कानुन व्यवसायी, प्रहरीलगायत नेपाली नागरिकहरूमा भक्तपुर काण्ड के हो, किन र कसरी घट्यो, कसको निर्देशन र षड्यन्त्रमा भयो ? भन्ने तर्कपूर्ण विश्लेषण पुस्तकले समेट्छ । त्यतिमात्र होइन पञ्चायती प्रशासनिक आतङ्क र जनआक्रोशको सिलसिला प्रस्तुत गर्छ  । 

भक्तपुरमा मात्र होइन, जुम्लाका युवाहरूलाई समेत अञ्चलाधीशले “रोहितका समर्थकहरूको भनाइमा लाग्नेलाई ह्योजु काण्डमा रोहितलाई फसाएजस्तै फसाइदिने धम्की दिने गरिन्थ्यो भन्ने जानकारी ‘आवाज’ बाट मिल्छ ।
मुद्दाबारे अनुसन्धान सुरु नहुँदै, अदालतमा मुद्दा दायर नहुँदै का.रोहित र नेमकिपालाई दोषी ठहर गर्दै देशका प्रधानमन्त्री मरिचमान सिंहलगायत कार्यपालिका सडकमा उत्रेर ‘हत्यारा रोहितलाई फाँसी दे’ को नारा लगाउनु चोखो मानिसलाई दोष लगाउनु साबित भयो । पुस्तक ‘फाँसी दे’ ले तत्कालीन समयमा का. रोहित र नेमकिपाविरुद्ध भएको षड्यन्त्र, सत्य र न्यायको पक्षमा भएको बौद्धिक, सैद्धान्तिक, कानुनी, व्यावहारिक सङ्घर्षबारे बताउँछ । सुबोध सिंजालीकृत पुस्तक ‘फाँसी दे’ ले राज्यस्तरको षड्यन्त्रलाई मिहिन ढङ्गले बुझ्न मद्दत गर्छ । का. रोहितको भनाइ पुस्तकमा उद्धृत छ – “प्रहारको विन्दु व्यक्ति हुनासाथै सङ्घर्षको रूप नरोदनिकवाद व्यक्तिहत्यामा टुङ्गिन्छ । नरोदवाद र आतङ्कवाद निश्चय पनि माक्र्सवाद होइन । रुसमा जार अलेक्जेन्डर दोस्रोको हत्या भएको थियो तर जारतन्त्र समाप्त भएन र झापामा धर्मप्रसाद ढकाल मारिए तर झापाको समस्या टुङ्गिएन ।” व्यक्तिहत्याको विरोध गर्ने का. रोहितमाथि हत्याको झूटो आरोप लगाउनु राजनैतिक दर्शन, सिद्धान्त, इमानदारीमाथि छलछाम, धोका नै थियो भन्ने सशक्त आवाज पुस्तकले दिन्छ ।
नेमकिपामाथि पञ्चहरूको आग्रह पूर्वाग्रह र प्रतिशोधको भावना ‘विमर्श’ जस्ता पत्रिकाहरूले प्रदर्शन गरे । पीतपत्रकारितामार्फत जनतालाई गलत र असत्य बताउने, अफवाह फैलाउने काम भयो । उत्तिबेला नेमकिपाका कार्यकर्ताहरूले अत्यन्त संवेदनशील र सावधानी अपनाई, दुष्टहरूको आँखा छली जनतालाई सही जानकारी दिने दायित्व पूरा गरेको एउटा दसी हो पुस्तक – फाँसी दे ।
‘जेल डायरी’ मा भक्तपुर काण्डका घटना परिघटनाको मार्मिक चर्चा छ । बिरामी पर्नुभएका का. रोहितलाई पक्रेर लगेको, प्रहरीका गाली र अभद्र शब्दहरू, मानसिक र शारिरीक यातनाको वर्णन, बन्दीगृहभित्रको असुविधा र दर्दनाक स्थितिको शब्दचित्र डायरीभित्र छ ।
का. रोहित आपूmसँग लिइएको बयानमा स्पष्ट भन्नुहुन्छ, “यदि ह्योजुको घटनाबाट मृत्यु भएको भएपनि त्यसमा मेरो नैतिक जिम्मेवारी हुनेछैन किनभने पहिलो, मलाई पुरा विश्वास छ, हाम्रो समूहले कसैको हत्या गर्दैन । दोस्रो, हाम्रो तर्फबाट त्यस्तो योजना वा भावनासमेत गरिएको वा लिइएको छैन । तेस्रो, हामी सिद्धान्तत ः व्यक्तिहत्याका विरोधी हौँ । चौँथो, भक्तपुरमा घटेका सबै घटनाको जिम्मेवार हामी हुनेछैनौँ ।” डायरीमा धाँधलीपूर्ण सर्जमिनको खण्डन छ । अदालतमा निर्दोषहरूविरुद्ध मुद्दा चलाइएको विरोधमा वकालत गर्ने कानुनकर्मीहरूलाई पुस्तकले सम्मानपूर्वक सम्झेको छ । पञ्चायती राज्यस्तरको षड्यन्त्र, आतङ्क, दमन, भ्रष्टाचारको काला कर्तुतहरूको पुञ्ज– भक्तपुर काण्डको कालो पाना अदालतमा साक्षीहरू झिकाई बयान गर्ने काम नटुङ्ग्याई एक वर्ष सात महिना छब्वीस दिनमा राष्ट्रिय जनआन्दोलनको अग्निकुण्डमा भष्म भयो भन्नुहुन्छ, अध्यक्ष रोहित ।
पुस्तक ‘जेलदेखि प्रजातन्त्र’ ले पनि यही सन्दर्भ सतहमा ल्याउँछ । भक्तपुर काण्ड विषयमा अनभिज्ञ र भ्रम पालेर बसेका बुद्धिजीवी, राजनीतिज्ञ, पत्रकार, कानुन व्यवसायी, प्रहरीलगायत नेपाली नागरिकहरूमा भक्तपुर काण्ड के हो, किन र कसरी घट्यो, कसको निर्देशन र षड्यन्त्रमा भयो ? भन्ने तर्कपूर्ण विश्लेषण पुस्तकले समेट्छ । त्यतिमात्र होइन पञ्चायती प्रशासनिक आतङ्क र जनआक्रोशको सिलसिला प्रस्तुत गर्छ ।
‘जेलका चिठ्ठीहरू’ पनि इतिहासको त्यो कालखण्डबारे नयाँ पुस्तालाई शिक्षित बनाउने महत्वपूर्ण पुस्तक हो । झूटा मुद्दामा फसाई ६७ जनालाई प्रतिवादी बनाइएको मध्ये ५३ जनालाई मृत्युदण्डको माग गरिएको र १३ जनालाई बाग्मती विशेष अदालतमा मुद्दा चलाइएको थियो । का. रोहितले जेलभित्रबाट आप्mना भावना, संवेग, सङ्कल्प, जीवनका उकाली ओराली, जीवन परीक्षाहरूलाई अत्यन्त सुन्दर लय दिएर कामरेड शोभा प्रधानलाई लेखिएका चिठ्ठीहरूको सङ्गालो हो, जेलका चिठ्ठीहरू । एकजना कम्युनिस्ट जेलमा होस् या खुला समाजमा जनताप्रतिको कर्तव्य, परिवारप्रतिको माया कहिल्यै भुल्दैन । आप्mनो विचार र सिद्धान्तलाई थुनेर राख्दैन । बरु कुनै न कुनै माध्यमबाट जनतासम्म पु¥याइरहन्छ भन्ने प्रमाण पनि हो, जेलका चिठ्ठीहरू ।
अध्यक्ष का.रोहित जोड दिनुहुन्छ, “राजनीति गुलाबको ओछ्यान होइन, खुकुरीको धारमा हिँड्नु हो । राजनीतिमा देश र जनताको सेवा गर्नु पनि पहाडको यात्राजस्तै हो । कोही अगाडि, कोही बीच र कोही पछाडि पर्छन । कहिलेकाहीँ पछाडि पर्नेहरू यात्रा छाडेर साथीहरूबाट टाढा जान्छन् ।” यहि स्थिति २०४५ सालको भक्तपुर काण्डले व्यहोरेको थियो ।
आपूmलाई रोहितको कार्यकर्ता भनी फाइँफुट्टी गर्नेले त्यतिबेला छेपारोले रङ्ग फेरेझैँ आप्mनो रङ्ग फेरेका थिए । पञ्चहरूकै माझमा गई भाषण गरेका थिए – “तपाईँ औँलामा गन्नुस् अब रोहितको पार्टीमा बी.ए. पास गरेका कतिजता छन् ?”
यस्ता सीमित अवसरवादीहरूका कारण पनि सोझासिधा किसानहरूले थप सास्ती व्येहोर्नुप¥यो । भक्तपुरमा एक किसिमले नाकाबन्दीको अवस्था थियो । विकास निर्माणका कामहरू ठ्याप्पै रोकिएको स्थिति थियो । त्योभन्दा महत्वपूर्ण कुरा भक्तपुरका जनतालाई अत्यन्त अपमानजनक व्यवहार गरिन्थ्यो ।
पुस्तक ‘भक्तपुर काण्ड का संस्मरणहरू’ (२०६७) र ‘मजदुर’ भक्तपुर काण्ड विशेषाङ्क (२०६८) ले पञ्चायती व्यवस्थाको षड्यन्त्र, राज्य आतङ्क, क्रुरता र दमनको पराकाष्ठा उजागर गर्छ । घटनाका भुक्तभोगी निर्दोष र सरल जनताले भोगेका कष्टपूर्ण र त्रासदीपूर्ण अवधिको मार्मिक शब्दचित्र हुन्, यी पुस्तकहरू ।
झूटा मुद्दामा बन्दी बनाइएका निर्दोष जीवनमाथिको बर्बर अत्याचार र चरम यातनादेखि जेलबाहिर परिवारले भोगिरहेको मानसिक यातनासम्म, प्रतिक्रियावादीहरूको छलछामदेखि हरियो घाँसभित्र लुकेका हरिया सर्पहरूको टोकाइ, आदि यी पुस्तकहरूमा सङ्कलित छ । लेखपढसम्म गर्न नजानेका, नेपाली भाषा बोल्न नआउने, हाकुपटासी लगाउने महिलाहरूको वेदना, सङ्घर्ष, अदम्य साहस, धैर्य र सहनशील भई चालेका क्रान्तिकारी पाइलाहरू पुस्तकहरूले समेटेका छन् । जस्तै आँधीबेहरीबीच पनि पटक्कै विचलित नभई बटुलेका ती अनुभवहरू नयाँ पुस्ताका निम्ति एउटा महत्वपूर्ण ऊर्जा बन्नेमा कुनै शङ्का छैन । राजनैतिक मूल्यमान्यता, नैतिकता, सिद्धान्तप्रतिको अडान, निःस्वार्थ सेवाभाव, सङ्घर्षप्रतिको विश्वास, वर्ग शत्रुप्रति बदलाको भावना यी पुस्तकहरूबाट प्राप्त हुने शिक्षा हुन् ।

पारिवारिक जिम्मेवारी काँधमा बोकेर, खेतीपाती, घरव्यवहार, सन्तान हुर्काउन दिनरात काम गर्ने, ‘ज्यानमाराकी स्वास्नी’ भन्ने गाली सहेर’, ‘पोइला जाऊ तिम्रो श्रीमान् अब फर्कंदैन’ भन्ने कटु वचन सहेर, बलियो आत्मबलका साथ सत्यको विजय कुर्ने विकुमाया, राज्येश्वरी, कृष्णमाया, नक्कली, मैया, ताराहरूको मार्मिक संस्मरण प्रस्तुत छ ।

जेलबाट छुटेपछि राजा वीरेन्द्रसँगको भेटमा का. रोहितले भन्नुभएको थियो – “बीस महिनासम्म भक्तपुरमा राज्य थिएन, अराजकता थियो । एक सय चार वर्षको राणा शासनमा पनि त्यस्तो अत्याचार थिएन । पृथ्वीनारायण शाहको उपत्यका विजयपछि यस्तो अत्याचार कहिल्यै भएको थिएन ।”
जेलभित्रका रोहितले ह्योजुलाई मारेको हो नभनुन्जेल र कागजमा हस्ताक्षर नगरुन्जेल बाँसमा बाँधेर दुई जनाले बोकी लठ्ठीले हिर्काउने, बुटले हान्ने, डोरीले बाँधेर पिट्ने, हात खुट्टा बाँधेर पाइतालामा बाँसको लठ्ठीले करिब तीन चार घण्टा निरन्तर पिट्ने, युद्धबन्दीलाई झैँ व्यवहार गरेका मुटु कमाउने वर्णन यी पुस्तकहरूमा छ ।
पारिवारिक जिम्मेवारी काँधमा बोकेर, खेतीपाती, घरव्यवहार, सन्तान हुर्काउन दिनरात काम गर्ने, ‘ज्यानमाराकी स्वास्नी’ भन्ने गाली सहेर’, ‘पोइला जाऊ तिम्रो श्रीमान् अब फर्कंदैन’ भन्ने कटु वचन सहेर, बलियो आत्मबलका साथ सत्यको विजय कुर्ने विकुमाया, राज्येश्वरी, कृष्णमाया, नक्कली, मैया, ताराहरूको मार्मिक संस्मरण प्रस्तुत छ ।
भूमिगतरूपमा गुप्ती कार्य गर्नु पनि बिरालोको घाँटीमा घण्टी बाँध्ने कार्य जत्तिकै खतराको कार्य थियो । प्रहरीबाट बच्न भक्तपुर छोडी गाउँ–गाउँ अन्य जिल्लामा गई साङ्गठनिक गतिविधिमा लाग्ने थुप्रै कार्यकर्ता, शिक्षकहरूको आत्मसंस्मरण पुस्तकहरूभित्र छन् । यी पुस्तकमात्र होइन मजदुर – किसानका भक्तपुर काण्ड विशेषाङ्कहरू, केटीहरू बुुलेटिन, २०७६ को मजदुर परिशिष्टाङ्कले पनि तत्कालीन समयको यथार्थ बोध गराउँछ ।
नयाँ पुस्तालाई इतिहास चिनाउने, भक्तपुर काण्डजस्तो षड्यन्त्र दोहोरिने सम्भावनालाई अस्वीकार नगर्र्न सन्देश दिने, सङ्घर्षशील तथा ऊर्जाशील बनाइराख्ने, सधैँ सत्यका निम्ति जुट्न सिकाउने यी पुस्तकहरूको अध्ययन आउने पिँढीले पनि गर्नेछन् । भक्तपुर काण्डबारे यति महत्वपूर्ण विषयहरू बाहिर ल्याउने प्रकाशन गृहहरू धन्यवादका पात्र हुन् । यी पुस्तकहरूमा इतिहास बाँचिरहनेछ । ती काला दिनहरूले छोडेका घाउहरू सदा चह¥याइरहनेछ । महिलाहरू पनि सङ्घर्षको मैदानमा उत्रन सिके । समाजले परिवर्तनको अनुभव ग¥यो । नयाँ पुस्तालाई एकादेशको कथाभैmँ लाग्ने भक्तपुर काण्डबारे शिक्षित तथा सचेत बनाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *