भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
कम्युनिस्ट पार्टीले आन्दोलन वा सङ्घर्षको लागि मजदुर र किसानलाई राजनैतिक र सैद्धान्तिकरूपमा सचेत र सङ्गठित गर्नुपर्ने हुन्छ । परिस्थिति नै तयार नहुँदै सङ्घर्षको आह्वान गर्नु र क्रान्तिको नाममा व्यक्तिहत्यामा लाग्नु बाटो बिराउनु हो । त्यो नै वामपन्थी अवसरवादमा फस्नु हो ।
तत्कालीन झापा आन्दोलन (२०२८) मा पनि सङ्घर्षको नाममा आन्दोलनकारीहरू जमिनदार, शोषकको हत्या गर्नमा लागे । श्रमजीवी नेपालीलाई राजनैतिक र सैद्धान्तिकरूपमा तयार नगरी व्यक्तिहत्या गर्नु वामपन्थी अवसरवादमा फस्नु हो । भारतको पश्चिम बङ्गालमा भएको नक्सलबाडी आन्दोलन स्थानीय कम्युनिस्ट कार्यकर्ताहरूको २० वर्षसम्मको सचेत र कष्टपूर्ण सङ्गठन र सङ्घर्षबाट विकास भएको थियो । तर, त्यो सन् १९६९ को सुरुआतदेखि नै कमजोर भयो । त्यो पनि वामपन्थी अवसरवादमा फस्नुको परिणाम थियो ।
नेपाल मजदुर किसान सङ्गठन, जिल्ला समिति काठमाडौँले विसं २०४७ असोजमा प्रकाशित गरेको ‘नक्सलबाडी आन्दोलन र केही उत्ताउला विचारबारे एक अध्ययन’ नामको पुस्तिकामा नेपाल र भारतका कम्युनिस्ट आन्दोलनहरू वामपन्थी अवसरवादमा फसेर आफ्नो बाटो बिराएको स्पष्ट चित्रण गरिएको छ ।
पुस्तिका पल्टाउँदै जाँदा वि.सं. २०५२ सालबाट सुरु गरेको कथित माओवादी जनयुद्धका तस्विरहरू अगाडि आए । त्यतिबेला पनि व्यापक मजदुर–किसानलाई राजनैतिक र सैद्धान्तिकरूपमा सचेत र सङ्गठित गर्नुभन्दा पनि व्यक्तिहत्यालाई अगाडि बढाएको थियो । जनता डर–त्रासमा माओवादीको समर्थन गर्न बाध्य थिए । (कथित जनयुद्ध पनि वामपन्थी अवसरवादमा फस्दाको परिणाम थियो । अहिले तिनै वामपन्थी अवसरवादीहरू नेकपाको नाममा दुईतिहाइ सरकारको नेतृत्व गर्दै छन् ।)
सङ्घर्षको बेलामा का. माओका तीन लेखहरू ‘जनताको सेवा गर’, ‘नर्मन बेथुनको सम्झनामा’ र ‘पहाड पन्छाउने मुर्ख बुढो मान्छे’ मात्रै अध्ययन गर्दा पर्याप्त हुने भन्दै हिँड्ने केही साथीहरू माक्र्सवाद–लेनिनवादका अन्य साहित्य पढ्न आवश्यक छैन भनी फलाक्छन् । तिनीहरू उत्ताउला स्वभावका हुन् । तर, पुस्तिकामा आन्दोलन वा क्रान्ति गर्न माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराजस्तो क्रान्तिकारी हतियारले सुसज्जित हुनुपर्नेमा जोड दिइएको छ । ती उत्ताउला साथीहरूले क्रान्तिकारी साहित्यको अध्ययनको कमीले क्रान्तिकारी सिद्धान्त नै ठम्याउन सक्दैनन् र क्रान्तिकारी ठम्याइविना सङ्घर्ष वा क्रान्तिलाई नेतृत्व प्रदान गर्न असफल हुने सन्देश पुस्तिकामा छ ।
‘हरेक कुराको महत्व समय, स्थान र परिस्थितिमा निर्भर हुन्छ, चाहे त्यो सैद्धान्तिक कुरो होस् या भौतिक वस्तु नै होस्’ भनी आत्म बलिदानमा जोड दिने उत्ताउला साथीहरूलाई पुस्तिकाको स्पष्ट जवाफ चित्त बुझ्दो छ । अन्यथा, त्यो आत्मबलिदान र त्याग पनि आत्महत्या साबित हुने उल्लेख गरिएको छ । आत्महत्या, अन्ध त्याग र अन्ध विश्वासलाई विरोध गर्ने सैद्धान्तिक हतियार भनेको माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा नै हो ।
पुँजीवादी पार्टीका नेता–कार्यकर्ताहरू निर्वाचनमा जित्नलाई मीठा–मीठा आश्वासन दिन्छन् । शुभ–लाभमा जनतालाई भुलाउँछन् । तर, निर्वाचनमा सम्पन्न भएपछि जनतालाई दिएका आश्वासन बिर्सन्छन् । फेरि अर्को निर्वाचनमा पहिलेभन्दा पूरा नहुने राम्रा–राम्रा आश्वासन र नाराहरू दिन्छन् । सांस्कृतिकस्तर कमजोर भएका गरिब जनता फेरि पनि तिनै पुँजीवादी दलका नेता–कार्यकर्ताहरूलाई आफ्नो अमूल्य मत दिई जिताउँछन् । अहिले सरकारको नेतृत्व गरेका दल पनि त्यसरी नै जितेकोमा दुईमत छैन ।
‘सत्ता बन्दुकको नालबाट उठ्छ’ भन्ने वाक्य का. माओको ऐतिहासिक अनुभव हो । जुन अनुभव सन् १९३८ तिरको जापानविरोधी संयुक्त मोर्चाको अगुवाइ गर्दाको हो । यहाँ बन्दुकको अर्थ पल्टन, सेना, लाल इलाका र जनता भएको स्पष्ट बुझ्न सकिन्छ । तर, केही उत्ताउला साथीहरूले ‘राजसत्ता बन्दुकको नालबाट उठ्छ’ भनी नयाँ आविष्कार गरेको जस्तै फलाक्दै हिँड्छन् । तसर्थ, सङ्घर्षलाई सफल पार्न जनताकै बीचमा गएर सेवा गर्ने, तिनीहरूको समस्यालाई बुझ्ने र त्यही विषयलाई लिएर सङ्घर्ष वा आन्दोलन गर्न जनताकै माझमा जानुपर्नेमा जोड दिइएको छ पुस्तिकामा ।
चिनियाँ क्रान्तिको उठ्दो ज्वारको अवस्थालाई सङ्केत गर्दै का. माओले भन्नुभएको थियो, “एक फिलिङ्गोले सारा जङ्गलमा आगो लगाउँछ । तर, माओको उक्त ठम्याइलाई झापा आन्दोलनका उत्ताउला साथीहरूले असङ्गगतरूपमा झापाको परिस्थितिसँग तुलना गरी फलाक्दै हिँडे, “झापाको फिलिङ्गोले नेपालभरी डढेलो लगाउँछ ।” तिनीहरू प्राधिकारको नाममा देशभरका जनतामाथि हुकुम चलाउन चाहन्छन्, जुन माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराविरोधी छ । त्यसैले सबै क्रान्तिकारीहरूले त्यस खोटो विचारको खण्डन गर्नुपर्ने मत पुस्तिकामा दिइएको छ ।
पुँजीवादी पार्टीका नेता–कार्यकर्ताहरू निर्वाचनमा जित्नलाई मीठा–मीठा आश्वासन दिन्छन् । शुभ–लाभमा जनतालाई भुलाउँछन् । तर, निर्वाचनमा सम्पन्न भएपछि जनतालाई दिएका आश्वासन बिर्सन्छन् । फेरि अर्को निर्वाचनमा पहिलेभन्दा पूरा नहुने राम्रा–राम्रा आश्वासन र नाराहरू दिन्छन् । सांस्कृतिकस्तर कमजोर भएका गरिब जनता फेरि पनि तिनै पुँजीवादी दलका नेता–कार्यकर्ताहरूलाई आफ्नो अमूल्य मत दिई जिताउँछन् । अहिले सरकारको नेतृत्व गरेका दल पनि त्यसरी नै जितेकोमा दुईमत छैन । त्यसरी नै फलाकावादी र उत्ताउला साथीहरू पनि जनताको सङ्गठन बनाउन र समर्थन पाउन खोज्ने भएकोले सचेत र सतर्क हुनुपर्ने सन्देश पुस्तिकामा दिइएको छ । त्यस्तै, फलाकावादी साथीहरू सङ्गठन बनाउने नाममा अरू पार्टी वा विदेशी भाइचारा पार्टीको आँखा चिम्लेर नक्कल गर्दा केन्द्रियता, जनवाद, वर्गीय सङ्गठनहरू र वर्गीय हितहरूबारे उल्लेख गर्न नचाहने भएकोले छिन्नभिन्न किसिमको कम्युनिस्ट पार्टीको सङ्गठन तयार हुनेमा बेलैमा ध्यान दिनुपर्नेमा सचेत पार्न खोजिएको छ पुस्तिकामार्फत । सङ्गठन विस्तार गर्दा बुद्धिजीवी र विद्यार्थीमाझ मात्र गएमा भविष्यमा ती भलाद्मीहरू हानिकारक हुन सक्नेबारे का. एँगेल्सको सन् १९९० तिरको विचार सान्दर्भिक नै लाग्छ । आफ्नो आँखा र बुद्धि नखियाउनेले जति दुःख, पीडा, हन्डर खाए पनि आफ्नो विरामबाट शिक्षा लिन नसक्ने विचार मनै छुने खालको छ ।
तत्कालीन मालेले विसं २०२८ सालको झापा विद्रोहको बेला र त्यसपछि वामपन्थी अवसरवादको प्रभाव परेको स्वीकार गरेपनि विसं २०३७ सालको जनमत सङ्ग्रहको बहिष्कार गरेर पञ्चायतकै सेवा पु¥याएको कारण तिनीहरूको देखाउने दाँत र खाने दाँत फरक–फरक भएको विश्लेषण पनि सही र सटिक नै लाग्छ । त्यसैले तिनीहरूले जनताको गुरु होइन शिष्य बन्ने धैर्य गर्नुपर्ने र प्राधिकारी होइन समान, विनम्र र साथी बन्न सकेमा मात्र जनतासँग एकाकार भएर क्रान्ति गर्नसक्ने क्षमता विकास हुने सही दृष्टिकोण पनि पुस्तिकामा छ । झापा विद्रोहले नेपाल–चीनबीचको सम्बन्धमा खलल पार्ने भारतको उद्देश्य पूरा गर्न सहयोग पु¥याएको प्रसङ्ग पनि यस पुस्तिकामा उल्लेख गरिएको छ ।
भारतको पश्चिम बङ्गालको नक्सलबाडी इलाका मजदुर–किसानको गढको रूपमा एक दिनमा विकास भएको थिएन । कम्युनिस्ट कार्यकर्ताको २० वर्षको त्याग, तपस्या र बलिदानले बनेको थियो नक्सलबाडी इलाका । त्यो गढ खाली नाराबाजीको भरमा बनेको थिएन । ज्याला बढाउने, बोनस लिने, ऐलानी जग्गा कब्जा गर्ने, बाली काट्ने आन्दोलनलगायत विभिन्न किसिमका नागबेली रूपहरू मजदुर–किसानको सचेत र सङ्गठित सङ्घर्षको परिणाम थियो । जसरी रोम एक दिनमा बनेको थिएन, त्यसरी नक्सलबाडी इलाका मजदुर किसानको गढको रूपमा एक दिनमा बनेको होइन तर सन् १९६७ मा अगाडि बढेको आन्दोलन १९६९ को सुरुमा पुग्नासाथ वामपन्थी अवसरवादमा फस्यो र आन्दोलन असफल भयो । चारू मजुमदारको नेतृत्वमा भएको त्यो आन्दोलनले हार खाएको बारे पुस्तिकामा ऐतिहासिक घट्नाक्रमसँगै सबिस्तार व्याख्या गरिएको छ ।
नक्सलबाडी चिया बगान र चिया उद्योगको इलाका भएकोले सन् १९४६ देखि त्यहाँका मजदुर र किसानहरूले बेलायती साम्राज्यवाद र सामन्ती शोषणको विरोधमा सुरु गरेको सङ्घर्षमय तस्वीरहरू यस पुस्तिकामार्फत देखाउन खोजिएको छ । रूसी कम्युनिस्ट पार्टीमा ख्रुश्चेभको नेतृत्वले संशोधनवादी बाटो लिँदा भारतीय कम्युनिस्ट पार्टीको नेतृत्व डाँगेले रूसी नेतृत्वको पक्ष लिए । त्यस्तै सन् १९६२ को भारत–चीनको सीमा विवादमा पनि डाँगेले खुलमखुला बिनासर्त भारतीय काङ्ग्रेसको नेहरू सरकारलाई साथ दिई अन्ध राष्ट्रवादको बाटो चुन्यो र चीनको विरोध ग¥यो । त्यसकारण, भारतीय कम्युनिस्ट पार्टीमा ठूलो सैद्धान्तिक र राजनीतिक मतभेद चर्किएर अन्ततः भाकपा फुटेर नयाँ पार्टी भाकपा (माक्र्सवादी) गठन भएको अवस्था पुस्तिकामा उल्लेख गरिएको छ ।
भाकपा (माक्र्सवादी) ले पश्चिम बङ्गालको राज्य विधानसभामा दुई पटक बहुमत ल्याएर अन्य दलहरूसँग मिलेर दुई पटक संयुक्त सरकार चलायो । तर, सो सरकारले पनि किसानहरूको खेती समस्यालाई समाधान गर्न नसकेपछि कार्यकर्ताहरू असन्तुष्ट भएर गाउँ–गाउँमा किसानहरूमाझ सक्रिय भए । त्यो किसान सङ्घर्ष बिस्तारै सशस्त्र सङ्घर्षमा परिणत भयो । जसको प्रभाव भारतको विभिन्न भागमा प¥यो । नक्सलबाडी आन्दोलन एक उदाहरण बनेको पुस्तिकामा देखाउन खोजिएको छ । भाकपा (माक्र्सवादी) मा सैद्धान्तिक सङ्घर्षको क्रममा सन् १९६८ मा पार्टीको महाधिवेशन भयो । महाधिवेशनमा ‘वामपन्थी’ लाइन अल्पमतमा प¥यो । त्यसपछि असन्तुष्ट कार्यकर्ताहरूले पार्टी परित्याग गरी चारु मजदुमदारको नेतृत्वमा भारतका सबै क्रान्तिकारीहरूलाई एकगठ गर्न सम्पूर्ण भारतीय कम्युनिस्ट क्रान्तिकारीहरूको समन्वय समिति बनाए । सन् १९६९ अप्रिलमा लेनिनको शतवार्षिकीको दिन नयाँ पार्टी भाकपा (माक्र्सवादी– लेनिनवादी) गठन गरियो । जसको अध्यक्ष चारु मजुमदार चुनिए ।
भाकपा (माक्र्सवादी – लेनिनवादी) को सङ्घर्ष बङ्गालको विभिन्न ठाउँमा फैलियो । सरकारको दमन चर्किएपछि सो पार्टीको आन्दोलन भूमिगत हुन बाध्य भयो । त्यस सङ्घर्षले व्यक्तिहत्याको रूप लिँदै गयो । त्यसपछि हजारौँ सङ्ख्यामा नक्सलबाडीहरू पक्राउ परे । मुख्य–मुख्य नेताहरू गोलीबाट मारिए । अन्तमा नक्सलबाडी आन्दोलनका मुख्य नेता चारू मजुमदारको मृत्युपछि नक्सलबाडी आन्दोलनमा सैद्धान्तिक मतभेद झन् चर्कियो । सही राजनीतिक मूल्याङ्कनको अभावले भाकपा (माले) विभिन्न गुट–उपुगटमा विभाजित भयो । यसरी अनेक सैद्धान्तिक, राजनीतिक र कार्यनीतिक सतर्कताको अभाव एवम् वामपन्थी अवसरवादमा फस्दा नक्सलबाडी आन्दोलन असफल भएको इतिहास सरल सटिकरूपमा पुस्तिकामा समावेश गरिएको छ ।
तसर्थ, नेपाल र भारतको कम्युनिस्ट पार्टीहरू बेला–बेलामा सैद्धान्तिक सङ्घर्ष र मतभेदको क्रममा विभिन्न गुट र उपगुटमा विभाजन हुनुमा वामपन्थी अवसरवादको प्रभाव नै हो भन्दा फरक नपर्ला । विभिन्न समयमा भएका विराम र कमजोरीहरूको अध्ययन एवम् अनुसन्धान आवश्यक रहेको सन्देश यस पुस्तिकाले दिन खोजेको छ नयाँ पुस्तालाई । यस विषयमा कम्युनिस्ट पार्टीका नयाँ पुस्ताहरू गम्भीर र अझ सक्रिय हुनुपर्ने समयको आवश्यकता हो ।
Leave a Reply