शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
दिल्ली दङ्गासम्बन्धी मामिलामा दिल्ली विश्वविद्यालयका प्रोफेसर अपूर्वानन्दसित पुलिसको सोधपुछपछि कतिपय सञ्चारमाध्यमका समाचारमा पुलिसद्वारा चुहाइएका जानकारीका आधारमा भन्दै उहाँलाई दङ्गाको मास्टरमाइन्ड भनियो । कुनै पनि प्रामाणिक तथ्यहरूविना आइरहेका यस्ता समाचारहरूको उद्देश्यमात्र उहाँको छवि बिगारेर उहाँविरुद्ध जनमत तयार गर्नु हो भने लाग्छ ।
फेब्रुअरी २०२० मा उत्तरपूर्वी दिल्लीमा भएको साम्प्रदायिक हमलामा ५३ जनाभन्दा बढीको मृत्यु भएको थियो भने सयौँ जना घाइते भएका थिए । के त्यस साम्प्रदायिक घटनाको पछाडि कुनै ठूलो षड्यन्त्र थियो ?
स्वतन्त्र भारतमा साम्प्रदायिक दङ्गाका बारेमा अध्ययन गर्दैआएका विशेषज्ञहरूको मान्यता छ कि कुनै पनि दङ्गा अचानक त्यत्तिकै हुने गर्दैन । त्यसका लागि पहिल्यै साम्प्रदायिक सङ्गठनहरूले भड्काउपूर्ण भाषण दिने गर्छन्, गलत खबर फैलाइदिन्छन् र त्यसपछि हमला गर्छन् । एक आईएएस अधिकारी र मानवाधिकारकर्मीको हिसाबले काम गरेको आफ्नो पुरानो अनुभवका आधारमा सधैँजसो मेरो दावा रहेको छ कि यदि सरकारले चाहेमा देशको कुनै पनि सहरमा कुनै पनि दङ्गा एकाध घण्टाभन्दा बढी समयसम्म चल्न सक्दैन ।
दिल्लीमा भएको भयानक दङ्गाको केही हप्ता अगाडिमात्र भारतीय जनता पार्टीका शीर्ष नेताहरू, केन्द्रीय मन्त्रीहरू तथा उत्तर प्रदेशका मुख्यमन्त्रीले समेत विधानसभा चुनावको प्रचारको क्रममा निकै विषवमन गरेका थिए । तिनीहरू सबैको मुख्य निशाना नागरिकता संशोधन कानुन (सीएए) को विरोधमा शाहीन बाग, जामिया मिलिया इस्लामिया र दिल्लीको कैयौँ स्थानमा धर्नामा बसेका मुस्लिम महिलाहरू तथा युवा विद्यार्थीहरू थिए ।
तर, अहिले आएर दिल्ली पुलिसले दिल्ली दङ्गापछाडिको षड्यन्त्रका एक भिन्नै सुत्र खोजी गरेको छ । पुलिसले सत्ताधारी भाजपाका कुनै पनि नेताको बयान र भाषणलाई न भडकाउपूर्ण मानेको छ न तिनीहरूमध्ये कसैको विरुद्ध उजुरी दर्ता गरेको छ । तर, यो उदाङ्गो सत्य हो कि दिल्ली दङ्गाभन्दा अगाडि कसरी भाजपा नेताहरू भीडलाई उक्साउने भाषण र बयानबाजी गरिरहेका थिए ।
दिल्ली पुलिसको भनाइ छ – दिल्ली हिंसाको पछाडि सीएएविरुद्ध शान्तिपूर्णरूपमा धर्नामा बसिरहेकाहरू जिम्मेवार छन् । पुलिसको भनाइ छ सीएएविरुद्ध प्रदर्शन गरिरहेकाहरूले मुसलमानहरूभित्र डर जन्माइदिए कि सीएए लागु भएपछि मुसलमानहरूको नागरिकता हनन गरिनेछ जब कि कानुनमा कहीँ पनि यस्तो लेखिएको छैन ।
पुलिसको आरोप छ –सीएएविरुद्ध प्रदर्शन गरिरहेकाहरू शान्तिपूर्ण प्रदर्शनको मात्र देखावा गरिरहेका थिए, उनीहरूको भित्रभित्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको क्रममा हिन्दूहरूमाथि आक्रमण गर्ने र दङ्गा फैलाउने योजना थियो । पुलिसका अनुसार प्रदर्शनकारीहरूले ट्रम्पको भ्रमणका क्रममा यस्तो गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानाकर्षण गर्न सकिनेछ र नरेन्द्र मोदी नेतृत्वको सरकारलाई अस्थिर बनाउन सकिनेछ भनी सोचेका थिए ।
अनुसन्धानको बढ्दो क्षेत्र
यस कथित षड्यन्त्रको अनुसन्धान दिल्ली पुलिसको विशेष शाखाले एफआईआर उजुरी नम्बर ५९÷२० अन्तर्गत गरिरहेको छ । स्मरण रहोस् विशेष शाखाले आजसम्म आतङ्कवादजस्तो गम्भीर घटना र विषयहरूको अनुसन्धान गर्ने गर्छ । अपराध महाशाखाले ६ मार्चको दिन एफआईआर नम्बर (उजुरी नम्बर) ५९÷२० दर्ता गराएको थियो । यस उजुरीमा उत्तरपूर्वी दिल्लीमा भएको दङ्गा पूर्वनियोजित रहेको र एक षड्यन्त्रको माध्यमले त्यसलाई कार्यान्वयन गरिएको उल्लेख गरिएको थियो । मुख्य उजुरीमा दुई नाम उल्लेख छ ः १) उमर खालिद, जसमाथि आरोप छ कि उनले अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको क्रममा अरू कैयौँका साथमा धर्नामा बसेर भारतको अन्तर्राष्ट्रिय छवि धमिल्याउने कोसिस गरे र २) दानिश, उनले विभिन्न फरक फरक स्थानबाट मानिस बोलाएर उत्तरपूर्वी दिल्लीमा जम्मा गरे र उनीहरूका लागि हतियारको बन्दोबस्त गरे ।
सुरुआतमा यस मुद्दामा भारतीय दण्ड संहिता (आईपीसी) को धारा १२०, १४७, १४८ र १४९ लगाइएको थियो । तर, अप्रिलमा आएर अपराध महाशाखाले त्यसमा हातहतियारसम्बन्धी ऐन र गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) पनि जोडिदियो । सुरुमा तीनजना (मोहम्मद दानिश, मोहम्मद इलियास र मोहम्मद परवेज अहमद) लाई मात्र पक्राउ गरिएको थियो । उनीहरूलाई अदालतले जमानतमा रिहा गरिदियो । त्यतिबेला उनीहरूमाथि यूएपीएअन्तर्गतको मुद्दा लगाइएको थिएन । एफआईआर नम्बर ५९ को आधारमा पक्राउ गरिएकाहरूमा आम आदमी पार्टीका पूर्व पार्षद् ताहिर हुस्सैन, भारतीय राष्ट्रिय काङ्ग्रेसका पूर्व पार्षद् इशरत जहाँ, सामाजिक कार्यकर्ता खालिद सैफी, एमबीएकी विद्यार्थी गुलफिशा फातिमा, पीएचडी गरिरहेका मिरान हैदर, एमफिल गरिरहेका छात्राहरू सफुरा जरगर, नताशा नरवल र देवाङ्गना कलिता समेत छन् । कानुनअनुसार पुलिसले यस मामिलाको अनुसन्धान तीन महिनाभित्र गरिसक्नुपर्ने थियो र जून महिनामा अभियोगसहित मुद्दा दायर गर्नुपर्ने थियो । तर, पटियाला हाउस अदालतले अपराध महाशाखालाई १४ अगस्टसम्मको समय दियो । जब १४ अगस्टको दिन नजिक आउँदै थियो त कडकडडूमा अदालतले दिल्ली पुलिसलाई एक महिना अरू थप समय दियो । यस अवधिमा पुलिसको विशेष शाखाले सीएएविरुद्ध प्रदर्शनसित जोडिएका सयौँ युवा र सामाजिक कार्यकर्ताहरूलाई पक्राउको शैलीमा बोलाएर घण्टौँसम्म केरकार गरिसकेको छ । त्यसैक्रममा दिल्ली पुलिसको विशेष शाखाले प्रख्यात सामाजिक चिन्तक र दिल्ली विश्वविद्यालयमा हिन्दी साहित्यका प्रोफेसर अपुर्वानन्द झालाई लोधी रोडस्थित आफ्नो कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो ।
पाँच घण्टासम्म चलेको सोधपुछपछि प्रो. अपूर्वानन्दले आफ्नो सानो बयान जारी गरी भने, “पुलिस निकायको अधिकार क्षेत्र र घटनाको पूर्णरूपले निष्पक्ष अनुसन्धानको अधिकारको सम्मान गर्दै यो आशा गर्नुपर्छ कि यस पूरा अनुसन्धानको उद्देश्य शान्तिपूर्ण नागरिक प्रतिरोध र उत्तरपूर्वी दिल्लीका निर्दोषहरूका विरुद्ध हिंसा भड्काउने र त्यसको षड्यन्त्र रच्नेहरूलाई पक्राउ गर्नु हुनेछ । यस अनुसन्धानको उद्देश्य नागरिकता संशोधन कानुन (सीएए) २०१९, राष्ट्रिय जनसङ्ख्या पञ्जीकरण (एनपीआर) र राष्ट्रिय नागरिकता पञ्जीयन (एनआरसी) का विरुद्ध संवैधानिक अधिकारका आधारमा शान्तिपूर्ण तरिकाले देशभरमा आफ्नो विरोध जनाइरहेका प्रदर्शनकारी तथा उनीहरूका समर्थकहरूमाथि उत्पीडन गर्ने हुनुहुँदैन । यो बडो चिन्तित तुल्याउने कुरा छ कि एक यस्तो आधारहीन सिद्धान्त सिर्जना गर्न गइरहेको छ जसमा शान्तिपूर्ण धर्नाकारी र प्रदर्शनकारीहरू नै हिंसाको स्रोत भएको बताइँदै छ । म पुलिससित यो अनुरोध गर्दछु र यो आशा गर्दछु कि उनीहरूको अनुसन्धान पूर्णतया निष्पक्ष र न्यायसङ्गत होस् ताकि सत्य बाहिर आउन सकोस् ।”
प्रोफेसर अपूर्वानन्दसित गरिएको सोधपुछको पूरै भारतमा निन्दा गरियो । १५ सत्न्दा बढी बुद्धिजीवी, लेखक, कलाकार र सामाजिक कार्यकर्ताहरूले संयुक्त वक्तव्य जारी गरेर त्यसको भत्र्सना गरे । यहाँसम्म कि भारतको सबैभन्दा बढी छापिने र कहिलेकाहीँ आलोचनात्मक हुने अङ्ग्रेजी अखबार – ‘टाइम्स अफ इन्डिया’ले पनि त्यस विषयमा सम्पादकीय लेखेर विरोध जनायो ।
त्यसपछि सत्ताधारी भाजपासमर्थक दक्षिणपन्थी च्यानल र अखबारहरूले प्रोफेसर अपूर्वानन्दमाथि विभत्स हमला सुरु गरिदिए । बिनाकुनै प्रमाण भनिदिए कि अनुसन्धानको क्रममा पुलिसलाई अपूर्वानन्दको विरुद्ध कैयौँ तथ्य मिलेको छ जसबाट दिल्ली दङ्गामा उनको संलग्नता साबित हुन्छ । ११ अगस्ट २०२० को दिन आफ्नो एक कार्यक्रममा जी न्यूजले प्रोफेसर अपूर्वानन्दलाई ‘दिल्ली दङ्गाको प्रोफेसर’ भन्यो । त्यस च्यानलले पुलिसको विशेष शाखाको कुनै नाम नखुलेको अधिकारीको बयानलाई आधार बनाएर भन्यो –अनुसन्धानबाट पत्ता लागेको छ कि अपूर्वानन्दले सीएएविरोधी प्रदर्शनमा भाग लिएर दङ्गाको षड्यन्त्र रचिरहेका थिए । त्यसपछि त्यस च्यानलले गुलफिशा नामकी एक युवा कार्यकर्ताको भनाइको आधार भन्दै उल्लेख ग¥यो, “प्रोफेसर अपूर्वानन्दले उमर खालिद र राहुल रायजस्ता अन्य कार्यकर्ताहरूसित मिलेर, उनीहरूसित कैयौँ पटक गुप्त बैठकहरू राखेर दङ्गाको योजना तयार गरेका थिए ।” स्मरण होस् गुलफिशा फातिमालाई पनि दिल्ली पुलिसले दङ्गाको षड्यन्त्रमा सामेल भएको आरोपमा पक्राउ गरेको छ र तिनले प्रहरीलाई त्यसखाले कुनै बयान नदिएको आफ्ना परिवामार्फत स्पष्ट पारेकी छन् । यस्तैखाले समाचार पछि अरू सरकारपक्षीय च्यानलहरूमा दोहो¥याइ तेह¥याइकन प्रशारण गरियो ।
पछि जी मिडियाले एक छापा समाचार प्रकाशन ग¥यो जसमा सुत्रहरूको आधारमा भन्दै लेखियो– “गुलफिशाले पुलिससित स्वीकारेकी छन् कि प्रोफेसर अपूर्वानन्द हिंसा भड्काउनेहरूमध्येमा सामेल थिए र प्रोफेसरले प्रदर्शनमा सामेल भएबापत् तिनको तारिफ पनि गरेका थिए ।” समाचारमा अगाडि लेखिएको थियो, “प्रोफेसर अपूर्वानन्दले दिल्लीका विभिन्न भागमा प्रदर्शनहरू आयोजना गर्न र विश्वमा भारतको छवि बिगार्नका लागि गुलफिशालाई उक्साएका थिए । अपूर्वानन्दले दङ्गाभन्दा अगाडि उनलाई ढुङ्गा, खाली सीसी, एसिड र चक्कू राख्ने सल्लाह दिएका थिए । साथै, उनले महिलाहरूलाई आफूसित खुर्सानीको धुलो राख्नका लागि पनि भनेका थिए ।”
तर, यी सबै बिनाआधारको कल्पनामात्र हो । न प्रोफेसर अपूर्वानन्दले कसैलाई त्यस्तो सल्लाह दिएको कुनै प्रमाण छ न त गुलफिशाले आफूले त्यस्तो बयान दिएको स्विकारेकी छन् ।
बेतुक दावीहरूको शृङ्खला
त्यसपछि आप इन्डिया च्यानलले पुलिसबाट चुहिएको जानकारीमा आधारित भनेर एक समाचार प्रशारित ग¥यो । त्यस समाचारमा गुलफिशालाई नै उद्धृत गर्दै भनियो– “प्रो. अपुर्वानन्दले गुलफिशालाई भनेका थिए कि जामिया को–अर्डिनेसन कमिटीले दिल्लीको २०–२५ स्थानमा आन्दोलनका गतिविधि आयोजना गर्न गइरहेको छ । त्यसको उद्देश्य अन्तर्राष्ट्रियस्तरमा भारत सरकार आक्रामक छ र ऊ आफ्ना मुसलमान जनताविरुद्ध भेदभाव गरिरहेको छ भनी देखाउनु हो । त्यो त्यतिबेलामात्र सम्भव हुनसक्छ जब प्रदर्शनको आडमा दङ्गा गरिनेछ ।”
ती सबै समाचारहरूमा च्यानलहरूले आफूलाई पुलिसको सुत्रबाट जानकारी मिलेको दाबी गरेका थिए । यहाँ ध्यान दिनुपर्ने कुरा यो पनि छ कि दिल्ली पुलिसले पनि आजसम्म ती पुलिस सुत्रका आधारमा चलिरहेका खबरहरूको कुनै खण्डन गरेको छैन । यस अवस्थामा यो मान्न सकिन्छ कि पुलिसले नै जानीबुझिकन प्रोफेसर अपूर्वानन्दको छवि बिगार्नका लागि र उहाँको विरुद्ध जनमत तयार गर्नका लागि जानकारी चुहाएको हुनसक्छ । सायद प्रोफेसर अपूर्वानन्दलाई मिलिरहेको जनसमर्थन देखेर बहुलाएर दिल्ली पुलिसले आफ्ना विश्वसनीय सञ्चार घरानाहरूलाई गुप्त जानकारीहरू चुहाएको हुनुपर्छ । त्यसै आधारमा एक च्यानलले त समाचारमा प्रो. अपूर्वानन्दलाई ‘आतङ्ककारी प्रोफेसर’सम्म भन्न भ्यायो ।
दिल्ली पुलिसले कानुन र नियमहरूलाई बेवास्ता गर्दै अनुसन्धान भइरहेको मुद्दासित सम्बन्धित जानकारीहरू तातो – तातो समाचार बनाउनका लागि चुहायो । पुलिसका यी दुष्कार्य बुझ्नका लागि केही पक्षहरूमाथि विचार गर्न जरुरी छ । पहिलो त पुलिसले ती महिलाको बयान उद्धृत गरेको छ जो पहिले नै हिरासतमा छिन् र जसले पुलिसको बयानमाथि आफ्नो कुनै प्रतिक्रिया दिन सक्दिनन् । गुलफिशा फातिमालाई ९ अप्रिल २०२० को दिन जाफरावाद प्रदर्शनमा सडक बन्द गराएको आरोपमा पक्राउ गरिएको थियो र एफआईआर नम्बर ४८÷२० मा तिनीमाथि आईपीसीका कैयौँ दफाहरू लगाइएका थिए । त्यस एफआईआरमा तिनलाई १३ मेको दिन जमानतमा रिहा गर्ने फैसला भएको थियो तर पुलिसले पछि तिनीमाथि हातहतियारसम्बन्धी ऐन र यूएपीएका दफाहरू लगाएर जेलमा बन्द गरिदिएको छ ।
दोस्रो कुरा, यो कुरा सत्य नै मानिलिऔँ कि गुलफिशाले दिल्ली पुलिसलाई त्यस्तो बयान दिएकी पनि थिइन् । तब पनि पुलिसलाई हेक्का हुनुपर्छ कि यूएपीएसित सम्बन्धित मुद्दामा पुलिसलाई दिएको बयानलाई अदालतले सबुतका रूपमा स्वीकार गर्दैन । यसकारण अदालतसमक्ष गुलफिशाले दिएको भनिएका यी बयानहरूको कुनै अर्थ छैन भनी थाहा हुँदाहुँदै दिल्ली पुलिसले प्रो. अपूर्वानन्दको छबि बिगार्नकै लागि ती बयानसित सम्बन्धित जानकारी सञ्चारमाध्यमहरूलाई चुहाइदिएको हो ।
एफआईआर नम्बर ४९÷२० को लागि पुलिसले अहिलेसम्म कसैका विरुद्ध पनि अदालतमा अभियोगपत्र दायर गरेको छैन । पुलिसलाई त गुलफिशाको नाम नै दङ्गासित सम्बन्धित अन्य एक आरोपीले बयानका क्रममा दिएका थिए । त्यस व्यक्तिले पछिबाट द हिन्दू समाचारपत्रलाई भनेका थिए कि फेब्रुअरीमा भएको दङ्गामा घाइते भएर उसको आँखाको ज्योति गुमेको थियो र त्यसकारण पुलिस हिरासतमा उसलाई के लेखिएको बयानमा सही गराइयो थाहा भएन । त्यस व्यक्तिले त यो पनि भनेका थिए कि उनले गुलफिशा नामका कुनै व्यक्तिको नाम आजसम्म पनि सुनेका छैनन् । गुलफिशाको बारेमा जानकारी ती व्यक्तिले नै दिएको भनी पुलिसले दावी गरेको थियो ।
एकैखाले बयान
यो मामिला अझै विवादास्पद तब बन्यो जब पुलिसको विभिन्न अभियोगपत्रहरूमा भिन्न भिन्न व्यक्तिहरूका बयान एकदमै एकैखाले पाइयो । उदाहरणका लागि एफआईआर नम्बर ६०÷२० (हेड कान्सटेबल रतनलालको हत्यासम्बन्धी) को अभियोगपत्रमा ७ व्यक्तिका बयान एकैखाले पाइयो भने एफआईआर नम्बर ५०÷२० मा (२५ फेब्रुअरी २०२० मा जाफरावादमा हिंसासम्बन्धी) अभियोगपत्रमा १० व्यक्तिका बयान एकदमै एकैखाले थियो । त्यस्तै आईबी कर्मचारी अङ्कित शर्माको हत्यासम्बन्धी एफआईआर नम्बर ६५÷२० को अभियोगपत्रमा पनि ४ व्यक्तिका बयान पूरै एकैखाले थियो । र अन्ततः दिल्ली पुलिसले त्यस कथित बयान दिने गुलफिशा वा प्रोफेसर अपूर्वानन्दलाई आफूमाथि लागेको आरोपमा जवाफ दिने एक अवसर पनि नदिई सञ्चारमाध्यमहरूलाई जानकारी दिएर हातहातै बिक्ने समाचार बनाउन दियो ।
भारतको गृहमन्त्रालय र उच्चस्तरीय अदालतहरूले कैयौँ पटक पुलिसलाई जब कुनै मुद्दाको अनुसन्धान भइरहेको छ भने कुनै पनि भित्री जानकारी सञ्चारमाध्यमलाई दिन नसकिने र नहुने भनी सचेत गराएका छन् । दिल्ली दङ्गाको मामिला हेर्ने हो भने पुलिसले सञ्चारमाध्यमहरूलाई सुरुदेखि नै भित्री जानकारी चुहाइरहेको देखिन्छ । पिँजडा तोड सङ्गठनका देवाङ्गना कलितालाई जाफरावाद मेट्रो स्टेसनमा भएको दङ्गाको षड्यन्त्रकर्ता भएको बताउँदै पुलिसले एक सङ्क्षिप्त नोट नै जारी गरेको थियो । देवाङ्गनाले त्यसविरुद्ध दिल्ली उच्च न्यायालयमा एक जनहित निवेदन दायर गरेकी थिइन् । त्यसमाथि सुनुवाइ गर्दै २७ जुलाई २०२० का दिन दिल्ली उच्च न्यायालयले दिल्ली पुलिसलाई निर्देशन दिएको थियो कि जबसम्म आरोप सिद्ध हुँदैन तबसम्म सञ्चारमाध्यममा कुनै बयान जारी नगर्नू । दिल्ली उच्च न्यायालयले भारत सरकार गृहमन्त्रालद्वारा १ अप्रिल २०१० मा जारी पुलिसद्वारा सञ्चार नीति पनि स्मरण गराएको थियो । त्यस निर्देशमा गृहमन्त्रालयले भनेको छ कि पुलिसद्वारा मात्र आवश्यक केही तथ्यहरूलाई मात्र सञ्चारमाध्यमको अगाडि ल्याइयोस् र अनुसन्धानको क्रममा कुनै पनि प्रकारको अपुष्ट जानकारी सञ्चारमाध्यमलाई नदिइयोस् ।
निर्देशमा यो पनि भनिएको थियो कि पुलिस कुनै पनि मुद्दामा यी चार तथ्यको जानकारी दिने उद्देश्यले मात्र सञ्चारमाध्यमसामु देखापरोस् –१) मुद्दा दर्ता, २) आरोपीहरूको पक्राउ, ३) मुद्दाको अभियोगपत्र दायर भएपछि र मुद्दाको अन्तिम फैसला आएपछि, जस्तो – दोषी साबित भएपछि वा निर्दोष भई रिहाइ भएपछि । तर, प्रोफेसर अपूर्वानन्दको मामिलामा पुलिसले कुनै आधिकारिक वक्तव्य त जारी गरेन बरु अनाधिकारिक तरिकाले सञ्चारमाध्यमहरूलाई झूटो जानकारी चुहाएर आफ्नै सञ्चार नीतिलाई कसिङ्गरसँगै मिल्काइदियो । २०१८ मा रोमिला थापर विरुद्ध भारतीय सङ्घ मुद्दाको सुनुवाइको क्रममा सर्वोच्च न्यायालयका न्यायाधीश चन्द्रचुडले भनेका थिए – “कुनै पनि मुद्दाको अनुसन्धानको क्रममा राज्यको अनुसन्धान निकाय नै यदि इलेक्ट्रोनिक सञ्चारमाध्यमको माध्यमबाट जनताको धारणामा प्रभावित गर्ने कोसिस गर्छ भने त्यसबाट अनुसन्धानको निष्पक्षतामाथि असर पर्छ नै ।
यसरी सबै निर्देशहरू हुँदाहँुदै दिल्ली पुलिस सीएएविरोधी प्रदर्शनमा भाग लिएका युवा, सामाजिक चिन्तक र कार्यकर्ताहरूविरुद्ध झूटो प्रचार फैलाउनमा लागेको छ । यी सबै कार्यकर्ताहरूको दोष यतिमात्र हो कि तिनीहरूले सीएएविरुद्ध शान्तिपूर्ण तरिकाले जनप्रदर्शन गरे । एक राष्ट्रको रूपमा आज हामी यस्तो दुःखद स्थितिमा पुगेका छौँ । यो देखेर अत्यन्त दुःखद र चिन्ता लाग्छ कि प्रोफेसर अपूर्वानन्द झा जस्तो एक महत्वपूर्ण, बहादुर र सम्मानित बुद्धिजीवीलाई पनि सत्ताको ताकतबाट डराउने धम्काउने कोसिस भइरहेको छ । दिल्ली पुलिस हल्ला, झूट प्रचार र मनगढन्त जानकारीहरूलाई सत्यको जामा लगाउन दिएर निर्लज्जताका साथ प्रचार गर्न र गराउन सक्छ । किन कि उसलाई थाहा छ कि देशको सबैभन्दा शक्तिशाली व्यक्तिको हात उसको काँधमाथि छ ।
यस लेखको अन्त प्रोफेसर अपूर्वानन्दकै केही शब्दहरूबाट गर्न चाहन्छु ः “आजका यी सबै घटना भारतका मुसलमानहरूविरुद्धको युद्ध हो । यसलाई यिनै शब्दहरूमा भन्नुपर्छ र यसको क्षेत्र निकै ठूलो छ । … हामीले स्मरणमा राख्नुपर्छ कि भारतलाई यस युद्धमा सत्ताधारी पार्टीले नै धकेलेको हो । यो सरकारलाई त्यस पार्टीले बनाएको हो जसले समाजका एक वर्गको रूपमा समाजकै एक सम्प्रदायविरुद्ध सधैँ घृणा र हिंसालाई प्रोत्साहन दिएको छ र उनीहरूका विरुद्ध हिंसा सुरु गरेको छ ।”
“यो पनि भन्नैपर्छ कि यस देशको निजामति र प्रहरी सेवामा रहेका हाम्रा सर्वश्रेष्ठ युवाहरूले यसमा हत्याराहरूकै साथ दिइरहेका छन् । यो पनि भन्नैपर्छ कि जब हाम्रा छिमेकी चोट र पीडाले रोइरहेका थिए हामी निश्चिन्त भएर सुतिरहेका थियौँ र हामीले उनीहरूलाई खुलेर कराउन पनि दिएनौँ । चाहे यो युद्ध लामो समयसम्म चलोस् तर एक न एक दिन हामी यसबाट बाहिर निक्लनेछौँ र त्यस दिन हामी आफ्नो मौनताको लागि लज्जित हुनेबाहेक अर्को विकल्प हामीसामु हुनेछैन । आज हामी पीडितहरूमाथि नै शिकार भएको दावी गर्दै अपराधी भएको आरोप लगाइरहेका छौँ । उनीहरूलाई आफ्नो काल्पनिक पिँजडाबाट निक्लनलाई भनिरहेका छौँ । यसखाले दोहोरोपनको कुनै समय त अन्त्य हुने नै छ ।”
(The smoke of consipracies : The targeting of Professor Apporuvanand)
अनुवाद ः प्रकाश
Leave a Reply