इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, १३ भदौ । भक्तपुर जिल्लामा शनिबार १५ जना व्यक्तिमा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ३ बाराहीस्थानमा ५ जना व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो स्थानका ५९ वर्षका पुरुष, ३४ वर्षका पुरुष, ३२ वर्षका पुरुष, ५४ वर्षकी महिला र ३० वर्षकी महिलामा कोभिड–१९ पुष्टि भएको हो ।
त्यस्तै भक्तपुर नपा वडा नं १० कमलविनायकका ४९ वर्षका एक जना पुरुषमा पनि कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । भक्तपुर नपा वडा नं ३ का ८२ वर्षका सङ्क्रमित पुरुषको शुक्रबार निधन भएको थियो ।
त्यस्तै शनिबार साँझ भक्तपुरमा थप केही व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । भक्तपुर नगरपालिकाले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ६ मा दुई जना पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । ५४ वर्ष र ३० वर्षका दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरूमध्ये ३० वर्षका पुरुषलाई भक्तपुर अस्पतालको आइसोलेसनमा पठाइएको छ । उनलाई केही दिनदेखि टाउको दुखिरहेको थियो । ५४ वर्षका पुरुष होम आइसोलेसनमा छन् । त्यस्तै भक्तपुर नपा वडा नं २ का ३२ वर्षका एक जना पुरुषमा कोभिड–१९ पुष्टि भएको छ ।
भक्तपुर नपा वडा नं १ दूधपाटीमा ७८ वर्ष र ४० वर्षका दुई जना पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।
भक्तपुर नपा वडा नं १० पाइपलाइनमा एक जना ४९ वर्षका पुरुषमा कोभिड–१९ पुष्टि भएपछि उनलाई पनि भक्तपुर अस्पतालको आइसोलेसनमा पठाइएको जानकारी प्राप्त भएको छ ।
मध्यपुर थिमि नपाको लोकन्थलीका ४५ वर्षकी महिला, २८ वर्षका महिला र २९ वर्षका पुरुष पनि सङ्क्रमित भएका छन् । मध्यपुर नपा वडा नं ४ नाय्टोलका ८४ वर्षका एक पुरुषमा पनि कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
सूर्यविनायक नपा पाण्डुबजारका २७ वर्षका एक पुरुष, सिरुटारका ४० वर्षका पुरुष र कटुञ्जेका ३६ वर्षका एक जना पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।
उपत्यकामा १८६ सहित ८८४ मा कोरोना
गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट उपत्यकामा छ जनासहित १२ जनाको मृत्यु भएको जानकारी दिनुभयो । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ ।
गत २४ घण्टामा थपिएका प्रदेश नं १ अन्तर्गत इलाममा एक, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, सङ्खुवासभामा तीन र सुनसरीमा २४, प्रदेश नं २ अन्तर्गत धनुषामा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटमा पाँच, सप्तरीमा दुई, सर्लाहीमा ८३ र सिराहामा २२ जना छन् । त्यस्तै बाग्मती प्रदेशअन्तर्गत काठमाडौँमा १५५, काभ्रेपलाञ्चोकमा १९, चितवनमा ५७, दोलखामा एक, धादिङमा नौ, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा नौ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना सङ्क्रमण भएको छ ।
त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत कास्कीमा तीन, नवलपरासीपूर्वमा २३ र लमजुङमा २९, प्रदेश नं ५ अन्तर्गत कपिलवस्तुमा दुई, गुल्मीमा एक, दाङमा १९, नवलपरासी पश्चिममा १०, बाँकेमा २० र रुपन्देहीमा १६ छन् । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा एक, रुकुमपश्चिममा एक र सुर्खेतमा १० जना छन् । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा तीन, बझाङमा २६ र बैतडीमा २१ जना गरी २४ घण्टामा ८८४ जनामा कोरोना देखिएको हो । तीमध्ये महिला २४२ र पुरुष ६४२ छन् ।
हालसम्म विश्वमा दुई करोड ४९ लाख २० हजार २४ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ४१ हजार ४८६ व्यक्तिको मृत्यु भइसकेको छ । एक करोड ७३ लाख तीन हजार ८१८ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । हालसम्म जम्मा ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ३५ जना छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या २० हजार ५५५ छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला मुस्ताङ र हुम्ला गरी दुई जिल्ला छन् ।
Leave a Reply