भर्खरै :

“व्यक्तिहत्याले समाज परिवर्तन सम्भव हुँदैन”

काभ्रे, १३ भदौ । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा भक्तपुर काण्ड (भदौ ९, कालो दिन) को भत्र्सना गर्दै शनिबार जुम एप्लिकेसनमार्फत कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सांसद प्रेम सुवालले २०४५ साल भदौ ५ गतेको भूकम्पबाट क्षति भएका पीडित जनताको उद्धारमा लागेको समयमा राहत वितरणबारे केही थाहा नभएका तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका नेता कार्यकर्ताहरूलाई ह्योजू मारेको आरोप लगाउनु षड्यन्त्र भएको बताउनुभयो ।
“नेमकिपा व्यक्तिहत्या गरेर क्रान्ति सफल हुन्छ भन्ने विचारप्रति कहिल्यै सहमत छैन”, सचिव सुवालले भन्नुभयो ।
निरङ्कुश पञ्चायती शासकहरूले पुलिस प्रशासनको घेरामा एकतर्फी सरजमिन गर्दा नेपाल क्रान्तिकारी महिला सङ्घका कार्यकर्ताहरूले पक्षपातपूर्ण सरजमिन खारेजीको माग गर्दै जुलुस प्रदर्शन गरेको स्मरण पनि उहाँले गर्नुभयो ।
पञ्चहरूको दबाबको कारण कतिपय कार्यकर्ताले पञ्चायती शासकसामु आत्मसमर्पण गरेको उल्लेख गर्दै उहाँले शत्रुसामु झुक्नु हुन्न भन्ने शिक्षा शिक्षकहरूले नयाँ पुस्ताका विद्यार्थीहरूलाई सिकाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अतिथि सुवालले भन्नुभयो, “अमेरिकी सेनाले उहानमा खेलमा सहभागी हुँदा कोरोना भाइरस सारेको हो । अमेरिकाले चाइनिज भाइरस भनी संसारलाई ढाँटेको छ । स्पेनिस फ्लु पनि अमेरिकाबाट स्पेनमा सरेको हो ।”
“वर्गीय दृष्टिकोणबाट हेर्दा हिजोका पञ्चायत र अहिलेको गणतन्त्रमा तात्विक भिन्नता छैन । दिन दुगुना रात चौगुना भ्रष्टाचार बढिरहेको छ । सरकार माफियाहरूको घेरामा छ”, उहाँले भन्नुभयो ।
“कोभिड १९ रोकथाम गर्न सरकार असफल छ । युवाहरूलाई विदेशमा निर्यात गर्ने सम्पूर्ण सरकार यसको जिम्मेवार हो । विदेशबाट फर्कने कामदार युवाहरूलाई सिमानामा क्वारेन्टाइनको व्यवस्था गरेर जाँचपश्चात् सुरक्षितरूपमा घर पठाउनुपथ्र्यो । सशस्त्र प्रहरीलाई खुला सिमानामा राख्नुपथ्र्यो ।” सचिव सुवालले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले भूकम्पको कारण पीडित जनतालाई राहत वितरण नगरी कुनै क्षति नभएकाहरूलाई राहत वितरण गरिएकोले अप्रिय घटना भएको बताउनुभयो ।
जनताले हुलबाट बचाएर प्रहरीको भ्यानमा पु¥याइएको ह्योजू पञ्चायती शासक र प्रशासनको घेरामा मृत्यु हुनु षड्यन्त्र नै भएको विचार उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, अर्का वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङ, शिक्षिका सीता प्रजापति, डा.हरिप्रसाद मानन्धर, त्रिरत्न मानन्धर, लक्ष्मीराम न्हुछेप्रधान, ओमप्रसाद मानन्धर र तारा न्यौपानेले बोल्नुभएको थियो ।
भनपामा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम
त्यस्तै भक्तपुर काण्डको विरोधमा भक्तपुर नगरपािलकाका जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबीच जुममार्पmत भत्र्सना कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको स्मरण गर्दै निरङ्कुश पञ्चायती शासनको अन्त्य हुनुमा भक्तपुर काण्ड एक कारक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सङ्कटको बेलामा पनि सामना गर्ने पाठ भक्तपुर काण्डले सिकाएको छ । शत्रुको अगाडि नझुकी अन्तिम दमसम्म लड्नुपर्छ । देश र जनताको सेवामा लाग्नेहरू विचलित हुनुहुन्न । सङ्कटमा साथ दिने सच्चा मित्र हुन्छ ।”
नगर प्रमुख सुनिल प्रजापतिले पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीलाई परास्त गर्न प्रतिक्रियावादीहरूले ठूलो षड्यन्त्र रचेको स्मरण गर्दै सधैँ सत्यको पक्षमा उभिनुपर्छ भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले शिक्षा, संस्कृति र सम्पदा संरक्षणमा नेमकिपाको योगदान महत्वपूर्ण रहेकोबताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर काण्डको समयमा पञ्चायतले देशैभरिका नेमकिपाका कार्यकर्तालाई बिगार्ने र लोभमा फसाउने कार्य गरेको बताउनुभयो । कार्यक्रममा भनपा वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्व, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, वडा नं. ६ का वडा सदस्य गोविन्द दुवाल, वडा नं. ८ का वडा सदस्य पञ्चलक्ष्मी दुवाललगायतले भक्तपुर काण्डबारे आ–आप्mनो अनुभव राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *