के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
संसारकै महाशक्ति देश संरा अमेरिकामा पछिल्लो समय जे पनि घटना भइरहेका छन्, ती सबै घटनाले मानव सभ्यताको इतिहासमा धेरै गौरवशाली पाना लेख्न सफल त्यो देशका पुर्खालाई लज्जित बनाइरहेको छ । उपनिवेशवादविरोधी सङ्घर्ष, प्रजातान्त्रिक क्रान्ति, मजदुर वर्गका आन्दोलन, श्रमिक महिलाहरूको आन्दोलन, नागरिक आन्दोलनदेखि विज्ञान प्रविधि र साहित्य–दर्शनमा संरा अमेरिकाको योगदानलाई कसैले चाहेर पनि नकार्न सक्दैन । इतिहासमा धेरै आदर्श पात्रहरू जन्मेको यो भूमिका आजका चिन्तक र प्रतिभावान व्यक्तिहरूका योगदानलाई समकालीन संसारले नकार्न कदापि सक्दैन । तथापि, त्यो सभ्यता र संस्कृतिको देशबाट झन्डै नियमितजस्तै आइरहने केही समाचारले भने संसारलाई आश्चर्यमा पार्ने गरेको छ ।
गएको मङ्गलबार विनकनसिन राज्यमा प्रहरीले एकजना अफ्रिकी–अमेरिकी नागरिकलाई सात वटा गोली हानी गम्भीर घाइते बनायो । ज्याकोब ब्लेक नामका एकजना पुरुषलाई उनका तीन सन्तानकै अघि प्रहरीले गोली हानेको थियो । निहत्था ज्याकोबमाथि प्रहरीले गरेको हमलाको कारण उनी गम्भीर घाइते छन् । ज्याकोबको परिवारले दिएको जानकारीअनुसार ‘कुनै चमत्कार भएमात्र’ उनी सामान्यरूपमा हिँड्न सक्नेछन् ।
संरा अमेरिकी जनताले थालेको आन्दोलनले एक दिन त्यहाँको शोषण र विभेदमा आधारित शासन व्यवस्था उल्टाउनेमा नेपाली जनता आशावादी छन् । संरा अमेरिकाले जसरी मजदुर सङ्घर्ष र नागरिक अधिकारको आन्दोलनमा संसारलाई महत्वपूर्ण शिक्षा दिएको थियो, त्यसरी नै समानतामा आधारित शोषणरहित समाज स्थापनामा पनि संरा अमेरिकी जनताले संसारलाई उज्यालो देखाउनेमा हामी विश्वस्त छौँ ।
मिनिसोटा राज्यको मिनिआपोलिस सहरमा जोर्ज फ्लोड नामका एकजना अर्धवैशेलाई घाँटीमाथि घुँडाले टेकेर निर्मम हत्या गरेको केही समयपछि नै विनकनसिनमा यस्तो घटना भएपछि संरा अमेरिकाका सडकमा फेरि जातीय विभेदविरुद्ध आगो सल्केको छ । सो घटनाको विरोधमा शुक्रबार संरा अमेरिकाको राजधानी वाशिङ्टनस्थित लिङकन मेमोरियलमा विशाल जनप्रदर्शन भयो । प्रदर्शनमा लाखौँ मानिसको सहभागिता थियो । कोभिड–१९ को तीव्र सङ्क्रमणबीच भएको सो प्रदर्शनले संरा अमेरिकी जनता जातीय विभेद र प्रहरी ज्यादतीबाट कति आजित छन् भन्ने कुरा प्रस्ट हुन्छ ।
संसारलाई ‘सभ्यता’ र ‘आधुनिकता’ को पाठ पढाउने संरा अमेरिकाका शासक र अनुदार वर्गमा आज पनि विभेदकारी सोच र दमनकारी व्यवहार बाँकी रहनु दुःखद हो । जोर्ज फ्लोड र ज्याकोब ब्लेक संरा अमेरिकामा संस्थागत बनेको जातीय विभेद र काला तथा अन्य अल्पसङ्ख्यक समुदायमाथिको दमनका पछिल्ला शिकारमात्र हुन् । यसअघि शताब्दियौँदेखि काला, आदिवासी र अल्पसङ्ख्यक आप्रवासीहरूमाथि अमेरिकी संस्थापनले निर्मम दमन र विभेद गर्दै आएको छ । यस्ता विभेद नै संरा अमेरिकामा व्याप्त शोषणमूलक शासन व्यवस्थाको आधार बनेको छ । विभेदमा परेका समुदाय र जाति नै आज शोषणको शिकार पनि बनेका छन् ।
संरा अमेरिकामा शासन गर्दै आएका दुई दलबीच खास कुनै अन्तर छैन । उनीहरू दुवै संरा अमेरिकी शोषक वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू हुन् । तथापि अहिलेको राष्ट्रपति ट्रम्पजस्ता असहिष्णु शासकको उदयले यस्ता विभेद र अत्याचारका घटना अझ बढ्ने गरेको छ ।
संसारलाई लोकतन्त्र, समानता र स्वतन्त्रताको पाठ सिकाउने संरा अमेरिकामै संसारकै सबभन्दा घिनलाग्दो विभेद बाँकी रहनु न्यायप्रेमी अमेरिकी जनताको अपमान हो । जसरी संसारका न्यायपूर्ण आन्दोलन र सङ्घर्षमा संरा अमेरिकी जनताले ऐक्यबद्धता व्यक्त गर्छन्, त्यसरी नै संरा अमेरिकी जनताले आप्mनो देशमा व्याप्त जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको अहिलेको आन्दोलनमा नेपालका न्यायप्रेमी जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्नु हाम्रो अन्तर्राष्ट्रिय कर्तव्य हो ।
संरा अमेरिकी जनताले थालेको आन्दोलनले एक दिन त्यहाँको शोषण र विभेदमा आधारित शासन व्यवस्था उल्टाउनेमा नेपाली जनता आशावादी छन् । संरा अमेरिकाले जसरी मजदुर सङ्घर्ष र नागरिक अधिकारको आन्दोलनमा संसारलाई महत्वपूर्ण शिक्षा दिएको थियो, त्यसरी नै समानतामा आधारित शोषणरहित समाज स्थापनामा पनि संरा अमेरिकी जनताले संसारलाई उज्यालो देखाउनेमा हामी विश्वस्त छौँ ।
Leave a Reply