नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
‘आमा’ शब्द आफैँमा महान छ । आफूलाई मेटाएर आफ्नो सन्तानको रक्षा गर्ने देवी आमा नै हुन् । आमाको महिमा अपरम्पार छ । सायद यही कारणले हरेक नारी आमा बन्न चाहन्छ । एउटी बालिका वयस्क भएपछि उनको विवाह हुन्छ । त्यसको केही समयपछि उनी आमा बन्छिन् । यो प्राकृतिक नियम हो । तर, प्रकृतिको अर्को नियम पनि छ । सबै युवती विवाहपश्चात् पनि आमा बन्न सक्दैनन् ।
सन् २००६ मा गरिएको एक अध्ययनअनुसार विश्वमा करिब ३.७ प्रतिशत मानिस बाँझोपनको सिकार भएका छन् । त्यसैगरी बाँझोपनसम्बन्धी गरिएको अर्को अध्ययनले दक्षिण एसियामा बाँझोपनको दर १० प्रतिशत र नेपालमा १२ प्रतिशत रहेको जनाएको छ । बाँझोपन रहनु अथवा एउटी महिला आमा बन्न नसक्नुमा उसको प्रजनन अङ्गको खराबी, हर्मोनको गडबडी अथवा अरू नै विभिन्न कारण हुनसक्छन् अथवा उनको श्रीमान्को पनि कमजोरी हुनसक्छ । यो पनि प्राकृतिक नै मान्नुपर्दछ । किनकि प्रकृतिमा सबै वयस्कले सन्तान दिनसक्नुपर्छ भन्ने हुँदैन र हुनु जरूरत पनि छैन ।
यो नियम मानिसमा मात्र नभई पृथ्वीका सबै प्रजातिलाई लागू हुन्छ । कुनै पनि प्रजातिको जनसङ्ख्या नियन्त्रणमा राख्नको निम्ति प्रकृतिले विभिन्न खेल खेलेको हुन्छ र त्यही खेल मध्येको एउटा खेल बाँझोपनलाई मान्न सक्छौँ ।
हाम्रो देशको नियम–कानुनकै कुरा गर्ने हो भने पनि प्रजनन अधिकारलाई हाम्रो संविधानले आधारभूत अधिकारको रूपमा उल्लेख गरेको छ । यो नियमअनुसार कुनै पनि दम्पतीले आफ्नो सन्तान जन्माउने वा नजन्माउने, कति वटा जन्माउने, कुन बेला जन्माउने भन्ने कुराको निर्णय लिने अधिकार त्यही दम्पतीलाई बाहेक अरूलाई हुँदैन र यो अरूको चासोको विषय पनि होइन ।
तर, विडम्बनाको कुरा आजको २१ औँ शताब्दीमा आइपुग्दा पनि हाम्रो समाजमा सबै दम्पतीले यो अधिकार पूर्णरूपमा उपभोग गर्न पाइरहेका छैनन् । दम्पतीको चाहना होस् वा नहोस् उनीहरूले घर–परिवारको निम्ति सन्तान घर परिवारले भनेको समयमा दिनुपर्ने हुन्छ । अझ छोरा नपाएसम्म जति वटा छोरी भए पनि निरन्तर प्रयास जारी गर्नुपर्ने बाध्यता धेरै दम्पतीले भोगेको हाम्रो निम्ति सामान्य भइसक्यो । त्यसैगरी कुनै दम्पतीले बिहे गरेको केही समयभित्रमा बच्चा जन्माएनन् भने धेरै आफन्त, छरछिमेक, घरपरिवार र शुभचिन्तकको चासोको विषय बन्छ र त्यसमध्ये धेरै जनाले त अनेक उपाय पनि सुझाउन भ्याइसकेका हुन्छन् ।
सदियौँदेखि हाम्रो समाजले एउटी नारीलाई आमा बनेपछि मात्रै पूर्णता पाउने कुरामा जोड दिँदै आएको छ । त्यसैगरी एउटा पुरूषले मर्दको दर्जा पाउन सन्तान जन्माउनैपर्ने कुरालाई पनि उत्तिकै जोड दिँदै आएको छ । के एउटी नारी÷पुरूष आफैमा पूर्ण हुनसक्दैनन् ? के असल व्यवहार, व्यावहारिक सीप, बानी–व्यहोराले उनलाई पूर्णता दिन सक्दैन ? के उनले समाजको उत्थानको निम्ति गरेका योगदानको कुनै अर्थ रहँदैन ? नारीलाई÷पुरूषलाई पूर्णता दिने भनेको सन्तानले मात्रै हो ?
कुन डाक्टरकोमा जाने, कुन मन्दिरमा पूजा लगाउने, कुन व्रत लिने, कुन बुटी बाँध्ने, कुन धामी–झाँक्री, कुन फुक्नेकोमा जाने जस्ता सुझाव सुझाउन भ्याइसकेका हुन्छन् । हरेक भेटमा विना कुनै चार्ज÷फिस त्यो दम्पतीले सुन्न चाहेको होस् वा नहोस् । केही हदसम्म त यस्ता सुझाव पनि ठिक्कै हुन् तर पहिले नै धेरै डाक्टर, धामी–झाक्री, फुक्नेकोमा गइसकेर अनि थुप्रै देवी देवतामा भाकल गरिसकेर पनि उपलब्धि नपाएका दम्पतीलाई यस्ता सुझावहरूले कति मानसिक तनाव हुन्छ भन्ने कुरा सुझाव दिनेले बुझ्न सक्दैन । यो पीडा कठित शुभचिन्तकहरूले बुझ्नु आवश्यक छ ।
बाँझोपन कुनै पनि दम्पतीको चाहना हुँदैन, बाध्यता हुन्छ र यो तीतो यथार्थलाई धेरै निःसन्तान दम्पतीले समयसँगै स्वीकार गरिसकेका हुन्छन् । विनासन्तान आफ्नो जीवनलाई कसरी खुसीमय बनाउने भन्नेबारे सोचिसकेका हुन्छन् । निःसन्तान दम्पतीका परिवारका सदस्यहरूले, धेरै माया गर्ने नजिकका साथी–भाइले हौसला दिई यस्ता निर्णयहरूलाई स्वागत गरिसकेका हुन्छन् तर कठित शुभचिन्तकहरूको भने टाउको दुखाइ र चियोचर्चाकै विषय बनिरहेको हुन्छ । अझ अचम्मको कुरा त एउटी नारी बाँझी भई भने त्यही बाँझोपनको आधारमा उसलाई सबैभन्दा बढी अपमानित गर्ने प्राणी नारी नै हुनेछ । पुरूषको सन्दर्भमा पनि यही कुरा लागु हुन्छ । धेरै घर गृहस्थी यही कारण लथालिङ्ग भएका उदाहरण पनि हाम्रो समाजमा प्रशस्तै भेटिन्छन् ।
सदियौँदेखि हाम्रो समाजले एउटी नारीलाई आमा बनेपछि मात्रै पूर्णता पाउने कुरामा जोड दिँदै आएको छ । त्यसैगरी एउटा पुरूषले मर्दको दर्जा पाउन सन्तान जन्माउनैपर्ने कुरालाई पनि उत्तिकै जोड दिँदै आएको छ । के एउटी नारी÷पुरूष आफैमा पूर्ण हुनसक्दैनन् ? के असल व्यवहार, व्यावहारिक सीप, बानी–व्यहोराले उनलाई पूर्णता दिन सक्दैन ? के उनले समाजको उत्थानको निम्ति गरेका योगदानको कुनै अर्थ रहँदैन ? नारीलाई÷पुरूषलाई पूर्णता दिने भनेको सन्तानले मात्रै हो ? मेरो प्रश्न छ यो समाजलाई, यो धारणालाई र यो धारणालाई निरन्तरता दिने सबै जनालाई ¤ यही धारणाका कारण धेरै निःसन्तान दम्पती समाजमा प्रतिष्ठा गुमाउन बाध्य छन्, दयाका पात्र बनेका छन् र सहानुभूतिका पात्र बन्न बाध्य छन् ।
परापूर्वकालमा जब मानिस कृषि युगमा थिए, त्यो बेला कृषिजन्य कामको निम्ति धेरै जनशक्तिको आवश्यकता पथ्र्यो र आजको जस्तो आधुनिक मेसिनको विकास पनि भइसकेको थिएन । सायद त्यसैले धेरै सन्तान हुनेको प्रगति चाँडै हुन्थ्यो र धेरै सन्तान हुनेको सामाजिक प्रतिष्ठा पनि बेग्लै हुँदो हो । सन्तानको मोह बढी हुन्थ्यो । त्यसैगरी मानिसको जीवन जिउनको निम्ति केही न केही आवश्यकता पूरा गर्नुपर्ने हुन्छ र त्यो जमानामा सायद अरू विकल्पहरू नभएकोले आफ्नो जीवनको एउटैमात्र उद्देश्य भनेकै सन्तान पाउने र उनीहरूको पालनपोषण गर्नुहुन्थ्यो । यसका साथसाथै सन्तानलाई अझ भनौँ छोरालाई भविष्यको÷बुढेसकालको सहाराको रूपमा लिइन्थ्यो र अझै पनि लिइन्छ । तर बदलिँदो परिवेशसँगै, प्रविधिसँगै आजको युग त्यो युगभन्दा धेरै अगाडि पुगिसक्यो । कृषिको निम्ति अहिले थुपै्र प्रविधि र मेसिन छन् । मेसिनले जनशक्तिलाई बिस्तारै विस्थापित गर्दै छ । मानिससँग थुप्रै विकल्प छन्, जीवन अगाडि बढाउनको निम्ति । त्यसमाथि आफूले जन्माएको सन्तान आफ्नो बुढेशकालको सहारा नै बन्छ भन्ने मान्यता पनि अहिले डगमगाउँदै छ । तर, कथित आधुनिक समाज र आधुनिक विचारधाराले यस्ता तथ्यहरूलाई आत्मसात गर्न सकेको जस्तो लागिरहेको छैन, गरेको भए त सायद निःसन्तान दम्पतीले समाजबाट यस्तो अपहेलना सहनुपर्ने थिएन होला ।
निचोडमा भन्नुपर्दा एउटी नारी आफैँमा पूर्ण हुन्छे, एउटा पुरूष आफँैमा पूर्ण हुन्छ आफ्नो बानी, व्यहोरा, कला, सीप र सामाजिक कर्तव्यबोधले । उसलाई पूर्णताको दर्जा दिन कुनै सन्तानको आवश्यकता हुँदैन । आफूलाई आधुनिक भन्न रूचाउने समाजले पुरातनवादी सोचलाई त्यागी नयाँ तथ्यलाई अङ्गाल्न नसकेसम्म जतिसुकै आधुनिक कहलिए पनि वास्तवमा आधुनिक बन्न नसक्ने कुरामा दुईमत नहोला ।
Leave a Reply