भर्खरै :

पीसीआर परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ, १३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमतिको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पीसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्नुभयो ।
कोभिड–१९ का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुनसक्ने भएकाले शङ्कास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो । शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमुना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको छ ।
पीसीआर परीक्षण आफूखुशी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको छ । पीसीआर परीक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्तपालले रु. पाँच हजार ५०० शुल्क लिएर गर्ने गर्दछन् । मन्त्रालयले पीसीआर परीक्षणका लागि आवश्यक सामग्री महँगो र अभाव भएकाले अनावश्यकरूपमा धेरै परीक्षण नगर्न÷नगराउन उहाँले सबैलाई अनुरोध गर्नुभयो । नेपालमा हालसम्म ६ लाख ६९ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३७ हजार ३४० जनामा सङ्क्रमित देखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *