भर्खरै :

कालीकोटको नाग्म बजारमा सुक्खा पहिरो

कालीकोट, १४ भदौ । जुम्ला जिल्ला र कालीकोट जिल्लाको सिमाना पर्ने कर्णाली राजमार्गअन्तर्गत नाग्म बजारमा आइतबार सुक्खा पहिरो खस्दा तीन घर पुरिनुका साथै कम्तीमा १० जनाको निधन भएको छ ।
पहिरोमा परी ४ वर्षका बालक निराजन शाहीको पनि निधन भएको छ । त्यस्तै सो स्थानबाट १३ वर्षका अर्जुन हमाल र ३५ वर्षकी पुण्य शाहीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो । कालीकोट
जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा खुसेको पहिरोले ललित नेपालीको घरसहित अन्य तीन घर पहिरोले पुरिएका छन् ।
घाइते हमाललाई पहिरोबाट निकालेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । जेसिवि लगाएर पहिरो पन्छाइएको थियो । पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएकोले क्षति बढ्न सक्ने बताइएको छ ।
कर्णाली राजमार्गकै किनारका घरमाथि पहिरो खसेकोले राजमार्ग पूर्णरूपमा बन्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *