भर्खरै :

हेटौँडा उपमहानगरमा एमाले विजयी

हेटाँैडा, १० जेठ । हेटाँैडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा(एमाले)का हरिबहादुर महत २३ हजार १२४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी उपप्रमुखमा एमालेकै मिना लामाले २३ हजार ४३६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत प्राप्त गर्नुभयो ।
त्यस्तै वडा ११ को वडा अध्यक्षमा एमालेका गोकर्ण पराजुलीले एक हजार ४९३ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका अर्जुनप्रसाद शर्माले एक हजार २५१ मत प्राप्त गर्नुभएको थियो ।
हेटाँैडा उपमहानगरपालिकामा ८३ हजार ५९३ मतदातामध्ये ६२ हजार ८० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *