भर्खरै :

अध्यक्ष माओ त्से तुङको रचना– “हाम्रो अध्ययनलाई सुधारौँ”

अध्ययनको महत्वबारे हिजोआज व्यापक छलफल चल्दै छ । पार्टी कार्यकर्ताका निम्ति त अध्ययन जीवनपद्धति नै बन्नुपर्ने धारणा बरोबर सुनिन्छ । भूगोल, राजनीति, इतिहास, अर्थशास्त्र, अन्तर्राष्ट्रिय विषयवस्तुलगायतका विषयमा कार्यकर्ता जानकार हुनुपर्ने अनुभवी नेताहरू बताउँछन् । त्यतिमात्र होइन माक्र्सवादी–लेनिनवादी साहित्य अध्ययनले विश्व दृष्टिकोण विकास गर्न मद्दत गर्दछ । अध्ययनलाई व्यवहारमा उतारी परिस्थिति सुहाउँदो सही निर्णय क्षमता विकास भएका कार्यकर्ताले देश र जनताको सेवा अझ बढी गर्न सक्नेमा सन्देह छैन । तर, कार्यकर्ताले अध्ययन कसरी गर्ने ? यो प्रश्न प्रायः उठ्ने गर्दछ । सन् १९४१ मई तिरै अध्यक्ष माओले चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताको अध्ययन शैली र तरिकाबारे प्रतिवेदन तयार पारी ‘हाम्रो अध्ययनलाई सुधारौँ’ भन्ने आह्वान गर्नुभयो । त्यतिबेला अध्यक्ष माओले चिनियाँ कम्युनिस्ट पार्टीभित्र चलाउनुभएको सुधार आन्दोलनको सिलसिला थियो, त्यो ।
अध्ययन कहिल्यै नटुङ्गिने विषय हो । अध्यक्ष माओले उतिबेला सुझाउनुभएको अध्ययनको तरिकाबारे नेपाली समाज र नयाँ पुस्ताका कार्यकर्ता प्रशिक्षित बने हितकर होला । चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको २० वर्ष बितिसकेको थियो । चिनियाँ क्रान्तिका निम्ति माक्र्सवाद–लेनिनवाद मार्गनिर्देशक सिद्धान्तका रूपमा अङ्गीकार गरिएको थियो । अर्को भाषामा भन्ने हो भने माक्र्सवाद–लेनिनवाद चिनियाँ क्रान्तिको निम्ति महत्वपूर्ण हतियार बन्यो । पहिलो विश्वयुद्ध अगाडि चीनको माटोमा देखिएको औपनिवेशिक दमनबारे छलफल हुन्थ्यो । सयौँ वर्षसम्म सत्यको खोजीमा चिनियाँ जनताले गरेको सङ्घर्षको इतिहासले रूसी क्रान्तिपछि बेग्लै मोड लियो । विश्वव्यापी एकमात्र सत्य माक्र्सवाद–लेनिनवादलाई चिनियाँ माटोमा हुर्काउनु र चिनियाँ क्रान्तिलाई सफल बनाउनु चिकपाको उद्देश्य थियो । त्यो उद्देश्य पूरा गर्न कार्यकर्तामा नभई नहुने विशेषता अध्ययनशीलता हो भन्ने विचार अध्यक्ष माओ राख्नुहुन्थ्यो । चीनको अध्ययन, चिनियाँ समाज र जनजीविकाको अध्ययन, इतिहासको अध्ययन र विश्वजगतको अध्ययन कार्यकर्ताको न्यूनतम आवश्यकता हो । विश्वजगतलाई माक्र्सवादी–लेनिनवादी आँखाले हेर्न सक्ने क्षमता विकास गर्न अध्यक्ष माओले अध्ययनमा सुधार आन्दोलनमा जोड दिनुभयो । कार्यकर्ताले के पढ्ने र कसरी पढ्ने भन्ने प्रश्नमा तीनवटा विषयमा अध्यक्ष माओ जोड दिनुहुन्छ ।
पहिलो, वर्तमान अवस्था अर्थात् समसामयिक परिस्थितिको राम्रो अध्ययन । चिकपा जस्तो ठूूलो कम्युनिस्ट पार्टीलाई वर्तमान घरेलु र अन्तर्राष्ट्रिय परिस्थिति अध्ययन गर्नको लागि सन्दर्भ सामग्री सङ्कलन गर्न मुस्किल थियो । राजनीतिक, सैन्य, आर्थिक, सांस्कृतिक आदि विषयवस्तुहरूमा उपलब्ध सामग्री विखण्डित र व्यवस्थित अभिलेखीकरण गर्न गा¥हो थियो तर असम्भव थिएन । चिकपा स्थापनाको २० वर्षमा अध्ययनलाई व्यवस्थित र पूर्ण बनाउन नसकेकै कारण, खोज र अनुसन्धानसहितको अध्ययन अभाव भएकै कारण कार्यकर्ताको अध्ययनलाई सुधार्न अध्यक्ष माओले अगुवाइ गर्नुभयो । ‘आँखामा पट्टि बाँधेर भङ्गेरा समाउने’, ‘अन्धो मान्छेले माछा समाउने’ तरिकाको अध्ययन शैलीले कार्यकर्ताको मस्तिष्कमा ज्ञान नभरिने प्रस्ट थियो । अध्ययनको त्यो शैली परिवर्तनका निम्ति अध्यक्ष माओले कार्यकर्तालाई शिक्षित बनाउनुभयो ।
माक्र्स, एँगेल्स, लेनिन र स्तालिनले सिकाउनु भएझँै परिस्थितिको इमानदारीपूर्वक अध्ययन आवश्यक छ । साथै, वस्तुपरक वास्तविकताको आधारमा अध्ययन आवश्यक छ । अध्ययनमा आत्मपरक शैलीले सत्यलाई बङ्ग्याउन सक्दछ । त्यसकारण, परिस्थितिको अध्ययन वस्तुपरक हुनुपर्दछ तबमात्र सत्यको नजिक पुग्न सकिन्छ भन्ने तर्क छ ।
दोस्रो, इतिहासको गहन अध्ययन । सयौँ वर्ष पुरानो समय, पौराणिक रोमन सभ्यतादेखि बितेका सम्पूर्ण घटना–परिघटना, सभ्यता, संस्कृतिको अध्ययनले वर्तमान समयको विश्लेषण सहज बन्छ । इतिहासको अध्ययन पनि वस्तुपरक, यथार्थपरक हुनुपर्दछ, अध्यक्ष माओको रचनाले यही भन्छ ।
तेस्रो, अन्तर्राष्ट्रिय क्रान्तिको अनुभव अध्ययन, माक्र्सवाद–लेनिनवादको विश्वव्यापी सत्यताको अध्ययन । अध्यक्ष माओ भन्नुहुन्छ – “धेरै जसो पार्टी कार्यकर्ताले माक्र्सवाद–लेनिनवादलाई क्रान्तिकारी अभ्यास या आचरणका निम्ति नभई पढ्नका लागि पढ्ने गरेको भेटिन्छ । विचारलाई आत्मसात् नगरी सतही ज्ञान राख्ने थुप्रै हुन्छन् । माक्र्स, एँगेल्स, लेनिन, स्तालिनको अडान, दृष्टिकोण र कार्यलाई आत्मसात् नगरी उहाँहरूको भनाइलाई टाँगेर हिँड्ने कार्यकर्ताले क्रान्तिमा सघाउँदैनन् ।’’
यसरी वर्तमान परिवेशको राम्रो विश्लेषण, ऐतिहासिक पृष्ठभूमिको राम्रो ज्ञान, अन्तर्राष्ट्रिय जगतको राम्रो जानकारी र माक्र्सवाद– लेनिनवादलाई व्यवहारमा उतार्न अध्ययन गर्ने कार्यकर्ता वास्तवमा असल कार्यकर्तामा गनिन्छन् । यो कार्यकर्ताको न्यूनतम विशेषता पनि हो भनी पुस्तिकामा लेखिएको छ । विद्यालयमा विद्यार्थीलाई दर्शन, इतिहास, अर्थतन्त्र, विज्ञानबारे राम्रो जानकारी दिन शिक्षक आपैmँ जानकार हुनुपर्नेमा अध्यक्ष माओले जोड दिनुभएको छ । विद्यार्थीलाई वैज्ञानिक र सत्यतथ्य ज्ञान नदिए देशको भविष्य अँध्यारो हुनसक्नेप्रति सचेत बनाउनुभएको छ ।

माक्र्सवाद–लेनिनवाद विज्ञान हो । विज्ञान पक्की हुन्छ । त्यसकारण, हेरक विषयको अध्ययन माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट गरिनुपर्दछ । परिवेशको व्यवस्थित र पूर्ण खोजमूलक अध्ययनका लागि माक्र्सवादी दृष्टिकोण जरूरी हुन्छ । इतिहासको सही अध्ययन, वर्तमानको विश्लेषण र भविष्यको प्रक्षेपण माक्र्सवादी दृष्टिकोणबाटै गर्नुपर्छ भनी पुस्तिकामा लेखिएको छ । चीनको सन्दर्भमा चिनियाँ क्रान्ति उद्देश्य हो भने माक्र्सवादी–लेनिनवादी विचार हतियार हो । कार्यकर्ताले सो हतियारबारे राम्रो अध्ययन नगरे पूर्वमा क्रान्तिको उद्देश्य पूरा हुन गा¥हो पथ्र्यो । त्यसकारण, माक्र्सवादी साहित्य अध्ययन र वस्तुपरक अध्ययन शैलीको विकासलाई जोड दिइयो ।

कार्यकर्ताले आत्मपरक दृष्टिकोणबाट अध्ययन गर्नुहुँदैन, आत्मपरक शैलीको अध्ययनले परिस्थिति एवम् वातावरणको व्यवस्थित र पूर्ण अध्ययन सम्भव हुन्न । आत्मपरक शैलीको अध्ययनले क्षणिक खुसी, ऊर्जा प्राप्त हुनु सिवाय केही हुन्न । त्यस्तो अध्ययन पछिसम्म स्मरण हुन्न, दिगो बन्दैन । यदि चीनको इतिहासलाई आत्मपरक शैलीबाट अध्ययन गरियो भने केही समयमै स्मृतिबाट हराउनेछ र चीनको तस्बिर धमिलिन्छ । माक्र्सवाद र लेनिनवादलाई आत्मपरक शैैलीमा अध्ययन गरे उद्देश्य भेटिन्न, अमूर्त बन्छ ।
भौतिकवादी दृष्टिकोण, वैज्ञानिक विश्लेषण र संश्लेषण नै माक्र्सवादी अध्ययन पद्धति हो । माक्र्सवादी अध्ययन पद्धति आत्मपरक हुनेगर्दैन । अध्ययनमात्र होइन लेखन पनि आत्मपरक हुनुहुँदैन । आत्मपरक शैली विज्ञान र माक्र्सवाद–लेनिनवाद विपरीत हो, कम्युनिस्ट शैली विपरित हो । भावनामा बग्ने, सतहमा रमाउने प्रवृत्ति गलत हो । विषयवस्तुलाई वस्तुपरक र तथ्य–तथ्याङ्कसहित अध्ययन गर्न छोडेर आत्मपरक अध्ययनमा रमाउनाले कार्यकर्तालाई भित्तामा उम्रेको बिरुवा बनाउँछ । तिनीहरू पहाडको बाँसजस्तै हुन्छन् – ठूलो आवाज निकाल्दै मच्चिने । बाक्लो छाला भएको तर भित्र पूर्णतः खोक्रो । जरा नभएको र भित्र खोक्रो कार्यकर्ताले क्रान्तिका निम्ति योगदान गर्न सक्दैन । अध्ययनमा सतही कार्यकर्ताले कम्युनिस्ट पार्टीमा बसी देश र जनताको सेवा गर्न सक्दैनन् ।
माक्र्सवाद–लेनिनवाद विज्ञान हो । विज्ञान पक्की हुन्छ । त्यसकारण, हेरक विषयको अध्ययन माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट गरिनुपर्दछ । परिवेशको व्यवस्थित र पूर्ण खोजमूलक अध्ययनका लागि माक्र्सवादी दृष्टिकोण जरूरी हुन्छ । इतिहासको सही अध्ययन, वर्तमानको विश्लेषण र भविष्यको प्रक्षेपण माक्र्सवादी दृष्टिकोणबाटै गर्नुपर्छ भनी पुस्तिकामा लेखिएको छ । चीनको सन्दर्भमा चिनियाँ क्रान्ति उद्देश्य हो भने माक्र्सवादी–लेनिनवादी विचार हतियार हो । कार्यकर्ताले सो हतियारबारे राम्रो अध्ययन नगरे पूर्वमा क्रान्तिको उद्देश्य पूरा हुन गा¥हो पथ्र्यो । त्यसकारण, माक्र्सवादी साहित्य अध्ययन र वस्तुपरक अध्ययन शैलीको विकासलाई जोड दिइयो ।
यसरी एक कार्यकर्ताले जथाभावी अध्ययन नगरी व्यवस्थित र विषयवस्तुको गहिराइमा पुगी अध्ययन गर्नुपर्दछ । भावुकतामा नबगी सत्यतथ्य र वस्तुपरक यथार्थमा विश्वास गर्ने र वैज्ञानिक अध्ययन शैली अवलम्बन गर्नुपर्दछ । एक कार्यकर्ताले इतिहासदेखि वर्तमानसम्मको परिवेशलाई माक्र्सवादी आँखाले विश्लेषण गरी भविष्यको तयारी गर्नुपर्ने सन्देश यस रचनाबाट मिल्छ । यसरी अध्ययन गर्ने कार्यकर्ताले पार्टी र क्रान्तिमा योगदान गर्न सक्ने विश्वास गरिएको छ । अध्यक्ष माओको ‘अध्ययनलाई सुधारौँ’ भन्ने विचार आत्मसात् गरौँ !

One response to “अध्यक्ष माओ त्से तुङको रचना– “हाम्रो अध्ययनलाई सुधारौँ””

  1. Ram Sundar Basi says:

    यसरी एक कार्यकर्ताले जथाभावी अध्ययन नगरी व्यवस्थित र विषयवस्तुको गहिराइमा पुगी अध्ययन गर्नुपर्दछ । भावुकतामा नबगी सत्यतथ्य र वस्तुपरक यथार्थमा विश्वास गर्ने र वैज्ञानिक अध्ययन शैली अवलम्बन गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *