भर्खरै :

जब चीनले विश्वको नेतृत्व गर्नेछ’ बारे एक छलफल (खण्ड ५)

 
आधुनिकताको प्रतिस्पर्धा – ४
मौलिक आधुनिकता
माथि उल्लेखित चार उदाहरणहरूले पश्चिमाकरणको सिमाभन्दा पनि आश्चर्यजनक रूपमा त्यहाँको प्रतिबन्धहरूको सिमाको तस्वीर प्रस्तुत गर्छ । हामी प्रमुखत दुई निष्कर्ष निकाल्न सक्छौँ । पहिलो, यदि पश्चिमाकरणको प्रभाव सिमित भएको हो भने, त्यहाँको आधुनिकता उनीहरूको परिवर्तन हुने र आफैँलाई आधुनिकिकरण गर्ने क्षमताको जगमा भएको हो । अर्को शब्दमा भन्नुपर्दा, आयातित होइन मौलिक आधुनिकता हो । दोस्रो, यदि सामान्य प्रत्यारोपनबाट आधुनिकताको प्रकृया गरियो भने त्यो सफल हुनसक्दैन । आधुनिकताले जरा गाड्न र फस्टाउन जनताले आफ्नोपनको महसुुस गर्न सक्नुपर्छ । उपनिवेशको युगमा कुनै उपनिवेशहरूले आर्थिक उडान भर्न नसक्नुका कारण पनि यहि हुन् । उपनिवेशहरूको समस्या भनेको नामैले त्यसको स्वामित्व विदेशी मानिस र संस्कृतिको हुन्छ ।
प्रतिस्पर्धी आधुनिकता
विश्व शक्ति सन्तुलनको तराजु उल्लेखनीय गतिमा परिवर्तन हुँदैछ । सन् १९७३ मा संरा अमेरिका, पश्चिम युरोप र जापान लगायतका विकसित विश्व हावी भयो । विश्वको १८.४ प्रतिशत जनसङ्ख्या ओगटेका ती मुलुकहरूले विश्वको कुल गार्हस्थ उत्पादनको ५८.७ प्रतिशत खण्ड ओगट्थ्यो । सन् २००१ मा सो तथ्याङ्क घटेर ५२ प्रतिशतमा सिमित भयो । यस अबधिमा एसियाको सेयर नाटकीय रूपमा बढ्यो । न्म्ए मा जापान बाहेक एसियाको सेयर सन् १९७३ मा १६.४ प्रतिशत रहेकोमा सन् २००१ सम्म आइपुग्दा ३०.९ प्रतिशत पुग्यो । आउने दशकहरूमा यो तथ्याङ्क बढ्ने अनुमान गरिएको छ । साथै सन् २०२७ सम्ममा संरा अमेरिकालाई उछिन्दै चीन विश्वको पहिलो आर्थिक शक्तिराष्ट्र बन्ने अनुमान गरिएको छ । साथै विकासशील एघार मुलुकहरूको (बङ्गलादेश, इजिप्ट, इण्डोनेसिया, इरान, कोरिया, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, टर्कि र भियतनाम) संयुक्त कुल गार्हस्थ उत्पादन सन् २०५० सम्ममा जी सेभेन (न्ठ) को दुइतिहाई पुग्ने अनुमान गरिएको छ ।
उन्नाइसौँ र बिसौँ शताब्दी पश्चिमको युगको रूपमा रह्यो । तर, अहिले यो युगको अन्त्य नजिकिदै छ । एक्काइसौँ शताब्दीको मध्यसम्ममा पश्चिमले विश्वको कुल गार्हस्थ उत्पादनको आधाभन्दा ठूलो हिस्सा (अंश) गुमाउनुपर्नेछ । चीन, भारत, ब्राजिल, कोरिया, थाइवानलगायतका अन्य विकासशील राष्ट्रहरूको उदयले आर्थिक शक्तिको तराजुमा ठूलो फेरबदल ल्याउने सम्भावना छ । आर्थिक समृद्धिसँगै समाजको आत्मविश्वास परिवर्तनमा सहयोग पु¥याउनेछ । एसियाली टाइगरहरूको आधुनिकीकरणको प्रकृयामा देखिएको एउटा महत्वपूर्ण विशेषता भनेको सुरुवातमा पश्चिमा आधुनिकताका साधनहरू अपनाउने विषयमा देखिएको असिमित चाहना र स्थानियपनको परित्यागको बाटो छोडेर पुनः पश्चिमको स्थानमा स्वदेशी (स्थानीय) प्रतिको स्विकार्यता बढाएका छन् । विदेशी काष्ठ सामाग्रीका स्थानमा परम्परागत काष्ठकला, पश्चिमा प्रभावका गीत सङ्गीतका स्थानमा म्यान्डो–पप (म्यान्डारिनमा गाइने चिनियाँ सङ्गीत) आदि उदाहरण जस्तै विगतमा परम्परागत विषयहरूलाई विस्थापित गर्ने यो प्रवृतिबाट आज यसैलाई प्रगतिशील ढङ्गबाट पुनः प्रयोग गर्दै नयाँ र मौलिक आधुनिकताको अंश बनायो । चीनमा जस्तै यो प्रवृति पूरै पूर्वी एसियाले अपनायो ।

मार्टिन ज्याक


आज पश्चिमा आधुनिकता नै एक मात्र रहेकोमा भविष्यमा भिन्न आधुनिकताहरू देख्न पाइनेछ । विगतमा अर्थतन्त्र, राजनीति र संस्कृति पश्चिमबाट अन्यत्र जाने एकद्वार अभ्यास अहिले भत्किन थालेको छ । क्रिकेट खेल यसको एउटा ज्वलन्त उदाहरण हो । विगतमा बेलायत र उसका दुई उपनिवेश अष्ट्रेलिया र न्यूजिल्याण्डको वर्चस्व रहेको यस खेलमा आज भारतीय उपमहाद्विपको वर्चश्व छ । यस खेलबाट उठ्ने आयको झन्डै ८० प्रतिशत भारतबाट मात्र उठ्छ । पश्चिमको युगलाई आर्थिक र सैन्य प्रभुत्वबाट मात्र नभई झन्डै सबै क्षेत्र, संस्कृति र विचार, विज्ञान तथा प्रविधि, कला, भाषादेखि खेलकुद र चिकित्सामा पश्चिमको वर्चश्वले इङ्गित गर्छ । पश्चिमको शक्ति र समृद्धिको प्रतिकको रूपमा गोरो छालाले विश्वव्यापी प्राथमिकता पायो । पश्चिमा शैलीको पहिरण, अङ्गे्रजी भाषा – अन्तर्राष्ट्रिय सञ्चारको भाषाको रूपमा वर्चस्व राख्नुको कारण पनि यहि हो । बाँकी कुनै देशको भन्दा संरा अमेरिका र युरोपको इतिहास संसारको कुनै पनि कुनामा बढी पढिन्छ ।
तर, अहिले आधुनिकताको एक्लो घरका रूपमा पश्चिम रहन सम्भव छैन । हिन्दुत्व भनेको गरिबीको मानक रहिरहँदैन । न त भारतीय पहिरण । चिनियाँ राजनीतिक संस्कारलाई अब नजरअन्दाज गर्न सकिंदैन । पश्चिम र बाँकी विश्वबिचको प्रतिस्पर्धा अब असमान रहँदैन । खाडलहरू पुरिदैछन्, प्रतियोगिताका लागि समान मैदान (भिखभ िउबिथष्लन ाष्भमि) तयार हुँदैछ ।
बिसौं शताब्दी समाजवाद र पुँजीवादबिचको सैद्धान्तिक द्वन्द्वको शताब्दी रह्यो । सन् १९१७ को अक्टोवर क्रान्तिबाट सुरु भएको, १९४५ पछि शितयुद्ध हुँदै सन् १९८९–९१ मा सोभियत संघको पटनसँगै समाप्त भयो । अमेरिकी नवपुरातनपन्थिहरू आतङ्कवादविरुद्धको युद्धमा विश्व विभाजन भएको विश्वास गर्छन् । यो इतिहासको गलत बुझाइ ठहरिनेछ ।
वास्तवमा आजको विश्वमा पदार्पण गर्दै गरेको युगलाई ‘प्रतिस्पर्धी आधुनिकता’ ले व्याख्या गर्न सकिन्छ । शित युद्धकालिन राजनीतिक वा सैद्धान्तिक (वैचारिक) विखण्डनबाट नभई यस युगमा विश्व सांस्कृतिक प्रतिस्पर्धामा विभक्त भएको पाउँछौँ । विगतमा पश्चिमको तुलनामा अपहेलित, तिरस्कृत सांस्कृतिक पहिचानले अब नयाँ आधिकारिकताको अनुभव गर्नेछ र आत्मविश्वासको भावना सञ्चार हुनेछ ।
बाँकी विश्वको तुलनामा पश्चिमा मुल्य, मान्यता, संस्था र व्यवस्था उच्च कोटीको मान्ने पश्चिमा सरकारहरू अन्य राज्यलाई प्रजातन्त्र, मानवअधिकार आदि विषयमा कक्षा लिन कति पनि हिच्किचाउँदैनन् । यो मानसिकता सरकार वा राज्यमा मात्र सिमित छैन । कतिपय पश्चिमा महिलावादी सङ्गठनहरू नारी पुरुषबिचको सम्बन्ध पश्चिममा उत्कृष्ट छ र पश्चिमा महिलाहरूले अन्य समाजमाभन्दा धेरै स्वतन्त्रता र आत्मनिर्भर रहेको विश्वास गर्छन् । अर्थतन्त्र, राजनिति, सिद्धान्त, संस्कृति र जातीय मामलामा पश्चिमको श्रेष्ठता उनीहरूको मानसिकतामै छापिएको छ । बहुआधुनिकताको उदयले यो मानसिकतामा प्रहार गर्यो । प्रतिस्पर्धि आधुनिकताको युगमा यो मानसिकताको क्षयीकरण हुँदै जानेछ । ‘अग्रगामी’, ‘विकसित’ र ‘सभ्य’ भनेकै पश्चिमा हो भन्ने विचार भत्किनेछ ।
ठूलो आकार र आप्mनो संस्कृतिको प्रकृतिका कारण चीनले यस परिवर्तनको वाहकको भूमिका निभाउनेछ । चीनले सदा आफूलाई विश्वव्यापी, विश्वको केन्द्रको रूपमा ग्रहण गरेको छ । चीन सहस्राब्दीभन्दा लामो समयसम्म विश्वको एक हिस्साको रूपमा उपस्थित छ । चिनियाँ आधुनिकताको उपस्थिति लगत्तै पश्चिमको स्थानसँगै केन्द्र परिवर्तन गर्नेछ । यसैकारण चीनको उदयको असर दुरगामी रहनेछ ।
(खण्ड ५ समाप्त)

Leave a Reply

Your email address will not be published. Required fields are marked *