कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
काठमाडौँ, २१ भदौ । कोभिड १९ को सम्बन्धमा सरकारले गरेका काम–कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिको छैटौँ बैठक आइतबार बस्यो । बैठकमा सहभागी काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यका प्रवेशलाई नियन्त्रण गर्न जिल्लाका प्रस्थान बिन्दुहरूमा नै कडाइ गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।
बैठकमा सहभागीहरूले उपत्यकाभित्र तरकारी बजारहरू सङ्क्रमणको माध्यम बनेकाले ती बजारमा भीड नियन्त्रण गरी बजार व्यवस्थापन गर्नुपर्ने र कोभिड १९ का नियम पालना गर्न सबै नागरिक र व्यवसायीलाई जिम्मेवारीबोध गराउनुपर्ने बताउनुभयो ।
“निषेधाज्ञालाई बढाउदै जाने कुराले सामाजिक जनजीवनलाई असर पर्ने हुँदा निषेधाज्ञाको अवधिमा कोभिडको नियन्त्रण र रोकथाम र उपचारका लागि कन्ट्याक्ट् ट्रेसिङलाई व्यापक गर्ने, पीसीआर परीक्षण गर्ने, सङ्क्रमितलाई आइसोलेसनमा राख्न व्यवस्था गर्ने , अस्पतालहरूमा आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गर्नेजस्ता कार्य गर्नुपर्छ”, बैठकमा एक जना सहभागीले भन्नुभयो ।
छलफलमा नगरपालिका फोरम तथा सङ्घका पदाधिकारीहरूले सरकारले सङ्क्रमण भएका व्यक्तिहरूको क्वारेन्टिनमा खानाका लागि तोकेका रु. १७५ निकै कम भएको र सरकारले उक्त रकम बढाउनुपर्नेमा जोड दिनुभयो ।
यसरी क्वारेन्टिन र आइसोलेसन स्थल निर्माण गर्न आवश्यक सामान खरिद गर्दा सार्वजनिक खरिदअनुसार खरिद गर्दा स्थानीय सरकारले कार्यसम्पादन गर्न समस्या भइरहेको बताए । उनीहरूले आइसोलेसनमा रहेका सङ्क्रमितहरूलाई स्वास्थ्य कार्यविधिअनुसार स्वास्थ्यकर्मीहरूबाट सम्पर्क गर्ने काम प्रभावकारी नभएको बताउनुभयो ।
बैठकमा काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका प्रतिनिधिहरूलगायत उपसमितिका सदस्य सांसदहरू सहभागी थिए ।
Leave a Reply