भारतको राजधानीमा ब्रिक्स नेताहरूको बैठक सुरु
- भाद्र २७, २०८३
भक्तपुर, २२ भदौ । मानव वस्तीको बीचमा परेपछि एउटै निर्णयले भारतको दिल्लीमा धुलो, धुवाँ, ध्वनि प्रदूषणमूलक उद्योगहरू हजारौँ स्थानान्तरण गरिएका थिए । त्यसैगरी दक्षिण कोरियाको राजधानी सिउलका हजारौँ हजार उद्योगहरू स्थानान्तरण गरिएका थिए । मानव बस्ती र ध्वनि, धुवाँ प्रदूषणको मेल हुँदैन । यसकारण प्रम केपी ओलीले आफ्नो पहिलो कार्यकालको आ.व. २०७३÷७४ को बजेटमा काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्ने उल्लेख गरेका थिए । तर, कर्पोरेटहरूको दबाब परेपछि प्रम ओलीले आफ्नो दोस्रो कार्यकालको साढे दुई वर्षमा पनि अघिल्लो निर्णय कार्यान्वयन गरेनन् ।
भक्तपुर औद्योगिक क्षेत्र यहाँको सीपमा आधारित सानो उद्योग क्षेत्रको रूपमा स्थापना भएको थियो । उद्योग क्षेत्र कब्जा गरी ध्वनि प्रदूषण गर्ने टेक्सटाइल उद्योगहरू स्थापना गर्न कर्पोरेटहरूलाई भक्तपुर औद्योगिक क्षेत्रको रूपमा बदल्न लगाए ।
टेक्सटाइल उद्योगको लागि ध्वनि ननिस्कने बन्द भवन आवश्यक छ । जस्ताले मोडेका टहरामा टेक्सटाइल उद्योग बनाएर २४ सै घण्टा ध्वनि प्रदूषण गर्नु नागरिक भावनाविपरीत हो ।
त्यही जस्ताले मोडेको टहरामा भदौ २१ र २२ गते दर्जनौँ टेक्सटाइल मेसिन थपिए । सङ्घीय र स्थानीय सरकारले ध्वनि प्रदूषण गर्ने उद्योग हटाएर स्थानीय सीपमा आधारित उद्योग विकास गर्ने तयारी गर्दा कर्पोरेटहरू सङ्घीय र स्थानीय सरकारलाई चुनौती दिँदै ध्वनि प्रदूषण गर्ने टेक्सटाइल मेसिन थप्दै छन् । बस्तीसँग जोडिएको र सार्वजनिक बाटो बीचमा रहेको भक्तपुर औद्योगिक क्षेत्रमा धेरैपटक स्थानीय जनताले विरोधपत्र पेश गरी व्यवस्थापन कार्यालयको ध्यानाकर्षण गराए ।
स्थानीय सङ्घीय उद्योगमन्त्री र प्रशासनको समर्थन प्राप्त गरी जस्ताको टहरामा २४ सै घण्टा ध्वनि प्रदूषण हुने गरी टेक्सटाइल मेसिन थप्ने र सञ्चालन गर्ने कर्पोरेटविरुद्ध स्थानीय जनताको कुनै पनि बेला सडकमा सङ्घर्ष हुने अवस्था छ । यसकारण स्थानीय निकाय र प्रशासनले जस्ताको टहरामा टेक्सटाइल मेसिन सञ्चालन बन्द गराउन आवश्यक अगुवाइ गर्नु आवश्यक छ ।
Leave a Reply