इलाममा उपनिर्वाचन २०८१ को अनुभव
- जेष्ठ २४, २०८१
काठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं ७, २१ र ३१ वडाध्यक्ष र सदस्यमा नेकपा (एमाले)ले कै समूह विजयी भएको छ । अन्य दुई वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसले विजय हासिल गरे पनि सदस्य पदमा भने एमाले र काँग्रेस आएका छन् ।
वडा नं ६ को वडाध्यक्षमा काँग्रेसका दीपेन्द्र लामाले तीन हजार ६१५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने महिला सदस्यमा श्रीलक्ष्मी श्रेष्ठले तीन हजार ३४३, दलित महिला सदस्यमा कमला बयलकोटीले तीन हजार ३७७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
खुला सदस्यतर्फ नरेन्द्रकुमार थापाले तीन हजार ४१ र जयराम पुडासैनीले तीन हजार २८६ मत प्राप्त गर्नुभएको छ ।
वडा नं. ७ को वडाध्यक्षमा एमालेका शुद्धकुमार डङ्गोलले तीन हजार ७२४ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा निर्मला पुडासैनीले तीन हजार ७९४, दलित महिला सदस्यमा चन्द्रकला सुन्दासले तीन हजार ७६३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी खुल्ला सदस्यमा कृष्णमणि भट्टराईले तीन हजार ५७६ र कृष्णप्रसाद घिमिरेले तीन हजार २९१ मत प्राप्त गर्नुभएको छ ।
वडा नं. ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार डङ्गोलले एक हजार ६३६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । महिला सदस्यमा इन्दिरा भण्डारीले एक हजार ३१३ र दलित महिला सदस्यमा राजलक्ष्मी भुसालले एक हजार ३६४ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ ।
खुल्ला सदस्यमा विवेक सङ्गतले एक हजार २२६ र शेखर देउलाले एक हजार १५९ मत प्राप्त विजयी हुनुभएको छ ।
वडा नं. १७को वडाध्यक्षमा नेपाली काँग्रेसका नवीन मानन्धरले दुई हजार २७६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने महिला सदस्यमा कमला महर्जनले एक हजार ८०९ र दलित महिला सदस्यमा कविता दासले एक हजार ८२५ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
खुला सदस्यतर्फ नेकपा (एमाले)का उम्मेदवार बाबुराजा महर्जन एक हजार ६७७ र काँग्रेसका तर्फबाट जितेन्द्र खड्कीले एक हजार ६६६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
वडा नं २१को वडाध्यक्षमा उदय चूडामणि बज्राचार्यले दुई हजार ६५७ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा ज्ञानु डङ्गोलले दुई हजार ६६७ दलित महिला रिना नेपालीले दुई हजार ७१० र खुल्ला सदस्यतर्फ न्यूक्षदेवी महर्जनले दुई हजार ४१६ र श्याम शाक्यले दुई हजार ४५० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
वडा नं ३१को वडाध्यक्षमा एमालेका नारायणप्रसाद भण्डारीले चार हजार २९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने महिला सदस्यमा हुमादेवी आचार्यले चार हजार २२१, दलित महिला सदस्य साननानी मिजारले चार हजार १०६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
खुल्ला सदस्यमा रमेश सत्यालले चार हजार १८१ र सरोज ढकालले चार हजार ४८८ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ ।
कामपाको हालसम्ममा २४ वडाको मत परिणाम सार्वजनिक भइसकेकामा १३ स्थानमा एमाले र ११ स्थानमा काँग्रेस विजयी भएको छ । अब आठवटा वडाको मत परिणाम आउन बाँकी छ ।
पछिल्लो जानकारीअनुसार एक लाख ५३ हजार ३९६ मतगणना भएकामा एमालेका तर्फबाट प्रमुख पदका दाबेदार विद्यासुन्दर शाक्यले ५० हजार ६०१ र काँग्रेसका राजुराज जोशीले ३५ हजार ६७९ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुख पदका लागि काँग्रेसको तर्फबाट हरिप्रभा खड्गीले ४६ हजार ४६२, राप्रपाका राजाराम श्रेष्ठले २७ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । रासस
Leave a Reply