जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौं, ११ जेठ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले थपिएका स्थानीय तहमा जेठ ३१ मै निर्वाचन गराउन नसकिने बताउनुभएको छ । स्थानीय तहको सङ्ख्या वृद्धिबारे सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट अधुरो प्रतिवेदन आएको र त्यसैको आधारमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सूक्ष्म अनुगमनकर्तासँग बिहीबार भएको छलफलमा उहाँले थपिएको स्थानीय तहको बारे सरकारबाट आधिकारिक जानकारीसमेत नआएको बताउनुभयो ।
आयोगले ४ सय ६१ वटा स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो । चार प्रदेशका ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको उहाँको भनाइ थियो ।
यसैबीच निर्वाचन आयोगले एक वक्तव्य जारी गरी परिवर्तित गाउँपालिका तथा नगरपालिकाको विस्तृत विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाको वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली २०७४ जेठ १५ गतेसम्ममा सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा पु¥याउन प्राविधिक रुपमा असम्भव हुने अवस्था विद्यमान रहेको बताएको छ ।
आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जारी गरेको वक्तव्यमा मतदाताको परिवर्तित ठेगाना अनुरुप मतदाता परिचयपत्र छपाई गरी २०७४ जेठ २७ गतेसम्ममा सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने समेत प्रष्ट रुपमा बताएको छ । साथै नयाँ थपिने गाउँपालिका तथा नगरपालिकाको लागि निर्वाचन अधिकृतको नियुक्ति गरी २०७४ जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न नसकिने अवस्था देखिएको हुँदा २०७४ जेठ ३१ गते दोस्रो चरणमा सम्पन्न गर्ने गरी नेपाल राजपत्रमा प्रकाशित निर्वाचन कार्यक्रमअनुसार निर्वाचन हुन बाँकी ४६१ स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गर्न वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।
Leave a Reply