युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
नयाँ दिल्ली, २८ भदौ । नोबेल कोरोना भाइरस सङ्क्रमणको विद्यमान अवस्थाबारे भारतमा पहिलो पटक भएको देशव्यापी अध्ययनको नतिजाले गत मे महिनामा एकजना सङ्क्रमित फेला पर्दा बाँकी ८२ देखि १३० जना सङ्क्रमितलाई परीक्षणबाट छुटाएको देखाएको छ ।
भारतमा ३५ हजार मानिस सङ्क्रमित भएको र एक हजार मानिसको निधन भएको समयमा सङ्क्रमितको वास्तविक सङ्ख्या ६४ लाख भएको हुन सक्ने हाल सार्वजनिक अध्ययनको नतिजाले देखाएको छ । कमजोर स्वास्थ्य प्रणालीको कारण भारतका गाउँ–गाउँसम्म सो भाइरस फैलिएको हुन सक्ने अध्ययनले देखाएको छ ।
विज्ञहरूअनुसार अध्ययनले भारतमा सीमित सङ्ख्यामा मात्र पीसीआर परीक्षण गर्दा वास्तविक सङ्क्रमितको सङ्ख्या छोपिएको र कडा खालको लकडाउनले भाइरसको सङ्क्रमण धिमा मात्र भएको तर क्रमिक सङ्क्रमण भने नरोकिएको पुष्टि गरेको छ । भारतका २१ प्रान्तका ७० जिल्लाका गाउँ र सहरका जनताबीच मे ११ देखि जुलाई १४ सम्म २८ हजार मानिसमा भाइरसको प्रतिरक्षामा शरीरभित्र उत्पादन भएको प्रोटिन(एन्टीबडी)को परीक्षणको आधारमा सो नतिजा निकालिएको थियो । भारतकै सबभन्दा उच्च दर्जाको अनुसन्धान निकाय भारतीय मेडिकल अनुसन्धान परिषद्ले सो अध्ययनको समीक्षा गरेको थियो ।
अध्ययनअनुसार भाइरसको प्रतिरोध प्रोटिन भएका व्यक्तिहरूमध्ये ७० प्रतिशत गाउँका जनता छन् । यसबाट लकडाउनले भाइरसलाई गाउँ–गाउँ पुग्न नरोकेको देखाएको छ । अध्ययनले एन्टीबडी पोजिटिभ भएकामध्ये १६ प्रतिशत सहरी झोपडी क्षेत्रमा रहेका र बाँकी अन्य सहरी क्षेत्रको भएको बताइएको छ ।
कोभिड–१९ सङ्क्रमित शुन्य भनिएको जिल्लाका व्यक्तिहरूमा पनि प्रतिरोधी तत्व देखिएको अध्ययनले देखाएको छ ।
विज्ञहरूका अनुसार परीक्षणको दायरामा नपरेका व्यक्तिहरूकै कारण सङ्क्रमण फैलिएको हो । भारतमा हाल परीक्षणको अवस्थामा केही सुधार भए पनि संसारमा सबभन्दा कोरोना भाइरस सङ्क्रमित भएका देशमा भारत दोस्रो नम्बरमा पर्दछ । हालसम्म भारतमा ४५ लाख मानिसमा भाइरस संक्रमण हुनुका साथै ७६ हजारभन्दा बढीको निधन भइसकेको छ ।
दक्षिणी भेल्लोर सहरस्थित क्रिस्चियन मेडिकल कलेजका सरुवा रोग विज्ञ डा. गगनदिप काङले परीक्षणमा वैज्ञानिकहरूले प्रयोग गरेका दुई पद्धति पूर्णतः सही नभएकोले अध्ययनको नतिजा पनि पूर्णतः सही नहुने बताएका छन् । उनको भनाईमा संक्रमितको वास्तविक संख्या अध्ययनले भनेभन्दा बढी हुन सक्छ ।
भाइरस नियन्त्रणमा सुरुमै कडाई नगर्दा भारतका १ अर्ब ३० करोड जनतालाई लकडाउनमा राखिएको थियो । सो क्रममा दसौं लाख जनताले रोजगारी गुमाउनुका साथै हजारौं जनता भोकमरीमा परेका थिए । सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा फर्किने क्रममा लाखौं लाख मानिसले ठुलो दुःख भोग्नुपरेको थियो । महामारीको कारण संसारका अधिकांश प्रमुख देशको अर्थतन्त्रमा अन्तिम चौमासिकमा झण्डै २४ प्रतिशत हानी पुगेको बताइन्छ ।
सेवा निवृत्त भाइरोलोजिस्ट र बालरोग विशेषज्ञ डा.टी ज्याकोब जोनले ग्रामीण क्षेत्र र साना सहरहरूमा मे महिनामा नै भाइरस फैलिनुले लकडाउन निकै फितलो भएको बताए । उनले सरकारले सुरुमै देशव्यापी लकडाउन नगरी स्थानीय रूपमा लकडाउन गरी रोग नियन्त्रणमा सन्तुलन र अर्थतन्त्रलाई सक्रिय बनाउनुपर्ने बताए ।
उनले भाइरसको पूर्ण नियन्त्रण अब सम्भव नभएको भन्दै भारतले अब मृत्यु दर घटाउने प्रयासमा केन्द्रित हुुनुपर्ने बताए । भारत यतिबेला अर्थतन्त्रलाई पुनः सुचारु गर्ने चरणमा पुगेको छ ।
“तबेलाबाट घोडा बाहिर निस्किसकेको छ । अब तबेलाको ढोका बन्द गरेर केही हुने अवस्था छैन”,उनले भने ।
Leave a Reply