भर्खरै :

उपज’ ब्रान्डका धानमा पोगटामात्र फल्दा किसान मर्कामा

भक्तपुर, २९ भदौ । लहलह धानको बाला झुल्ने समयमा धानको बोटमा गेडाको सट्टा पोगटामात्र देख्दा कुन किसानको मन खुसी होला र ! भक्तपुरको चाँगुनारायण नपा वडा नं ४ हलछापका किसानहरूले आज त्यही विस्मात् भोगिरहेका छन् ।
विगतमा डीवाई २८ ब्रान्डको चिनियाँ हाइब्रीड धान लगाइरहेका किसानहरूले यो वर्ष समयमै सो ब्रान्डको धानको बीउ नपाएपछि बजारमा पाइएको ‘उपज’ नामको धानको बीउ रोपे । लगातार एकैथरी धानको बीउ रोप्नुभन्दा केही वर्ष फरक खालको बीउ रोप्नु पनि ठीकै हुने विचार गरी किसानहरूले ‘उपज’ नामको भारतीय ब्रान्डको धानको बीउ रोपे । धानको बोट ठीकै उम्रियो । तर, धानमा बाला लाग्ने समयमा भने किसानहरूले नचिताएको समस्या भोग्नुप¥यो । सीधासीधा हुर्केको धानको बोटमा धानको गेडा नै पोसाउन सकेन । निहुरिएका धानको बोटमा भने लागेको धानको बालामा भने गेडा लागेन, सबै पोगटामात्र भए ।

“बोट र धानको बाला हेर्दा त राम्रो देखिन्छ । तर, धानमा गेडा लागेन । सबै फोसा भए”, हलछापका किसान मधु थापाले दुःखेसो पोख्नुभयो । “धानको बोटमा धान झ्वाप्प देखिन्छ । तर, सबै पोगटामात्र”, उहाँले भन्नुभयो ।
बढीमा १५–२० प्रतिशत धानमा मात्र फसल लाग्ने अनुमान गरिएको छ ।
चाँगुनारायणको हलछापमा मात्र झन्डै ६० रोपनी जग्गामा ‘उपज’ ब्रान्डको धानको बीउ रोपिएको छ । भक्तपुर र काठमाडौँ जिल्लामा पर्ने मनोहरा फाँट, काठमाडौँको ढाँची, इन्द्रायणी, सानुदह, नयाँ दहका धेरै किसानहरूले पनि सो ब्रान्डको धान रोपेका छन् ।
“एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा ‘उपज’ ब्रान्डको धान रोपेको अनुमान गरिएको छ”, स्थानीय रमेश श्रेष्ठले भन्नुभयो ।

लकडाउनको कारण धानको बीउ बजारमा अभाव भएपछि किसानले बीउ पसलमा उपलब्ध धान रोप्न बाध्य भएकोले यस्तो अवस्था भोग्नुपरेको किसानहरूको भनाइ छ ।
चाँगुनारायण हलछापका मधु थापामगर, राजन थापामगर, सानु मगर, ज्ञानबहादुर मगर, मैया थापामगर, सुवास थापामगर, सत्यनारायण भँडेल, गोबर्धन पोखरेल, रामेश्वर श्रेष्ठ, हरि पोखरेल, मदन श्रेष्ठ, कृष्णबहादुर थापा, किरण श्रेष्ठ, शंकर थापा, चेतबहादुर भँडेललगायतका किसानहरूले लगाएको उक्त ब्रान्डको धान बिग्रेको हो ।
काठमाडौँ उपत्यकाको
हावापानी सुहाउँदो नहुँदा सो ब्रान्डको धानमा फसल नलागेको स्थानीय कृषि प्राविधिकले बताएका छन् । “धानमा समस्या सुरु भएलगत्तै केही औषधि प्रयोग गरेको भए क्षति न्यून गर्न सकिने उनले
बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *