भर्खरै :

जनतामाझको चर्चामा ध्यान देऔँ !

शासक दल वा सरकार आफ्नो दलभित्र मात्रै रुमलिने होइन, न त सिंहदरबार र संवैधानिक संस्थाहरूको खाली ठाउँ भर्ने र दैनिक चलनचल्तीको काम मात्रै गर्ने हो । बितेका दुई वर्षमा नेकपा
(एमाले+एमाओवादी) को आन्तरिक विवादमा देश र जनतालाई अल्झाउने जालसाझी जसले गरेको भएपनि देश २० वर्ष पछि पर्‍यो ।
अपार धनराशी खर्च गरेर निर्वाचन जित्यो- नेकपाले । ॅमनग्य पैसा र सामान बाँड्यो’ । साँचो अर्थमा जनतालाई ॅकम्युनिस्ट’ सरकार आएमा देशमा काम-माम-कपडा र ओत पाइन्छ भन्ने प्रचारबाट प्रभावित पारेका हुन् । ॅकाम-माम-कपडा’, ॅचार बिघा जमिन, दुई तोला सुन र विवाह नगरेकोलाई लोग्ने वा स्वास्नी’ दिने जस्ता प्रचार गरेर मत तान्नु वास्तवमा कम्युनिस्ट आन्दोलन, माक्र्सवाद – लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराकै बदनाम र अपव्याख्या गर्नु हो ।
समाजवाद भएर साम्यवादी समाजमा पुग्न जनताको सांस्कृतिक स्तरमा ध्यान नदिनु, तल्लो तहबाटै शोषणरहित, वर्गविहीन, राज्यविहीन समाजमा आउने समस्या, समाधान र समाजप्रतिको आ-आफ्नो दायित्वबारे नबताउनु, शिक्षित नगर्नु परिणाममा ॅसाम्यवाद’ र साम्यवादी सिद्धान्त एवम् विचारलाई अस्वीकार गर्नु नै हो । नेपाली काङ्ग्रेसका नेताहरूले नेकपालाई ॅकम्युनिस्ट पार्टी’ र ॅकम्युनिस्ट सरकार’ को रूपमा आलोचना र विरोध गर्नु स्वयम् ॅओली-प्रचण्ड’ को सरकारलाई होइन साम्यवादी सिद्धान्त र विचारकै हाँगामा बन्चरो हान्नु हो ।
पुँजीवादी दलहरूको प्राथमिक काम नै ॅकम्युनिज्म’ र ॅकम्युनिस्ट सिद्धान्त’ को विरोध गर्नु हो । नेकपाका सबै काम कारबाही र भाषाबाट नयाँ पुस्तालाई समेत कम्युनिस्ट शब्दप्रति नै वितृष्णा जगाउनेछ । जनतासँग सम्बन्धित निम्न विषयले यो कुरा छर्लङ्ग पार्छन् –
१) देशको छवि विदेशमा राम्रो वा नराम्रो बनाउने कार्य राजदूतावासहरूको हो । १३ भदौ २०७७ को ॅराजधानी’ ले लेख्यो- “कूटनीतिक नियोगको घरभाडामै बाहिरियो साढे ३ अर्ब, उपयोगविहीन जग्गाको विद्युत् र पानीको शुल्कमात्रै साढे ८ लाख ।”
ओलींप्रचण्ड सरकारले यसको खण्डन गरेको जनतालाई थाहा छैन । जँड्याहा, ठग र व्यापारीलाई राजदूत र कूटनैतिक पदमा भागबण्डाको आधारमा नियुक्ति गरेर देशको छविमा चमक आउने छैन ।
२) ॅयसरी खुल्यो लागुऔषध तस्करीको पोल’ (कान्तिपुर, २०७७ भदौ २९) ॅगैरकानुनी लागुपदार्थमा दश पक्राउ’- द राइजिङ्ग नेपाल (१४ सेप्टेम्बर २०२०) । चाणक्य राजनीतिअनुसार शत्रु देशमाथि हमला गर्न अर्को देशको सीमाको प्रहरी चौकी, भन्सार र गुप्तचर कार्यालयहरू हुँदै प्रहरीको केन्द्र, अर्थ मन्त्रालय र गुप्तचर विभागको केन्द्रसम्मलाई भ्रष्ट पारिन्छ । युवादेखि माथिल्ला वर्गसम्मलाई लागुपदार्थ पुर्‍याइन्छ । सन् १८४०-४२ को चीनको अफिमयुद्धमा बेलायती उपनिवेशवादसँगको लडाइँमा हारेको कारण एक शताब्दीभन्दा बढी समय चीन बेलायतको अर्ध-उपनिवेश बन्यो । अर्थतन्त्र र सांस्कृतिक क्षेत्रमा कब्जा हुनु नै अर्ध-उपनिवेश र नयाँ उपनिवेश हुनु हो ।
सेना, प्रहरी र गुप्तचर विभागका घुस खाएर पदहरूमा शासकहरूले नियुक्ति दिने परम्परा यसकारणले बन्द गर्नुपर्ने हो । हजार रूपैयाँको घुस र १ झोला लागुपदार्थबाट देश जाने निश्चित हुन्छ- एक-एक पाइला गरी ।
३) ॅवामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयनमा आलटाल, सरकारमा अप्ठ्यारो पार्ने आकलन’ (नागरिक- २९ भदौ २०७७) ।
ॅवामदेवबारे एमाले नेताहरूले नै टुँडिखेलमा तथानाम’ भ्रष्टाचारको आरोप लगाएका थिए । लुम्बिनी अञ्चलमा पुष्पलाल श्रेष्ठ नेतृत्वको पार्टीलाई सास मात्रै फेरिरहेको ॅझापा गुट’ सँग मिलाउनेमध्ये एक वामदेव नै हुन् । नेकपालाई काङ्ग्रेससँग टक्कर दिन भित्र-भित्र बन्दोबस्त गर्ने मदन भण्डारी र माधव नेपाललाई अगुवा बनाउन पर्दापछाडि खेल खेल्ने दामोदर समशेर राणा थिए । तिनलाई अमेरिकी ॅसहयोगी’ बताइन्थ्यो । के काठमाडौँका बुद्धिजीवीमाझ भइरहेको यस चर्चाबारे चिन्तन गर्नु पर्दैन- सरकार र शासक दलहरूले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *