भर्खरै :

कैलालीमा अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम

कैलालीमा अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम

कैलाली, २१ वैशाख । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार पुस्तक अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा कैलालीका उपाध्यक्ष लक्ष्मी पुनले मजदुर र किसानको हक हितमा लड्ने विश्वका समाजवादी नेताहरूले मजदुर दिवस मनाउनुपर्छ भन्ने कुरा अघि सारेको बताउनुभयो । मजदुर र किसानको हित हुने व्यवस्था भनेको समाजवादी व्यवस्था भएको उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थाको निम्ति नेमकिपाले सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले राज्यले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा र मनोरञ्जनको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता औँल्याउँदै यी कुराको ग्यारेन्टी समाजवादी व्यवस्थामा हुने स्पष्ट पार्नुभयो ।
नेक्राशिसङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले युरोपमा १८ औँ शताब्दीमा नै औद्योगिक क्रान्ति भएको बताउँदै त्यस समयमा बेलायती वैज्ञानिक जेम्स वाटले वाष्प इन्जिनको आविष्कारपश्चात् उद्योग कलकारखानामा मेसिनको प्रयोग गरेको र त्यसको प्रत्यक्ष असर मजुदरमाथि परेको थियो भन्नुभयो
१८ औँ शताब्दीमा जन्मेका कार्ल माक्सले मजदुरहरूको मुक्तिको बाटो खोज्दै गर्दा सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र तयार गर्नुभयो । उहाँले भन्नुभयो, “जबसम्म मजदुरहरूको राज्य व्यवस्था हँुदैन तबसम्म मजदुरहरू पिल्सिने छन् । कम्युनिस्ट घोषणापत्रकै कारणले विश्वका धैरै देशहरूमा मजदुर आन्दोलन सुरु भयो । सन् १८५० को दशकमा अमेरिकामा आफ्नो अधिकारको निम्ति आन्दोलन सुरु भयो । १८८६ मे १ मा काम गर्ने समय घटाउने र ज्याला दर बढाउनुपर्छ भनी सिकागोको सहरबाट आन्दोलन सुरु भयो । जबसम्म माग पूरा गर्दैन तबसम्म आन्दोलन जारी रहन्छ । दोस्रो दिनमा देशभरिका लाखौँ मजदुरहरू रोडमा उत्रिए ।”
कार्यक्रममा सचिव गगन थापामगर, सदस्य ज्योति बडुवाल, सदस्य धनबहादुर थापामगर, भक्तिप्रसाद न्यौपाने, नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेम बडुवाल र हिक्मत भण्डारीले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *