कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, ६ असोज । भक्तपुर नगरपालिकाले असोज ४ गते भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालित ध्वनि र धुवाँ प्रदूषण फाल्ने नेपो इन्डस्ट्रिजलाई ध्वनि रोकथाम गरी तीन दिनभित्र जवाफ पेश गर्न पत्र लेखेको समाचार छ । नेपो इन्डस्ट्रिजले राति आठ बजेदेखि टेक्स्टायल मेसिन बन्द गरी ध्वनि प्रदूषण नरोकेको जवाफ यसअघि नै दिएको बताइन्छ । सरकारले बनाएको टायल छाना भएको भक्तपुरको मौलिक शैलीसँग मिलेको भवनलाई भत्काएर दुई तला माथि जस्ता बेरिएको टहरामा नेपो इन्डस्ट्रिजले टेक्सटायल मेसिन सञ्चालन गरेको हुँदा दिउँसो प्रदूषण रोक्न सकेको छैन । मौलिक शैलीको सरकारी भवन बहालमा लिएको नेपो इण्डस्ट्रिजले मनपरी भवन भत्काएको र जस्ता बेरेर ध्वनि प्रदूषण फाल्ने टेक्सटायल उद्योग सञ्चालन गर्ने काम के स्वतः दण्डनीय होइन र ?
जनताको निवेदनबारे नेपो इन्डस्ट्रिजले राति कारखाना बन्द गरी ध्वनि प्रदूषण नफालेको जवाफ दिए पनि दिनको धुवाँ र ध्वनि प्रदूषणले ब्यासी, खौमा र इटाछेँलगायतका जनताको स्वास्थ्यमा प्रतिकूल असर पु¥याएको स्थानीय जनताको भनाइ छ । दिनमा फाल्ने यसको ध्वनि र धुवाँ प्रदूषणले वरिपरिका विद्यार्थीहरू पढाइमा एकाग्र हुन नसकेको, ज्येष्ठ नागरिकको आराममा अवरोध पुगेको हुँदा जस्ताको टहरामा सञ्चालित टेक्सटायल उद्योग रातमा मात्र होइन दिनमा पनि अविलम्ब बन्द गराउनुपर्ने र स्थानीय सीपमा आधारित हस्तकलाका उद्योग सञ्चालन गराउनुपर्ने वा नेपाल सरकारको प्रतिबद्धताअनुसार सो औद्योगिक क्षेत्र नै स्थानान्तरण गर्नुपर्ने देखिन्छ ।
नेपो इन्डस्ट्रिजले भक्तपुर नगरपालिकालाई चार पाँच लाख रुपैयाँ करसमेत नबुझाएको पनि समाचारमा उल्लेख छ । स्थानीय किसानको जग्गा रोपनीको ६ हजारमा अधिग्रहण गरी नेपो इन्डस्ट्रिजलाई भवनसमेत वार्षिक ५÷१० हजारमा बहालमा समेत दिनु ‘गाई मारी बाघ पोस्नु’ त होइन ?
Leave a Reply