भर्खरै :

चिनियाँ जनकम्युनबारे केही चर्चा

पँुजीवादी र साम्राज्यवादी देशहरूले २-३ सय वर्ष लगाएर गरेको विकास समाजवादी देशहरूले २०-३० वर्ष वा ४०-५० वर्षमा गरे । पूर्वसोभियत सङ्घ, चीन, प्रजग कोरिया, क्युवालगायत समाजवादी देशहरूको विकास हेर्दा स्पष्ट देख्न सकिन्छ । समाजवादी देश चीनमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भयो । चिनियाँ कम्युनिस्ट पार्टी र महान् नेता माओत्सेतुङको सबल र सक्षम नेतृत्वमा चीनमा किसान आन्दोलन र सङ्घर्ष भयो । किसानहरू माक्र्सवाद र लेनिनवादबाट सुसूचित भई सङ्गठित भएका थिए । सन् १९४९ अगाडिसम्म चीनमा बेलायत, फ्रान्स, जापान, अमेरिकालगायतको उपनिवेश थियो । बहुमत किसान शोषित-पीडित थिए, अत्याचारबाट दबिएका थिए । त्यस्तै चीनकै जमिनदार, राजा-रजौटाबाट पनि शोषित र पीडित थिए चिनियाँ किसान । जनवादी क्रान्तिपछि नयाँ भूमि सुधार लागु भयो । बिस्तारै चीनको जनजीवनमा परिवर्तन आउन सुरु भयो । आज जनवादी गणतन्त्र चीन विश्वको एक शक्तिशाली देशको रूपमा उदय भइरहेको छ । यद्यपि, आजको शक्तिशाली चीनलाई हिजोको जनकम्युनको महत्वपूणर् योगदान रहेको थियो । विश्वको एक पिछडिएको शोषित र उत्पीडित चीन केही दशकमै विकसित देशहरूलाई पछ्याउन सफल हुनुको आधार र कारण चिनियाँ जनकम्युन नै भएको संसारले देखिसकेको छ ।
हिजोको चीनको जनकम्युन बुझ्न वर्कर्स पब्लिकेसनद्वारा २०६६ फागुनमा प्रकाशित ॅचिनियाँ जन-कम्युन’ पुस्तिका अध्ययन गर्नु उपयुक्त हुन्छ । पुस्तिकाका लेखक नारायणमान बिजुक्छेँ (रोहित) हुुनुहुन्छ । पुस्तिकाका विषय तीन अध्यायमा विभाजित छ ।
सन् १९४९ को जनवादी क्रान्तिभन्दा पहिले चीनको ७०-८० प्रतिशत जग्गा जमिनदार एवम् राजा-रजौटाहरू र २०-३० प्रतिशत जग्गा मध्यमवर्गको हातमा थियो । वास्तविक बहुमत किसानसँग आफ्नो जग्गा थिएन । तसर्थ, किसानले उब्जनीको ठूलो भाग जमिनदारलाई कूतको रूपमा तिर्नुपर्दथ्यो । त्यस्तै किसान सरकारको झारा जानु पर्दथ्यो र सरकारलाई अनेक कर पनि तिर्नुपर्दथ्यो । यसले गर्दा चिनियाँ किसानको आर्थिक र सामाजिक जीवन कष्टकर थियो । त्यस्तै साम्राज्यवादी देशहरूले चिनियाँ जमिनदारहरूसँग मिलेर प्रत्यक्ष-अप्रत्यक्षरूपमा किसानको शोषण गर्थे । तसर्थ, चीनको ऐतिहासिक सङ्घर्षको मूल कारण कृषि समस्या पनि भएको स्पष्ट बुझ्न सकिन्छ ।
चीनमा सन् १९४९ देखि १९५९ सम्ममा भूमिसुधारको काम सम्पन्न भएको थियो । तर, जग्गा वितरणले मात्र चीनको खेती समस्या समाधान भएन । बहुमत किसानसँग खेतमा काम गर्न कुटो-कोदालोजस्ता साधारण ज्यावल पनि थिएन । त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा खेतीको औजारको कमीलाई ध्यानमा राखी श्रम शक्तिको राम्रो उपयोग र खेतीलाई समाजवादीकरण गर्न ॅपारस्परिक सहयोग दल’ को स्थापना भयो । पारस्परिक सहयोग दलको स्थापना नै चिनियाँ जनकम्युनको विजारोपन थियो । सो सहयोग दलमा ७ देखि १५ घरसम्म सदस्यहरू हुन्थे । त्यस सहयोग दलको मुख्य उद्देश्य उत्पादन बढाउनु र श्रममा सामूहिकताको विकास गर्नु थियो । सदस्यहरू एकले अर्कोको खेतमा गएर काम गर्थे । खास गरेर सन् १९५३ को फेब्रुअरीदेखि तीव्ररूपमा सहयोग दल स्थापनाको आन्दोलन सुरु भएको थियो । खनजोत र बाली काट्ने समयमा मात्र सङ्गठित हुने र वर्षभरि सङ्गठित भइरहने गरी दुई किसिमका थिए पारस्परिक सहयोग दल पनि । तर, उत्पादनका साधन हुने किसानहरूले बढी फाइदा पाउने भएकोले आर्थिक असमानता बाँकी नै थियो ।
सन् १९५४ को अन्तदेखि नै प्राथमिक खेती सहकारी स्थापनाको आन्दोलन सुरु भएको थियो । २०-३० घरहरू मिलेर बनेको प्राथमिक खेती सहकारी अर्धसमाजवादी संस्था थियो । उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व भएपनि खेती जग्गामा व्यक्तिकै स्वामित्व हुने व्यवस्था थियो । प्राथमिक खेती सहकारीमार्फत खेती भएपछि १६ देखि ३० प्रतिशतभन्दा बढी उत्पादन बढ्यो । सन् १९५६ जूनसम्ममा ९७.७ प्रतिशत चिनियाँ किसानको परिवार अर्धसमाजवादी र समाजवादी सहकारी संस्थामा सहभागी भइसकेका थिए ।

चिनियाँ जनकम्युन एउटा सङ्गठन भएकोले सबै सदस्यलाई खाने, लाउने, बस्ने, पढ्ने, स्वास्थ्य सुरक्षा, जाडोबाट बच्ने, विवाह, सुत्केरी र अन्तिम संस्कार आदिको राम्रो व्यवस्थापन निःशुल्करूपमै हुन्थ्यो । चीनको जनकम्युनमा नेपालमा जस्तै छुवाछूतको प्रथा थिएन । जनकम्युनको सामूहिक भान्साको व्यवस्थाले हजारौँ वर्षदेखि घरेलु दासताको सिक्रीले बाँधिएका महिलाहरू पनि मुक्त भए र उत्पादन कार्यमा संलग्न हुने मौका पाए । शिशुशाला र बालोद्यानको व्यवस्थाले पनि महिलालाई बाहिर काम गर्न सहयोग मिल्यो ।

सन् १९५६ को वसन्तदेखि नै ॅअगाडि बढेको सहकारी’ वा पूणर् समाजवादी सहकारी संस्थाको स्थापनाको आन्दोलन सुरु भएको थियो । अगाडि बढेको सहकारीमा १७०-१८० परिवार समावेश थिए । सबै उत्पादनका साधनहरूको स्वामित्व सामूहिक स्वामित्वमा परिणत भएसँगै वितरण व्यवस्था पनि कामको गुण र मात्रा हेरेर दिइने व्यवस्था भयो । स-साना अर्धसमाजवादी संस्थाहरू मिलेर नै ठूल-ठूला ॅअगाडि बढेको सहकारी’ बनेका थिए । साधन, श्रमशक्ति, पुँजी आदिको वृद्धिले सहकारी संस्था बिस्तारै साना व्यापार, शिल्प व्यवसाय, यातायात, कुलो खन्ने आदि निर्माण कार्यमा पनि संलग्न हुन सक्षम भयो । यसरी उत्पादनको वृद्धिसँगै किसानको आम्दानीमा पनि वृद्धि भएपछि बिस्तारै आर्थिक असमानता कम हुँदै गयो ।
चिनियाँ जनकम्युन चिनियाँ समाजवादको सबभन्दा तल्लो सङ्गठन हो । जसमा खेती, उद्योग, शिक्षा र संस्कृति, व्यापार र मिलिसिया आदि क्षेत्र सम्मिलित छन् । जनकम्युन एक तल्लो सामाजिक सङ्गठन हुनुको साथै राज्यको शासनको एक तल्लो अङ्ग पनि हो । जनकम्युनको विकास चिनियाँ समाजमा सहर र गाउँ, मजदुर र किसान, शारीरिक र बौद्धिक श्रमबीचको भेद हटाएर समाजवादी समाजलाई साम्यवादी समाजको निर्माणमा लैजाने माध्यम थियो । चिनियाँ जनताको आर्थिक र राजनीतिक चेतनाको विकास, चिनियाँ कम्युनिस्ट पार्टीको शुद्धीकरण आन्दोलन र समाजवादको निर्माण गर्न भएको सन् १९५८ को ॅलामो पाइला’ को फल नै जनकम्युन हो ।
चिनियाँ जनकम्युन एउटा सङ्गठन भएकोले सबै सदस्यलाई खाने, लाउने, बस्ने, पढ्ने, स्वास्थ्य सुरक्षा, जाडोबाट बच्ने, विवाह, सुत्केरी र अन्तिम संस्कार आदिको राम्रो व्यवस्थापन निःशुल्करूपमै हुन्थ्यो । चीनको जनकम्युनमा नेपालमा जस्तै छुवाछूतको प्रथा थिएन । जनकम्युनको सामूहिक भान्साको व्यवस्थाले हजारौँ वर्षदेखि घरेलु दासताको सिक्रीले बाँधिएका महिलाहरू पनि मुक्त भए र उत्पादन कार्यमा संलग्न हुने मौका पाए । शिशुशाला र बालोद्यानको व्यवस्थाले पनि महिलालाई बाहिर काम गर्न सहयोग मिल्यो । चीनको गाउँ – गाउँसम्म नै प्राथमिक, माध्यमिक र रात्री स्कूलहरूको सञ्चालन भएबाट प्राविधिक एवम् प्राथमिक विज्ञानको ज्ञान पाएर बहुमत किसानको सांस्कृतिक स्तरको विकास भयो । जनकम्युनमा नौ वर्षदेखि नै विद्यार्थीलाई श्रमलाई प्रेम गर्न सिकाउनुका साथै व्यावहारिक तालिम पनि दिइन्थ्यो ।
जनकम्युन केन्द्रीयता र प्रजातन्त्र, अनुशासन र स्वतन्त्रता, इच्छाको एकता र व्यक्तिगत सुविधासँगै गाँसिएकोले राज्य शासनको एक अङ्ग पनि थियो । हरेक कम्युनको आ-आफ्नो जनसेना हुन्थ्यो । यसले कम्युनको शान्ति-सुरक्षाको बन्दोवस्त गथ्र्यो । देशमा कुनै प्रकारको बाहिरी आक्रमण भएमा सारा जनसेना राष्ट्रिय सेनामा नै सम्मिलित भएर देश बचाउने कार्यमा लाग्न सक्थे । कम्युनमा हरेकलाई कामअनुसार नै वितरणको व्यवस्था भएपनि ज्येष्ठ नागरिक, केटाकेटी, अपाङ्ग, टुहुरा-टुहरीलाई भने निःशुल्क सेवा-सुविधा वितरण हुन्थ्यो । चिनियाँ जनकम्युनमा ठूल-ठूला उत्पादनका साधनहरूमा बाहेक अन्यमा व्यक्तिगत स्वामित्व कायमै थियो । तर, व्यक्तिगत सम्पत्ति र स्वतन्त्रताको नाममा अरूलाई शोषण गर्न भने निषेध थियो ।
सामान्यतयाः समथर जग्गाको कम्युनमा १० हजारभन्दा बढी र पहाडी इलाकाको कम्युनमा २ हजारदेखि ३ हजार सदस्य हुन्थे । वास्तवमा कम्युनको क्षेत्र र सदस्यको कुनै सङ्ख्या तोकिएको हुँदैनथ्यो । त्यसैले चिनियाँ जनकम्युन समानताको राजनैतिक चेतना र आर्थिक विकासको फल थियो ।
लेखक आफैले सन् १९६० जूनतिर चीनमा स्वास्थ्य उपचारको क्रममा जाँदा प्रत्यक्षरूपमा जनकम्युनको अवलोकन गर्ने मौका पाउनुभयो । नेपाली, भारतीय, मङ्गोलियाली, कोरियाली र भियतनामी मित्रहरूसँगै लेखकले पेइचिङको सहरी कम्युन, हाँगचाउको कम्युन फार्म र साङ्घाईको माह्याउ कम्युनको अवलोकनका साथै कम्युनको विकासक्रमबारे जानकारी लिन पाउनुभयो । तिनै अवलोकन भ्रमणलाई संस्मरणको रूपमा यस पुस्तिकामा समावेश गरिएको छ । ती संस्मरण पढ्ने बेलामा पाठकलाई लेखकसँगै आफू पनि अवलोकन भ्रमण गर्न पुगेको अनुभव हुन्छ । पुस्तिकामा क्रान्तिअघि र क्रान्तिपछिको अवस्थाबारे राम्रोसँग उल्लेख गरिएको छ । जनकम्युनमा उत्पादन अवस्था, शिक्षा र साहित्यको व्यवस्था, महिलाहरूको सक्रियता र सहभागिता, अनुशासित सामूहिक जीवन, स्वास्थ्य उपचार एवम् अस्पतालको अवस्था, बालोद्यान र शिशुशाला, प्राचीन कलापक्षलगायतबारे सरल र स्पष्टसँग व्याख्या गरिएको छ ।
तसर्थ, आजको शक्तिशाली चीन बुझ्नलाई हिजोको चिनियाँ जनकम्युन अध्ययन गर्नु र बुझ्नु आवश्यक छ । बेलायत, अमेरिका, फ्रान्स, जापानलगायत देशहरूको उपनिवेश भोगेका चीनका बहुसङ्ख्यक किसान शोषित भएको, पिल्सिएको, दबिएको, पीडित भएको ऐतिहासिक तस्बिर हेर्न-बुझ्न चिनियाँ जनकम्युन पुस्तिका सहयोगी हुन्छ । त्यस्तै नेपालका सहर-बजारमा, टोल-टोलमा ॅफस्टाएका’ सहकारी संस्थाहरूले पनि ॅचिनियाँ जनकम्युन’ पुस्तिका अध्ययन गरी छलफल गर्न आवश्यक देख्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *