भर्खरै :

कोरोना सङ्क्रमित व्यक्तिलार्ई विभेद किन ?

कोभिड–१९ महामारी नेपालमा पनि समुदायस्तरमा तीव्रगतिमा फैलिरहेको कारण नेपाली जनता केबल चिन्तित मात्र नभई आतङ्कित छन् । त्यसमाथि टोलमा कसैलाई कोरोना देखिए उसको घर सिल गर्ने, घर आसपास पम्प्लेटिङ्ग गर्ने, सङ्क्रमितसित टाढा रहने, कोरोना लागेका व्यक्तिलाई छिः छिः र दुरदुर गर्ने आदि कार्य समाजमा भइरहेका छन् । मानौँ कोरोना लागे व्यक्ति मानिस नभई उपहासका पात्र हुन् । यसबाट कतिपय सङ्क्रमित व्यक्ति निरुत्साहित हुन्छन् । यस्तै मानसिक समस्या उत्पन्न भई आइसोलेसन वा क्वारेन्टिन स्थलमै आत्महत्यासम्म गर्न पुगेको समाचार नौलो होइन ।
यस्तो विषम परिस्थितिमा रोगीले समुदायबाट आवश्यक साथ र सहयोग पाउनुपर्ने हुन्छ । तर, यसको विपरीत सङ्क्रमितहरू त्रास र भयले जिउन बाध्य छन् । कोरोना सङ्क्रमित भइसकेपछि होम आइसोलेसनमा बसिरहेका कतिपय बिरामीले चिकित्सकीय औषधि उपचारलगायत दैनिक खाद्य सामग्री आपूर्ति नहुँदा निकै दुःख कष्ट झेल्नु परेको समाचारले हरेक नेपालीमा गम्भीर उदासिनता छाएको छ । अर्कातिर सङ्क्रमित व्यक्तिहरूको उचित उपचारका लागि व्यवस्थित क्वारेन्टिनको सङ्ख्या ज्यादै सीमित भएको हुनाले तिनीहरूमा आशाको सञ्चार गर्न सम्बन्धित निकाय सक्षम देखिएको छैन । कतै क्वारेन्टिनमा रहेका सङ्क्रमितहरू रातारात फरार भएका छन् भने कतै दिन दहाडै बलात्कार, हत्या र चोरीका घटनाहरू तीव्ररूपमा वृद्धि भइरहेको स्थितिमा सरकारको हास्यास्पद अभिव्यक्ति आइरहेका छन् । मानवीय संवेदना, सहानुभूति तथा सेवाभावले अझ खटेर काम गर्ने भनेकै विपत्को बेला भएकोले डर र त्रासमा चुप लागेर बस्नुहुन्न । विज्ञहरूका अनुसार स्वास्थ्यका आवश्यक सावधानी अपनाई सङ्क्रमित व्यक्तिलाई आवश्यक साथ र सहयोग गर्न कुनै आनाकानी गर्नुपर्दैन । समय–समयमा सङ्क्रमित व्यक्तिको अवस्थाबारे बुझ्ने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडिबुटी सेवनसम्बन्धी वा अन्य तरिका, विधिबारे जानकारी दिई हौसला दिने कार्यले रोगी र तिनका परिवारलाई बचाउन सकिने हुनाले सधैँ सकारात्मक व्यवहार गर्नु खाँचो छ ।
विश्वका अन्य देशमा जस्तै नेपालमा कोरोनालाई महामारीभन्दा आतङ्क बनाइएको जनगुनासो बढिरहेको छ । कुनै पनि रोग लाग्दा स्वास्थ्य उपचारमा गरिब नेपाली जनतालाई विभेद गरिंदै आएकोेमा यतिबेला कोरोना सङ्क्रमिहरूप्रति राज्य र समाजले गरेकोे विभेदले चरम सीमा नाघेकोे छ । विदेशबाट हवाई सुविधामार्फत स्वदेश फर्कने व्यक्तिहरूलाई क्वारेन्टिनको बन्दोवस्त गर्नसक्ने तर छिमेकी देश भारतबाट लकडाउनको कारण रोजगारी गुम्न पुग्दा नेपाल फर्कन बाध्य नेपाली दाजुभाइहरूले भने क्वारेन्टिनको सट्टा प्रहरीको चुटाइ खानु परेको दृश्यले राज्यको विभेदकारी तथा र दमनकारी नीतिलाई उदाङ्ग्याएको छ । कामदार जनता रोगले भन्दा भोकले मरिरहेका छन्् ।

कलकारखानाहरूमा काम गर्ने मिस्त्री मजदुरहरूको कोरोना परीक्षणपश्चात नेगेटिभ आएको खण्डमा मात्र काम गर्ने अनुमति दिइनुपदथ्र्यो । तर, सरकार राजनीतिक नियुक्ति र भागबन्डामा मात्र अलमलिरहेको देखियो । जसले गर्दा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गइरहेको अवस्था छ । विज्ञहरूका अनुसार जाडो यामको सुरुआटसँगै कोरोना सङ्क्रमितहरूको सङ्ख्या अझै धेरै बढ्न सक्ने हुनाले खानपानमा उच्च सतर्कता अपनाउँदै सुरक्षित जीवन यापनका लागि शारीरिक र मानसिकरूपमा तयार रहनु आजको आवयकता हो ।

टुँडिखेलको चउरमा सरकार संविधान दिवस मनाइरहँदा रत्नपार्कका सडकमा कामदार जनता भोकले तड्पिरहेका थिए । आफ्नो जीवन यापनका आधाको रूपमा रहेको नियमित कामबाट विस्थापित भएपछि एक छाक खानाका लागि उनीहरू तँछाडमछाडको स्थितिमा देखिए । तर, सरकार हेर्याहे¥यै भएर बस्नु ठूलो विडम्बना हो । खानामात्र खाने भए कसैले दुःख गर्न नपर्ने भनी अभिव्यक्ति दिएको सरकारले जनता दिनदिनै भोकै मरिरहेको कसरी टुलुटुलु हेर्न सकेको हो ¤ अर्कोतिर चिकित्सकहरूको लापरबाहीले हो वा माफियाहरूको चलखेलको कारण राजधानीकै ठूला अस्पतालहरूमा कोरोना सङ्क्रमित बिरामीको मृत्यु भइरहेको छ । आफन्तहरूले मृतकको लाश बुझ्दा अङ्गभङ्ग गरिएको दुःखद खबर सुन्दा यो देशमा सरकार नै छैन कि जस्तो धेरैलाई लागु स्वाभाविक छ । महिनाँै बन्दाबन्दीको कारण रोजीरोटी गुमेकाहरू धेरैजना भारत छिरेका छन् । केही समयपछि तिनीहरू अवश्य सङ्क्रमित भई नेपाल फर्किने छन् । त्यतिबेला यहाँको स्थिति थप भयावह हुने निश्चित देखिन्छ । त्यसकारण सरकारले आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि ठोस योजना तर्जुमा गर्नु नितान्त आवश्यक छ । प्रत्येक नागरिकले राज्यबाट आशा र अपेक्षा गरेका हुन्छन् । तर, हरेक पटक राज्यबाट निराशा नै पाउने भएका छन् । लकडाउनको बेला सरकारले सिमाना र उपत्यका छिर्ने विभिन्न नाकाहरूमा कडाइ नगरेका कारण नेपालमा सङ्क्रमितहरूको सख्या बढेको र उपत्यकाभित्र पनि जोखिम थप्दै गएको यथार्थ हो ।
कतिपय नागरिकहरूले कोरोनालाई हलुको रूपमा लिई होशियारी नअपनाउँदा पनि समस्या विकराल हुन पुगेको हो । केन्द्र, प्रदेश र स्थानीय तीनै तहको सरकारले कोरोना सङ्क्रमित, तिनका परिवार र सम्बन्धित बस्तीमा सिल गर्नुका साथै आवश्यक खाद्यान्न तथा औषधिउपचार सुविधा तत्काल पु¥याउन युवा स्वयम्सेवकहरूको दस्ता तयार गर्नुपर्ने थियो । एकाध ठाउँमा बाहेक अन्त यस्तो व्यवस्था भएको पाइँदैन । त्यस्तै सरकारले कम्तीमा प्रत्येक घरको एक सदस्यको पीसीआर टेस्ट निःशुल्क गर्ने व्यवस्था मिलाउनुपर्ने थियो । उद्योग कलकारखानाहरूमा काम गर्ने मिस्त्री मजदुरहरूको कोरोना परीक्षणपश्चात नेगेटिभ आएको खण्डमा मात्र काम गर्ने अनुमति दिइनुपदथ्र्यो । तर, सरकार राजनीतिक नियुक्ति र भागबन्डामा मात्र अलमलिरहेको देखियो । जसले गर्दा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गइरहेको अवस्था छ । विज्ञहरूका अनुसार जाडो यामको सुरुआटसँगै कोरोना सङ्क्रमितहरूको सङ्ख्या अझै धेरै बढ्न सक्ने हुनाले खानपानमा उच्च सतर्कता अपनाउँदै सुरक्षित जीवन यापनका लागि शारीरिक र मानसिकरूपमा तयार रहनु आजको आवयकता हो । भोलिको सुन्दर भविष्यका लागि आजको कठिन परिस्थितिसित जुझ्न सक्षम बनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *