ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
तीन घटनाहरू
खिनजेमाने र लोङजु घटनापछि पनि आशङ्का, गतिरोध र अकर्मण्यताकै भरमा भारतको राजनीतिक र सैन्य सोच निर्देशित भयो । ती घटनाबाट केही पनि सिकिएन । खिनजेमाने थागला डाँडाकै हाराहारीमा पथ्र्यो । चीनले सिम्ला सम्मेलनलाई मान्यता नदिएको बताइरहेका थिए । त्यसैले म्याकमाहोन रेखा नै विवादमा तानिन्थ्यो । चिनियाँहरूले म्याकमाहोन रेखा पनि थागला–खिनजेमाने क्षेत्रबाट २ माइल दक्षिणमा पर्ने भनिरहेका थिए । नेहरू आफैँले पनि अन्तर्राष्ट्रिय सिमाना कहाँ पर्छ भनी यकिनसाथ बोल्न सकेका थिएनन् । १९६० मा चिनियाँहरूले त्यस भेगको सीमा रेखाबारे मसिना प्रश्नहरू सोधे । यसले समग्र म्याकमाहोन रेखाको वैधतामाथि प्रश्न उठ्यो । यस्तो हुँदाहुँदै पनि विवादित क्षेत्रमा १९६२ को मई – जून महिनामा ढोला चौकी स्थापना गर्नु विवेकसम्मत थिएन । सैन्य बलका आधारमा यस्तो दाबीलाई कार्यरूप दिने स्थिति पनि थिएन । सन् १९६२ का भयावह घटनाहरूको मूलमा सबैभन्दा ठूलो गल्ती यहीँ गरिएको थियो ।
खिनजेमाने र लोङजुका घटनामा चिनियाँहरू भारतीयहरूभन्दा ठूलो सङ्ख्यामा थिए । भारतीयहरू चौकीमा एक दर्जनको सङ्ख्यामा सैनिक तैनाथ थिए । तिनलाई पछाडिबाट कुनै जगेडा सैनिकको आड हुँदैनथ्यो र आवश्यक सरसामानका लागि हवाई आपूर्तिमा भरपर्नुपथ्र्यो । चिनियाँ आक्रमणमा उनीहरू केहीबेर मात्र टिक्न सक्थे । तैपनि गलत मान्यताका आधारमा १९६१–६२ मा त्यस्तै चौकीहरू ‘गरम नीति’ को नाममा स्थापना गरियो । ढोला चौकीमा ४० जना सैनिक तैनाथ थिए र उनीहरूले ठूलो प्रतिकार गर्न सक्दैनथे । त्यहाँका कमान्डरले खतराको जनाउमात्र दिनसक्थे । ढोलालाई चिनियाँहरूले नाम्का चूसम्म तान्न बल्छीको आहारको रूपमा प्रयोग गरे र त्यहीँबाट तवाङ हुँदै आसामको बेँसी आउने बाटो बनाए । (ढोलामा चिनियाँहरूले ‘चौकी बनाउ’ भनेका थिएनन् । त्यसैले भारतीयहरूलाई नाम्का चूसम्म तान्ने कुरा मिल्दैन ।)
चिनियाँहरूलाई अनुरोध गरेपछि गोली चलाउँदैनन् र पछि हट्छन् भन्ने मान्यता नै भारतको कार्यनीतिजस्तो बनेको थियो । चीनले आक्रमण गर्दैन वा युद्ध हुँदैन भन्ने बेतुकको सोचले नै १९६२ मा भारतलाई ढोलाजस्तो दुर्गम गलपासोमा फसाएको थियो । चिनियाँहरू ठूलो सङ्ख्यामा आउँदा भारत हे¥याहेरै भयो । लोङजु घटनामा पनि चिनियाँहरूले खेलाचीमात्र गरिरहेको निष्कर्ष नेहरूले निकाले । नेहरू हिमाली सिमानामा दुरी र आपूर्तिको समस्याबारे जानकार थिए । लोङजु भारतीय सडकबाट ३ दिनको दुरीमा थियो । ढोला पनि उत्तिकै टाढा थियो । चिनियाँहरूलाई हटाउने भन्ने नाममा ढोलाका कठिनाइहरू भुलियो । लोङजुले त्यस भेगका लडाइँका कठिनाइबारे बताएको थियो । त्यहाँ खटिएका भारतीय रक्षकहरूका गोलाबारुद सकिएका थिए र खराब मौसमका कारण हवाई आपूर्ति सम्भव थिएन । अगस्ट र सेप्टेम्बर वर्षाका महिना हुन् । हवाई सेनासँग विमानको कमीका कारण पनि आपूर्ति भएन होला । विमानबाट खसालिएका सामान उपयुक्त स्थानमा नखस्दा पनि समस्या थपिएको थियो । यी सबै समस्या १९६२ फेरि दोहोरिएका थिए । केही पनि सिकिएन । १९६२ मा भारतीय सेना पूर्णतः हवाई आपूर्तिमा निर्भर थियो । विमानबाट खसालिएका सामान लिन जानुपर्ने थप समस्या छँदै थियो । खिनजेमाने र लोङजु घटनापछि भारत सरकारले जसोतसो विरोधपत्र लेखेको हुनुपर्छ । (डाल्भीको व्यङ्ग्य !)
थप स्रोतसाधन नदिई सीमाको सुरक्षा सेनालाई सुम्पनुको कुनै अर्थ थिएन । यसरी त ‘भारतीयहरू युद्ध उन्मुख छन्’ भन्न चीनलाई मौका दिएजस्तो हुन्थ्यो । यसै पनि चिनियाँहरू सिमानामा तैनाथ आफ्ना सेनालाई सीमाबल भन्थे । भारतले सतर्कता र तयारी बढाएन । सन् १९५९ बाटै भारतले तयारी थालेको तर हारेको भन्ने ठाउँमात्र दियो । फेरि पनि अपजसे काम सेनालाई दिइएको थियो । त्यसको लागि आवश्यक सैन्य साधन सेनासँग थिएन ।
तेस्रो मुख्य भिडन्त १९५९ को अक्टोबर २० मा लद्दाखमा भयो ।
(घटनास्थल परम्परागत चिनियाँ नक्साभित्र पथ्र्यो । डाल्भीले त्यसलाई सीमारेखाभन्दा ४० माइल दक्षिणमा पर्ने बताए ।) कोङका भञ्ज्याङभन्दा दक्षिणमा चाङचेन्मो उपत्यकामा चिनियाँहरूले नियमित गस्तीलाई एम्बुसमा पारे । हवल्दार करम सिंहको नेतृत्वमा गएको सो टोलीका ९ जना मारिए र १० जनालाई बन्दी बनाइयो । यस घटनाले भारतमा जनआक्रोश ह्वात्तै बढ्यो । १९५९ को अन्त्यपछि शङ्कालाई कुनै ठाउँ रहेन । रक्षामन्त्री मेननले त्यसपछि सरकार ‘निष्क्रिय’ नरहेको बताएका थिए । वार्ताको टेबुलमा सीमा समस्या समाधान नभएमा यसैलाई लिएर सैन्य भिडन्त हुने पक्का थियो । एकाध ठाउँको मात्र विवाद नमिलाई समग्र सीमा समस्याकै एउटा हल निकालिनुपथ्र्यो । चिनियाँहरूले समाधान नभए लडाइँ पनि गर्न तयार भएको सङ्केत गरिसकेका थिए । आफ्ना अधिकार स्थापित गर्न उनीहरू माओ त्सेतुङको ‘बन्दुकको नाल’ प्रयोग गर्नसक्थे ।
मेनन र थिमैया
सेना आरामले बस्न सक्दैनथ्यो । चिनियाँ खतराबारे सेना चिन्तित थियो । सीमाको कठोर वास्तविकताबाट थाहा पाएका सैनिकहरू सांसदहरूजस्तो आशावादी बन्न सक्दैनथे । सेनाप्रमुख जनरल थिमैयाले सरकारलाई चिनियाँ खतराबारे सचेत पारिसकेका थिए । १९५९ मै उनले चीनको सामना गर्न चाहिने सैन्य सामग्रीबारे जानकारी गराएका थिए । उनलाई मेननले ‘पश्चिममुखी’ भने । प्रशासकहरूले हतपते भने । कहिले र के गर्नुपर्छ भन्ने कुरा उनलाई सरकारले बताउने थियो । यसको जवाफमा जनरल थिमैयाले मेननलाई ‘कम्युनिस्ट’ भने । मेननले चीनलाई भन्दा पाकिस्तानलाई मुख्य खतरा देख्थे । थिमैया शत्रुहरूलाई तलमाथि राख्ने पक्षमा थिएनन् । सेनाप्रमुख हुनुभन्दा केही वर्ष अगाडि नै थिमैयाले सेनालाई विस्तृत भूभागमा बाँडिएको र थोरै सैन्य सामग्री दिइएको महसुस गरेका थिए । नेफा र लद्दाखको जिम्मा पनि पाएपछि सैन्य सामग्री, निर्माण र पुनर्गठनको आवश्यकता झन् खट्कियो । खिनजेमाने र लोङजुका घटनाको महिनादिनपछि रक्षा मन्त्रालय र सेनाको बीचमा द्वन्द्व चर्कियो । मेननले सेनाको बढुवा र कार्यविधिमा अनावश्यक हात हालेको ठूलो चर्चा भयो ।
जनरल थिमैयाले राजीनामा पत्र नेहरूलाई बुझाए । सो पत्र फिर्ता लिन नेहरूले थिमैयालाई मनाए । जनरलका समस्याहरू आफैँले हेर्ने नेहरूले बताए । पछि थिमैयाले तीललाई पहाड बनाएको नेहरूको कथन थियो । नेहरूले मेननको बचाउ गरे र सनकका कारण सेनाप्रमुखले राजीनामा दिएको बताए । नेहरूले चीन–भारत सीमा विवाद चर्केको बेला राजीनामा दिन खोजेको भनी जनरलको अपमान गरे । प्रजातन्त्रमा सेना प्रशासनको मातहत हुने बताए । नेहरूको विजय भयो । पछि उनले पछुताउनुप¥यो । १९६२ पछि नेहरूले आफूले बचाउ गरेकाहरूलाई हटाउनुप¥यो र राष्ट्रिय प्रतिरक्षा काउन्सिलमा जनरल थिमैयालाई ल्याउनुप¥यो । त्यसबेला नेहरूले चीन–भारत सीमा सङ्कटसँग जोडेर जनरल थिमैयालाई हियाएका थिए । सोही सङ्कटका कारण सांसद आदिबाट पनि कर असुलिएको थियो । वास्तवमै सङ्कट छ भन्ने लागेको भए राष्ट्रिय सुरक्षामा ध्यान नदिएकोमा नेहरूलाई दोष जान्छ कि जाँदैन ? भारतमाथि आक्रमण गर्न चीन कमजोर र अन्तै अलमलिएको शक्ति हो भन्ने नेहरूलाई छुट दिन मिल्छ ? एक भारतीयका लागि नेहरू पनि मानवीय कमजोरीसहितका नेता थिए भन्दा अप्ठ्यारो लाग्ला । तर, थिमैया काण्डमा उनले सीमा सङ्कटको हवाला दिएका थिए र त्यस्तै काममा उनलाई पनि छुट दिनमिल्दैन ।
मेनन र थिमैयाको द्वन्द्व सरकारको चीन नीतिकै उपज थियो । जनरल थिमैया अनुशासित र देशभक्त थिए । राष्ट्रिय हितको चर्को दबाबले नै उनले राजीनामा दिएका थिए ।
कोरियाली कमिसनमा काम गरेर थिमैयाले अन्तर्राष्ट्रिय ख्याती आर्जन गरेका थिए । भारतका हर्ताकर्ता नेहरूपछि देश र विदेशमा प्रसिद्धी पाउने थिमैया एकमात्र सम्भावित शत्रु थिए । उनीसँग नेहरूले अन्य जनरलसँग जस्तो व्यवहार गर्नसक्दैनथे । उनको छवि बेवास्ता गर्न नसकिने खालको थियो । उनी सेनाप्रमुख बनेको हेर्ने धेरै सैनिकहरूको रहर थियो । सेनाले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भनी थाहा भएका थिमैया एकमात्र जनरल थिए । (डाल्भीले सैन्य अपरेसन निर्देशनालयमा छँदा जनरल थिमैयासँग काम गर्न पाएकोमा खुसी जनाउँछन् । साथै थिमैयाले सेनामा सुधारका लागि गरेका प्रयत्न र उनको मनोबललाई उदासीन र आक्रामक रक्षा मन्त्रालयले धुलो पार्न खोजेको देखेको अनुभव बताउँछन् ।)
प्रधानमन्त्रीप्रतिको बफादारीले गर्दा उनले राजीनामा फिर्ता लिएका थिए । उनी सनकी भएको भए नेहरूले उनलाई राजीनामा फिर्ता लिन भन्नु हुँदैनथ्यो । सीमामा चीनका निर्माण र अन्य गतिविधिप्रति थिमैया चनाखो थिए । तर, चीनबाट कुनै खतरा छैन भन्दै सरकारले जनरल थिमैयाको १९६० को वक्तव्यलाई ध्यान दिएन । चिनियाँ फौज तिब्बतमा खम्पाहरूलाई खटाइएको मानियो । त्यसले भारतविरुद्ध युद्ध नगर्ने ठानियो । आफ्ना मित्रहरूको बचाउमा देशलाई नै दाउमा राख्ने नेहरूको जीवनको यो पाटो पेचिलो छ । नेहरूजस्ता व्यक्तिलाई तुच्छता र स्वार्थीपना सुहाउने कुरा होइनन् ।
जनरल थिमैया भारतीय जनरलहरूमध्ये सबैभन्दा योग्य र सबैका प्रिय थिए । दोस्रो विश्वयुद्धको लडाइँमा ब्रिगेडको नेतृत्व गर्ने उनी एकमात्र भारतीय थिए । उनले बेलायती विभूषण पाएका थिए । १९४७ को भारत पाकिस्तान विभाजनमा उनले पञ्जाब सीमाबलको नेतृत्व सम्हालेका थिए । धेरैजना आत्तिएको हत्याहिंसा र पागलपनको समयमा उनी शान्त रही इमानदारीपूर्वक हिन्दू–मुसलमान समस्यासँग जुधेका थिए । १९४८ पछि उनले काश्मिर उपत्यकामा सेनाको नेतृत्व गरेका थिए र उल्लेखनीय सफलता हासिल गरेका थिए । काश्मिर उपत्यकाबाट शत्रुहरूको सफाया गरेर उनी पाकिस्तानशासित क्षेत्र मुक्त गर्ने तरखरमा थिए । यस्तैमा नेहरूले युद्ध रोक्ने आदेश दिए । नेहरूले किन यस्तो गरे, आजसम्म अज्ञात छ । थिमैयापछि सैन्य हेडक्वाटरमा आए । उनले कुनै राजनीतिको खटनमा सानातिना काम गरेका थिएनन् । (यहाँ डाल्भीको व्यङ्ग्य जनरल बीएम कौल, जनरल थापरलगायत सैन्य अधिकारीतिर हो । डाल्भी आफ्नो सेवाकालभरि कहिल्यै पनि थिमैयाको बारेमा कसैले नराम्रो कुरा नगरेको र उनले कुनै अविवेकी निर्णय नगरेको अनुभव साट्छन् ।)
कोरियाली कमिसनमा काम गरेर थिमैयाले अन्तर्राष्ट्रिय ख्याती आर्जन गरेका थिए । भारतका हर्ताकर्ता नेहरूपछि देश र विदेशमा प्रसिद्धी पाउने थिमैया एकमात्र सम्भावित शत्रु थिए । उनीसँग नेहरूले अन्य जनरलसँग जस्तो व्यवहार गर्नसक्दैनथे । उनको छवि बेवास्ता गर्न नसकिने खालको थियो । उनी सेनाप्रमुख बनेको हेर्ने धेरै सैनिकहरूको रहर थियो । सेनाले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भनी थाहा भएका थिमैया एकमात्र जनरल थिए । (डाल्भीले सैन्य अपरेसन निर्देशनालयमा छँदा जनरल थिमैयासँग काम गर्न पाएकोमा खुसी जनाउँछन् । साथै थिमैयाले सेनामा सुधारका लागि गरेका प्रयत्न र उनको मनोबललाई उदासीन र आक्रामक रक्षा मन्त्रालयले धुलो पार्न खोजेको देखेको अनुभव बताउँछन् ।) प्रजातन्त्रमा अयोग्य, बेइमान वा महत्वाकाङ्क्षी नेताहरूविरुद्ध असहमतिको उत्कर्ष भनेकै राजीनामा हो । सोही अधिकारको प्रयोग गर्दा जनरल थिमैयालाई अपमानित गरिएको थियो । त्यसपछि उनी पुरानो अवस्थामा फर्किन सकेनन् । अवकाशको बेला थिमैया निराश र गलेका थिए । सेनालाई तयारीहीन छोडेर जानुपर्दा उनी चिन्तित थिए । अन्त्यतिर केही अफिसरहरू उनको नियन्त्रणबाहिर थिए । चीन र पाकिस्तानसँगको द्वन्द्वको वास्तविकताबारे सरकारलाई उनकै तहको व्यक्तिले मात्र बुझाउन सक्थ्यो । संसद्मा नेहरूको हावादारी वक्तव्यपछि धेरैले थिमैयाले दोस्रोपटक राजीनामा दिनुपथ्र्यो भन्ने अनुभव गरेका थिए । उनको दोस्रो राजीनामाले रक्षामन्त्री मेननको प्रतिष्ठा खस्किने थियो र १९६२ मा देशलाई नै अपमानित गराउने हदसम्म उनी उदाउने थिएनन् । यसबाट नेहरूमाथि पनि दबाब पर्ने थियो । पार्टीभित्र, बाहिर र आक्रमक सञ्चार जगतमा पनि मेननका शत्रुहरू थिए । थिमैयाको दोस्रो राजीनामाले उनीहरूलाई मेननमाथि खनिन सघाउँथ्यो । मेनन र थिमैयामध्ये कुनै एकलाई नेहरूले कारबाही गर्नुपर्ने थियो । मेननमाथिको कारबाही जायज ठहरिन्थ्यो । मेननमाथिको कारबाहीले स्वयम् नेहरूको अहम्मा चोट पुग्ने थियो । यसबाट नेहरू पनि दोषबाट मुक्त छैनन् भन्ने प्रमाणित हुने थियो ।
मेननले जिते । थिमैयाको सुझावको अर्थ भएन । नेहरू निर्विवाद हर्ताकर्ता भए । सेनामा उनका गलत सैन्य नीतिको विरोध गर्ने कोही भएन । उनी मेनन र मेननले रोजेका केही भारदारी सैन्य अधिकारीको सुझावमा चल्न थाले । ती सैन्य अधिकारीहरू आँखा चिम्लेर राजनीतिक नेतृत्वका कुरा मान्थे । अवकाशपछि उनीभन्दा कनिष्ठ जनरललाई दिएजस्तो राजदूत आदिको ठूलो जिम्मा थिमैयालाई दिइएन । दक्षिण भारतीय कफी बोर्डबाट उठाएर उनलाई साइप्रसमा राष्ट्र सङ्घको प्रमुख बनाइएको थियो । कामकै सिलसिलामा १९६५ मा उनको निधन भयो तर उनलाई कहिल्यै धन्यवादसम्म भनिएन ।
१९५४–५९ को अवधि
१९५४–५९ मा भारतको राष्ट्रिय नीतिमा गम्भीर कमजोरी थियो । सरकारले जनतामा पराक्रम र बलिदानको भावना भर्न सकेन । देशको सुरक्षाको लागि यो आवश्यक हुन्छ । आफूले चाहेको कुरा सरकारले बताउन सकेन । सरकार अलमलिएको देखियो । चीनसँग लड्ने र उसलाई खुसी बनाउने दुई कार्यका बीचमा सरकार झुलिरह्यो । विभिन्न आश्वासनकै भरमा पाकिस्तान र चिनियाँ खतरालाई बेवास्ता गरियो । दुई देशसँगको युद्धलाई अलग्याउन कुनै कूटनीतिक पहल गरिएन ।
भारत सैन्य मुठभेडको स्थितिको दिशामा लम्कियो । एक विकासशील देशका लागि यो आत्महत्याजस्तै थियो । चीनसँगको मित्रताको हौवा फैलाएर भारतले चित्त बुझाइरह्यो । चिनियाँ चुनौती देखिएपछि सरकारसँग जवाफ थिएन । सारमा भारतले युद्धको तयारी गरेको थिएन । चाहिने बेला सहयोग गर्नसक्ने कुनै कूटनीतिक सम्बन्ध कायम गरिएको थिएन । सैन्य शक्ति विस्तृत भूभागमा छरपस्ट थियो । यसले राष्ट्रिय सुरक्षा दिनसक्दैनथ्यो । सन् १९५९ मा भारतसँग चीनविरुद्ध सहयोग गर्नसक्ने विदेशी मित्र थिएनन् र चीनलाई चुनौती दिनसक्ने सैन्य क्षमता पनि थिएन ।
मेजर जनरल बीएम कौललाई बढुवा गरेर १९५९ को जुलाइमा क्वाटर मास्टर जनरल बनाइयो । जनरल थिमैयाको सिफारिसको विपरीत मेननले कौललाई नियुक्ति दिएको हल्ला थियो । एक पर्यवेक्षकले कौल अन्य पुरातनपन्थी जनरलभन्दा वामपन्थी भएकोले यसो गरिएको तर्क दिएका छन् । जे भए पनि कौल युग सुरु भयो । सेनाको सन्तुलन बिथोलियो । कौललाई मेनन र नेहरूको समर्थन थियो । आउँदा वर्षहरूमा सेनाको एउटै बोली हुनुपर्ने थियो । तर सेनामा फुट देखियो ।
१९५४–५९ सम्म डाल्भी सैन्य हेडक्वाटरमा कार्यरत थिए । यसबीच उनले चीन र पाकिस्तानका समस्यासँग भारत कसरी जुध्यो भन्ने देखे । हेडक्वाटरबाट निस्किँदा उनी निराश थिए । ती वर्षहरूको अकर्मण्यता र क्षति अपूरणीय थियो । १९६१ अप्रिलमा जनरल थिमैयाले अवकाश पाए । सेनाले आफ्ना प्राथमिकता र आवश्यकताहरू नेतृत्वसामु राख्ने अन्तिम आशलाग्दो व्यक्ति गुमायो ।
Leave a Reply