ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
कोरोना भाइरसले विश्वव्यापी रूप लिएपछि यो सङ्क्रमण हुने तरिका र यसको लक्षणबारे प्रशस्त जानकारी गराइएको छ । यसको रोकथाम र नियन्त्रण गर्ने विषयमा पनि धेरै सन्देश र सूचनाहरू प्रचार प्रसार भएका छन् । अहिले पनि यस विषयमा विश्वव्यापी चर्चा भइरहेकै छ । अब त खोप बनेर परीक्षण भइरहेको समाचार पनि आइसक्यो । यो सबैका लागि खुसीको कुरा हो ।
अरूको के कुरा, सहरी क्षेत्रमा टोलटोलमा फोहोर उठाउन आउने गाडीले समेत कोरोनाबारे सचेत गराएकै छ । विभिन्न रेडियो स्टेशनहरूले सकेसम्म ‘कोरोना सन्देश’ बजाएकै छन् । कोरोनाका विषयमा सायद नेपाल टेलिकमले जति नियमित, शक्तिशाली र सर्वसुलभ सूचना त अरू कसैले पनि दिएको छैन होला । कसैलाई फोन हान्नासाथ फरर बताउन थालिहाल्छ । पत्रपत्रिकाहरूमा पनि विज्ञापनको रूपमा कोरोना सूचना आएकै छन् । कोरोना निको हुने, प्रतिरोधात्मक क्षमता बढाउने औषधि र जडीबुटीको चर्चा हुँदै छ । साबुन, स्यानिटाइजर, भौतिक दुरी (यसलाई बिगारेर ‘सामाजिक दुरी’ पनि भन्ने गरिएको छ) त सबैले ख्याल गर्नुपर्ने÷प्रयोग गर्नुपर्ने कुराहरू भइहाले । यीबाहेक आरडीटी, पीसीआर, क्वारेन्टिन, आइसोलेसनजस्ता उपचार विधि÷प्रक्रिया हुँदाहुँदै अहिले ‘हाउस्पिटल’, ‘होम आइसोलेसन’ जस्ता ‘अति नयाँ’ शब्द पनि प्रयोगमा आइसकेका छन् ।
अनि सँगसँगै आएको छ खानेकुराको चर्चा । खानेकुराको प्रत्यक्ष सम्बन्ध प्रत्येक मानवको स्वास्थ्यसँग रहने भएको हुँदा यसको चर्चा पहिलेदेखि नै विभिन्न शास्त्र र विषयहरूमा हुने गरेकै हो । अहिले आएर कोरोना लाग्नै नदिने उपायका बारेमा पनि खानपानको तरिका र पाकशिक्षाका बारेमा सुझाउन थालिएको छ । यस सन्दर्भमा पत्रपत्रिकाहरूमा ‘पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने’ सूचना पनि छ । यो सूचना अलि अपूर्ण भयो कि भन्ने लाग्छ ।
कोरोना भाइरसको उत्पत्ति चीनको उहान सहरमा भएको मानिन्छ । त्यो, एउटा मासुपसलबाट सुरु भएको भन्ने चर्चा पनि प्रशस्त भएको हो । अहिलेसम्म यो रोग मासु नखानेलाई नभएको दाबी गरिएको छ । यो कुरा, शाकाहारीका मत र तर्क पनि हुन सक्छ । यद्यपि माछामासु खानेभन्दा भन्दा नखानेलाई रोग कम लाग्ने मान्यता छँदै छ । माछामासु खानु आर्थिक, धार्मिक हिसाबले पनि राम्रो मानिँदैन ।
अनि फेरि वध गरिने पशुलाई लामो र कष्टकर यात्रा गराइएको, तीमध्ये कतिपय रोगी भएको, बगरे, हतियार, पानी र वधशाला नै फोहोर हुने गरेको, काँचो मासु कीरा परुन्जेल राखेको, त्यही मासु पेलपाल पारेर मम बनाई बेचेका जस्ता कुराहरू पनि बेलाबखत चर्चाका आएका हुन् । अहिले महामारीको रूपमा फैलिएको कोरोनाले पशुलाई समेत नछोडेको कुरा पनि बताइन्छ । यस्ता कुरा सुन्दा जोकोहीलाई मासु खानुभन्दा नखानु नै बेस जस्तो लाग्न सक्छ ।
वास्तवमा माछामासु तामसी भोजन हो । माछामासुसँगै मदिराको कुरो आउँछ । रमाइलोको लागि सँगसँगै तासजुवाको कुरो पनि आउँछ । त्यसकै कारणबाट आपसी झैझगडा र पारिवारिक कलह पनि हुन्छ । ठूला जीवको मासु खाँदा छालाको एलर्जी हुने कुरा डाक्टरहरू बताउँछन् । सुँगुर, बँगुरजस्ता एकै ठाउँमा थुनिएर बस्ने जनावरको मासु पनि स्वस्थकर नहुने कुरा बताइन्छ । ब्रोइलर कुखुराको मासुमा त निकोटिनको अत्यधिक मात्रा हुन्छ रे !
यी सारा कुरा हुँदाहुँदै कोरोनाबाट बच्ने सन्दर्भमा, ‘पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएरमात्र खाने’ भनिन्छ । पहिलो कुरा त मासु पशु र पन्छीबाट प्राप्त हुने भएकोले ‘पशुजन्य’ नभनेको भए पनि हुने थियो होला । अलि बुझाएर भन्नुपर्दा, ‘पशुपन्छीजन्य’ भनिएको भए पनि हुने ¤ मानिसले कुनै पनि जीव (नेपालमै पनि मुसा, भ्यागुता खाने गरिएको कुरा सबैलाई थाहै छ) खाने भएको हुँदा अरू अनौठा सबैखाले पशुको नाम र तिनको मासु भनेर पनि साध्य हुँदैन ।
मासुलाई सिकुटी बनाएर, पोलेर, उसिनेर, काँचै अचार बनाएर, भुटेर पनि खाइने हुँदा कसरी खाँदा राम्रो हुन्छ भन्ने कुरा पनि खुलाउन पाएको भए बेस हुने थियो कि ¤ खालि ‘राम्ररी पकाएर खाने’ मात्र कुरो गरिएको छ । विज्ञापन÷सूचनामा ‘स्वस्थकर मासु’ थप्न सकिएको भए मांसाहारीहरूले त्यसको पनि खोजी गर्ने थिए होलान् ।
यस्तो अधुरो सन्देश प्रसारण÷प्रकाशन गर्नुभन्दा अलि चित्तबुझ्दो र विस्तृत सन्देश प्रसारण÷प्रकाशन गरे बेस हुने हो । ‘माछामासु अण्डा, रोगले मार्ला डण्डा’ भन्ने भनाइ पनि छ । त्यसैले यो बेलामा, ‘कुनै पनि माछामासु अण्डा भर्सक नखाएको राम्रो ¤’ भन्ने सन्देश दिंदा कसलाई के नोक्सान हुन्थ्यो होला र ?
Leave a Reply