भर्खरै :

कोरोनाको उच्च जोखिममा सञ्चारकर्मी

यतिखेर विश्वको ध्यान कोरोना भाइरस (कोभिड–१९) मा केन्द्रित रहेको छ । विश्वमा झन्डै एक करोड मानिस कोरोना भाइरसको सङ्क्रमणमा परिसकेका छन् । चीनको उहानबाट सुरु भएको भाइरसले यतिखेर विश्वको ध्यान केन्द्रित गरेको छ । विश्वका अधिकांश देशले लकडाउन गरेका छन् । जसले गर्दा खबौँ डलर नोक्सान भइरहेको छ । चीनमा पहिलोपटक देखिएको भए पनि विश्व स्वास्थ्य सङ्गठनले चीनभन्दा पहिले फ्रान्समा देखिएको पुष्टि गरिसकेको छ । विश्व जगत कोरोनाबाट त्रासमा बसिरहेको बेला नेपाल पनि कोरोनाबाट मुक्त हुनसकेको छैन । सरकारको आकलन पाँच हजारसम्म सङ्क्रमितहरू पुग्न सक्छन् भन्ने थियो । त्यहीअनुसार तयारी गरियो । अब यो आकलनलाई सरकारले बढाएर १५ हजार पु¥याएको छ । अब १५ देखि २० हजार सङ्क्रमित हुन्छन् र त्यहीअनुसारको तयारीमा लाग्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुझाइ छ । कोरोनाले स्वास्थ्य क्षेत्र, शिक्षा, पर्यटन, आर्थिक, यातायात, राजस्वलगायतका क्षेत्रमा व्यापक गिरावट आएको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो खर्च पाँच हजारसम्म सङ्क्रमितहरू पुग्छन् भन्ने आकलनमा आधारित थियो । कोरोना निन्त्रणमा अझै धेरै खर्च बढ्ने निश्चित छ । ८० दिनको पूर्ण लकडाउनले पनि नेपाललाई कोरोना नियन्त्रण गर्न सहज भएन । नेपालमा एकाधकेश देखिँदै लकडाउन गरेको सरकारले अहिले दैनिक पाँच सयको हाराहारीमा सङ्क्रमित थपिँदै छन् । तर लकडाउन खुला गर्दै लगेको छ । कार्यालयहरू खुल्न थालिसकेका छन् । कोरोना भाइरसका कारण हुने आर्थिक क्षतिले ५० करोड जनसङ्ख्यालाई गरिबीतर्फ धकेल्ने आकलन छ ।
सङ्क्रमित राखेकै अस्पतालमा रिपोर्टिङ
नेपालमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी अग्रस्थानमा रहेर काम गरिरहेका छन् । कतिपयले एक लाखको कोरोना बीमा गरेको अवस्था छ । सञ्चार क्षेत्रको जोखिमलाई हेर्ने हो भने विशेषतः कोरोना भाइरसको अग्रमोर्चामा छन् । उनीहरू सरकारले लकडाउन सुरु गर्नुभन्दा पहिले वा लकडाउन अवधिभर दैनिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु, राजधानीकै कोरोनाको उपचार भइरहेका अस्पतालहरू सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, शिक्षण अस्पताल, मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरलगायतका अस्पतालमा गएर रिपोर्टिङ गरिरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमै कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमित हुँदा पनि हामी मन्त्रालय जान छाडेनौँ । अस्पतालको आइसोलेसनमा सङ्क्रमित रहँदा पनि टेकु अस्पताल गएर त्यहाँका निर्देशक डा. सागर राजभण्डारी, सरुवा रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलासँग अन्तर्वार्ता र समाचार लिएर पत्रपत्रिकातिर प्रकाशन गर्न चुकेनौ । यो महामारीमा कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन स्वीकृत दिनु सम्भव नै हुँदैन । तैपनि, आफ्नो कर्तव्य नभुली पत्रकारहरूले ठूलो जोखिम मोलिरहेका छन् । कोरोनाबाहेक अन्य विषयवस्तु छायाँमा परिरहेका छन् । पछिल्लो समय मेनस्ट्रिका मिडियाहरूले पनि पत्रकारहरूलाई तलब नदिने घटना बढिरहेका छन् । कोरोनाको कारण देखाउँदै कतिपयले जागिरबाट निकाल्दै छन् ।
स्वास्थ्यकर्मी पनि उच्च जोखिममा
स्वास्थ्यकर्मीहरू पनि कम जोखिममा छैनन् । नर्स, डाक्टर, पारामेडिक्स, प्रयोगशालाकर्मीहरूलाई कोरोना सङ्क्रमण भइरहेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखियो । काठमाडौँ मेडिकल कलेजमा कार्यरत चारजना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखियो । काठमाडौँ मेडिकल कलेजमा कार्यरत चार जना डाक्टर र नर्सलाई समेत कोरोना पोजेटिभ देखियो । सबैभन्दा जोखिममा स्वास्थ्यकर्मीहरू छन् । कहाँ कहिले भाइरस सर्छ पत्तै हुँदैन । उपत्यकाबाहिर कार्यरत नर्स, डाक्टरलाई पनि कोरोना भाइरस सङ्क्रमण भयो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक चिकित्सकमै कोरोना देखियो । योबाहेक चितवनमा दुई चिकित्सकसँमा कोरोना पोजेटिभ देखिएको धेरै दिन भएको छैन । यसले स्वास्थ्यकर्मीहरू धेरै ठूलो जोखिमा मोलेर काम गरिहरहनुभएको छ भन्ने प्रस्ट हुन्छ । सरकारले कोरोनाको उपचारमा खटिनेलाई बीमा, भत्ताको सुविधा दिएको छ । तर, उनीहरूले अझैसम्म भत्ता पाउन सकिरहेका छैनन् । कोरोनाको त्रासभन्दा अगाडि कति तलब सुविधा पाउँथे, अहिले पनि त्योभन्दा बढी नपाएको गुनासो स्वास्थ्यकर्मीको छ । उनीहरूलाई प्रोत्साहन गर्ने हो भने समयमा तलब र सरकारले घोषणा गरेको भत्ता दिनुपर्छ । अस्पतालमा छुट्टै बसेर सङ्क्रमितहरूको उपचार गरिरहेका हुन्छन्, १५ दिन सङ्क्रमितको उपचार गरेपछि पुनः कोरोना परीक्षण गर्न दिने र क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता छ । परिवारसँग भेटघाट गर्न पाइँदैन । नेपालमा कोरोनाको एक, दुई सङ्ख्या देखापर्दा ठूलो रूपमा लिइन्थ्यो । बिस्तारै त्यो सङ्ख्या बढेर अहिले दैनिक पाँच सय हाराहारीमा रहेको छ । सबैभन्दा पछि देखापरेको कर्णाली प्रदेशमा अहिले दैनिक एक सयभन्दा बढीलाई कोरोना भाइरसको सङ्क्रमण भइरहेको छ । कर्णालीमा गत जेठ ५ गते तीन जनामा देखिएको कोरोना अहिले दैनिक एक सयसम्ममा देखिरहेको छ । नेपालमा कोरोना भित्रनुको मुख्य कारण भारतमा रहेका नेपालीहरूको प्रवेश हो । सुरुमा नेपालमा सम्भव नभएर कोरोना परीक्षण भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण माघ ९ गते पहिलोपटक नेपाल देखिएको थियो । त्यसपछि सरकार कोरोनालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर लागिरहेको छ । कोरोना परीक्षण गर्नको लागि रिएजेन्ट नहुँदा विदेश (हङकङ) पठाउनुपरेको हो । माघसम्म त्यो अवस्था रहेको नेपालले अहिले दैनिक ६ हजार जनासम्म कोरोना परीक्षण गर्ने स्थितिमा पुगिसकेको छ । जेठसम्म आइपुग्दा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन देशका विभिन्न २२ ठाउँमा पुगिसकेको छ । यसलाई पनि हामीले उपलब्धिको रूपमा लिनुपर्ने हुन्छ ।
खुला सिमानाको समस्या
पछिल्लो समय भारतमा दैनिक १० हजारभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको छ । लाखौँ नेपाली भारतमा रोजगारीको सिलसिलामा छन् । जतिलाई सङ्क्रमण देखिएको छ तिनीहरू सबै भारतबाटै आएका छन् । त्यसैले भारतमा नियन्त्रण नहुँदासम्म नेपालमा नियन्त्रण गर्न कठिन हुन्छ ।
भारतको सीमामा बसिरहेका नागरिकलाई मापदण्डअनुसारको क्वारेन्टिन नहुँदा कतिपय त्यहाँ पनि सङ्क्रमित हुन पुगेका छन् । सुरुमा सुदूरपश्चिम प्रदेशमा कोरोना देखापरेको थियो । स्वास्थ्य मन्त्रालयले ३५ जना डाक्टर पठायो । मुख्यगरी भारतबाट आएका व्यक्ति सङ्क्रमित भइरहेका छन् । नेपालमा लकडाउन कडाइ भए पनि भारतले खुकुलो गरिदिँदा यो समस्या आएको हो । भारतबाट सुरुमै नेपालीहरू भिœयाउन पाएको भए अहिले दैनिक पाँच सयको हाराहारीमा सङ्क्रमितहरू थपिँदैन थिए । नेपालमा मानिसहरूलाई भारतबाट लाखौँ भित्रिन्छन् भन्ने लागेको थिएन । केही समयम्म २५ हजार दैनिक भित्रने गरेकोमा अहिले पाँच हजारमा झरेको छ ।
व्यवस्थापकीय पक्ष
समग्रमा देशमा अति उच्च जोखिम देखिएका क्षेत्र एक नम्बर प्रदेश, दुई नम्बर प्रदेश, पाँच नम्बर प्रदेश, कर्णाली प्रदेश हुनाले यसको व्यवस्थापकीय पक्ष भनेको विश्व स्वास्थ्य सङ्गठनले बनाएको नियमलाई पालना गर्नु हो । मास्क लगाउने, स्यानिटाएजर लगाउने, दुरी काम गर्ने काम हुनुपर्छ । कोरोना विश्वव्यापी समस्या बनेर आएको छ । यसको अनुसन्धान विश्वव्यापीरूपमा भइरहेको छ । हालसम्म भ्याक्सिन तथा औषधि पत्ता लगाउन सकिएको छैन । भारतबाट आउनेको सङ्ख्या कम नभएसम्म कोरोना नियन्त्रण गर्न सकिँदैन । अब नेपाल आइरहेका नागरिकको पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्छ । सङ्क्रमितलाई आइसोलेसनमा राख्ने र सङ्क्रमण नदेखिएकालाई घर पठाउनुपर्दछ । १४ दिन एक ठाउँमा क्वारेन्टिनपछि पनि ७ दिन थप घरमै छुट्टै क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । असार १५ बाट न्यूनतम १० हजार व्यक्तिको पीसीआर परीक्षण गर्न भनिएको छ । स्वास्थ्य मन्त्रालयले ११ वटा ठूलो अटोमेटिक मेसिन किन्न तयारी गरिरहेको छ ।
स्वास्थ्यकर्मीद्वारा स्वास्थ्कर्मीमाथि विभेद ?
पछिल्लो समय स्वास्थ्यकर्मीमाथि कुटपिट र भेदभावका घटना बाहिर आउन थालेका छन् । केही दिनअघि रौतहटको क्वारेन्टिनमा बसेका व्यक्तिले दुईजना स्वास्थ्यकर्मीलाई मरणासन्न हुने गरी कुटे । अछाममा स्वास्थ्य सामग्री लिन जाँदा कोरोना फैलाउन हिँडेको भन्दै एक स्वास्थ्यकर्मीलाई टाउकोमा चोट लाग्यो । अहिले उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कार्यालय प्रयोजनको लागि स्वास्थ्य सामग्री लिएर जाँदा बाग्मती प्रदेशका प्रयोगशाला प्रमुख नारायण कार्कीमाथि थानकोटमा हातपात गरियो । कतिपय अवस्थामा घरभेटीले निस्कन दबाब दिएको घटना पनि छन् । सरकारी अस्पतालमै स्वास्थ्यकर्मीलाई स्वास्थ्यकर्मीले विभेद गरेका धेरै घटना छन् । केही दिनअघि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक जना गर्भवती नर्स रक्तश्राव भएर उपचारको लागि जाँदा त्यतिकै घर पठाइयो । उनै नर्सको भनाइलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ ः
म तीन महिनाकी गर्भवती हुँ । टेकु अस्पतालको आइसोलेसन वार्डमा कार्यरत छु । रक्तश्राव भएर थापाथलीस्थिति परोपकार, प्रसुति तथा स्त्रीरोग अस्पताल गएको थिएँ । सुरुमा टिकट काटेर प्रसूति गृहको आकस्मिक कक्षमा गएँ । त्यहाँ कार्यरत नर्सले राम्रो व्यवहार गर्नुभएको थियो । स्टाफ नै हुनुहुँदोरहेछ भन्नुभएको थियो । जब उहाँ (नर्स) ले डाक्टरलाई मेरोबारे बताउनुभयो । डाक्टरले तपाईँको उपचार गर्न मिल्दैन । अन्य अस्पताल जान सक्नुहुन्छ भन्नुभयो । मलाई पेट दुखेर असह्य भएको थियो । केही समस्या भएरै ब्लिडिङ भएको हो । त्यहाँ चिकित्सकले तपाईँलाई छुँदै छुँदैनौँ तपाईँ जानुस् निर्देशकलाई भेट्नुहोस भन्नुभयो । निर्देशककोमा जान लागेको थिएँ । तर, अस्पतालका निर्देशक डा. जागेश्वर गौतमको सरुवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भइसकेको रहेछ । मैले टेकु अस्पतालको आइसोलेसनमा कार्यरत छु भनेँ । धेरै दिन अघिदेखि कोरोना सङ्क्रमित बिरामीको सम्पर्कमा छैन भनेँ । म गर्भवती भएकोले बिरामीको सम्पर्कमा पनि थिइनँ । चिकित्सकले उपचारै गर्न मिल्दैन । तपार्इँ अन्तै जानुहोस् भन्नुभयो । मैले भर्खरैमात्र पीसीआर पनि परीक्षण गरेको भनँे । तर, मेरो बिन्तीको सुनुवाइ भएन । मैले कोरोना टेष्टको रिपोर्ट देखाएँ । डाक्टरसाब म एकदम समस्यामा नै परेर आएकी हुँ भनेँ । म अस्पताल नगएको आठ दिन भएको थियो । उहाँले (ड्युटीमा कार्यरत डाक्टर) ले मलाई थप उपचार गर्न मान्नुभएन । मैले सोधेँे, किन मेरो उपचार यहाँ हुँदैन भनेर । उहाँले हाम्रो प्रोटोकलले तपाईँको उपचार गर्न मिल्दैन भन्नुभयो । म यदि कोरोना लागेरै गएकी भए पनि उपचार पाउने अधिकारबाट बञ्चित हुनुहुँदैनथ्यो । तर, त्यहाँ टेकु अस्पतालको आइसोलेसनमा काम गर्ने भन्ने बित्तिकै उपचार भएन । मेरो बोली त्यहाँ सुनिएन । मलाई पीडा भयो । निर्देशक नभइसकेपछि मैले मिडवाइफ्रिको अध्यक्ष लक्ष्मी तामाङसँग कुरा गरेँ । उहाँले प्रसूतिगृहको नर्सिङ निर्देशकलाई भनिदिनुभयो । उहाँबाट पनि सहानुभूतिमात्र पाइयो । मेट्रोनले फेरि आकस्मिक कक्षमा जानु, म कुरा गरिदिन्छु भन्नुभयो । म पहिले नै आकस्मिक कक्षको बेडमा गएर बसिसकेको थिएँ । मलाई त्यहाँबाट निकालियो । बाहिर निकालेपछि डाक्टरले फेरि झपार्नुभयो । १० बजेर १५ मिनेटमा अस्पताल पुगेको थिएँ । १२ बजेसम्म त्यसैगरी झुलाइयो । मन्त्रालयमा कुरा गरौँ जस्तो लाग्यो । अहिले त मलाई ब्लिडिङ भएको छ । अस्पताल जानुपर्छ भनेर निस्किएँ । अर्काे सहभागीलाई फोन गरेँ । उहाँले ओम अस्पताल जा त्यहाँ म नाम टिपाउँला भनेकोले पुगेँ । त्यहाँ मैले राम्रो उपचार पाए । तर, म टेकु अस्पतालको ओइसोलेसनमा काम गर्छु भनेर भनिन् । त्यसैले ओम अस्पतालमा मेरो उपचार सम्भव भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *