भर्खरै :

एक हजार ५७३ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, ११ असोज । देशभर नोबेल कोरोना भाइरसका थप एक हजार ५७३ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ सङ्क्रमित थपिएका हुन् ।
देशभर आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार १९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आइतबारसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आइतबारसम्म देशभर ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३३ कोरोना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या ७३ हजार ३९४ पुगेको छ ।
शनिबार देशभर एक हजार २०७ कोरोना सङ्क्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।
आइतबार थपिएका कोरोना सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्रै आधाभन्दा धेरै छन् । काठमाडौं उपत्यकामा थप ८ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थपिएकामध्ये काठमाडौँ जिल्लाका ६ सय ३३ जना, भक्तपुरका ७२ जना र ललितपुरका १०४ जना छन् र उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
सङ्क्रमणबाट नेपालमा अहिलेसम्म ४ सय ७७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा यसको सङ्क्रमणबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *